भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको तीन वर्ष कार्यकाल पूरा
- जेष्ठ ७, २०८२
काठमाडौँ, १७ असोज । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा काठमाडौँ क्षेत्रपाटीमा जनवादी गणतन्त्र चीन स्थापनाको ७५ वर्षको अवसरमा मङ्गलबार ‘श्रमिक’ तथा ‘मजदुर’ को अध्ययन तथा अन्तरक्रिया कार्यक्रम गरियो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एनवी श्रेष्ठले चीनले विश्वमा विकासमा तहल्का मच्चाएको र बदलिँदो विश्व व्यवस्था र विकासको नयाँ चरणमा पु¥याउन महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “चीनले प्रगतिशील डिजिटलाइजेसन अर्थात् प्रविधि प्रयोगलाई जोड दिँदै गरेको छ । प्रविधिमैत्री समाज अबको विश्व अर्थतन्त्रको हतियार हुनेमा चीन स्पष्ट छ । प्रविधिको वस्तुसँगै ‘इ–टाउन’ या प्रविधि मैत्री सहरहरूको निर्माण द्रुतगतिमा भइरहेको छ । आधुनिकीकरण र यान्त्रिकीकरणसँगै चीनले विश्वको एउटा ठुलो चुनौती जलवायु परिवर्तनलाई संवेदनशील ढङ्गले हेरेको छ । वातावरण र मानिसको जीवनमा हरित ग्यासले पारेको प्रभावविरुद्ध लड्दै छ । सन् २०२२ मा चीनले करिब २ अर्ब २६ करोड टनले कार्वन डाइअक्साइड उत्सर्जन रोकेको छ । यसरी चीनले प्रविधिमा विकाससँगै विश्व जलवायु संंरक्षणको निम्ति अतुलनीय योगदान गर्दै छ ।”
नेक्रायुसङ्का केन्द्रीय सहसचिव तथा काठमाडौँ जिल्ला समिति सदस्य रमेश डंगोलले चीनले प्रभुत्व र कब्जाको साम्राज्यवादी विचार होइन, विश्वसँग मित्रता र सहकार्यको बाटो राजेको छ; अहिले चीन १४० भन्दा बढी देशको महत्वपूर्ण व्यापार साझेदार भएको छ; चीनको आर्थिक वृद्धिले विश्वव्यापी आर्थिक वृद्धिमा २० प्रतिशतभन्दा बढी योगदान गरेको उल्लेख गर्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समिति सदस्य गुणदास महर्जनले जनवादी गणतन्त्र चीनले गरेको महत्वपूर्ण काम र विकासको उल्लेख गर्नुभयो ।
नेमकिपा काठमाडौँका सदस्य बन्दना श्रेष्ठले चीनको औसत आर्थिक वृद्धिदरको स्थिर मूल्यमा गणना गर्दा सन् १९५२ मा भन्दा २२३ गुणा ठुलो भएबाट चीनको विकास तीव्रगतिमा भएको प्रस्ट छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति हरिशरण श्रेष्ठले बीआरआई, जीडीआई, जीएसआई र जीसीआईजस्ता विश्वको मानव समाजको साझा भविष्यको लागि योजनाबद्ध तरिकाले सम्पूर्ण मानव जातिको कल्याणको लागि कार्यक्रम अगाडि सार्नु नयाँ विश्व व्यवस्थाको लागि राम्रो हुने बताउनुभयो ।
कार्यक्रममा मन्दिरा डंगोल, विन्द्रा महर्जन, काशिलाल डंगोल, कसीनारायण डंगोल, कमल डंगोल र ईश्वर डंगोलले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply