यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
विश्वको इतिहास पल्टाएर हेर्दा भन्नैपर्ने हुन्छ, संयुक्त राज्य अमेरिका, इजरायल, युक्रेन र त्यस देशको पछि लाग्ने या समर्थन गर्ने देशहरू सबै साम्राज्यवादी देश हुन् । संसारका स्वाधीन र सार्वभौम देशमा आतङ्क मच्चाउने, आक्रमण गर्ने र हस्तक्षेप गर्ने देशहरू आतङ्ककारी देशहरू हुन् । साम्राज्यवादी देशका शासकहरू जातीय नरसंहार गरेर सहरै ध्वस्त गरे पनि आफूलाई शान्तिकामी र आतङ्कविरोधी ठान्छन् । आफूले आक्रमण गर्न पाउने तर अरुले प्रत्याक्रमण पनि गर्न नपाउने ठान्ने साम्राज्यवादी देशका शासकहरू क्रूर तथा आतङ्ककारी हुन् ।
स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने, आक्रमण गर्न सैन्य सहयोग गर्ने शासकहरूलाई सत्ताच्युत गराएर अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर छाला काढी, नुन खोर्सानी छर्केर सार्वजनिक स्थलमा प्रदर्शन गरेर सजाय दिए पनि पुग्दैन । इजरायलले गाजा क्षेत्र या प्यालेस्टिनमा हरेक दिनझैँ आक्रमण गरेर नरसंहार गरिरहेको छ; भवन सबै ध्वस्त पारिरहेको छ । संसारका स्वाभिमानी र देशभक्त जनताले प्यालेस्टिनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरे पनि आक्रमण रोकेको छैन । इजरायल आफै अनिश्चयको भुमरीमा फस्दै छ । इजरायलले प्यालेस्टिनको हमास, लेवनानको हिजबुल्लाह र यमनको हुथीविरुद्ध आक्रमण गरिरहेको छ । इजरायलले लगातार गरिरहेको आक्रमणको विरोधमा इरानले मङ्गलबार राति इजरायलमा सयौँ मिसाइल प्रहार ग¥यो । इजरायलले फेरि आक्रमण जारी राखे इरानले पुनः मिसाइल प्रहार गर्ने चेतावनी दिएको छ ।
आक्रमणको प्रत्याक्रमण अवश्य हुनुपर्छ । के ठुला र शक्तिशाली देशहरूले स–साना स्वाधीन र सार्वभौम देशहरूमा जति आक्रमण गरेर ध्वस्त गरे पनि चुप लागेर बस्ने ? चुप लागेर बसेमा के त्यो देशको अस्तित्व रहन्छ ? त्यहाँका जनता सुरक्षित हुन्छन् ? यस हिसाबले कमजोर देशमा भएको हमलाको विरोधमा इरानले प्रत्याक्रमण गर्नु गलत होइन । उक्त आक्रमणको निन्दा गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले जसले हामीलाई हमला गर्छ, हामी उनीहरूलाई हमला गर्छौँ भनी चेतावती दिएका छन् । इजरायलले दिनहुँ आक्रमण गरेर धनजनको क्षति गरे पनि ठीक हुने, सही हुने अनि त्यसको प्रत्याक्रमण गर्दा गलत हुने या हमलाको धम्की दिने इजरायलको भनाइ न्यायोचित छैन । इस्लामिक रिभ्युल्सनरी गार्ड कोरले आफ्ना कमान्डरको हत्याको जवाफस्वरूप इजरायलमाथि आक्रमण गरेको जनाएका छन् । राष्ट्र सङ्घका महासचिव गुटेरेसले इजरायलको किन समर्थन गर्नुप¥यो ? गुटेरेसले इरानको होइन इजरायली क्रूर सरकारको विरोध गर्नुपर्छ; विरोध गर्नु आवश्यक छ ।
बिहीबार प्रकाशित नागरिक दैनिकमा ‘नजित्ने लडाइँमा इजरायल’ शीर्षकको समाचार प्रकाशित भयो । लेखमा भनिएको छ, “यो युद्धमा न इजरायलले चाहेजस्तो विद्रोहीहरूको कत्लेआम हुनसक्छ न कुनै समुदाय विशेषको नरसंहार नै सम्भव छ ।” इजरायली आक्रमण कुनै हालतमा सही छैन । अहिले भइरहेको त्यो आक्रमण कुनै हालतमा सह्य छैन । कुनै देशको सहरका सबै जनता र भवनलाई ध्वस्त पार्ने इजरायल र साम्राज्यवादी देश अमेरिकाको कदम निन्दनीय छ । उक्त आक्रमणको विश्व समुदायले विरोध गरिरहे पनि अमेरिका र इजरायल आक्रमणबाट पछि हटेको छैन, आक्रमण रोक्ने कुरा गरेको छैन । आक्रमणकारी अमेरिका र इजरायलविरुद्ध इरानले मात्र होइन विश्वका सबै देश मिलेर आक्रमण गर्नुपर्ने बेला आएको छ । विश्वमा शान्तिको सन्देश छर्ने हो; हिंसात्मक गतिविधि रोक्ने हो भने कुनै पनि देशमा हुने आक्रमण रोक्नुपर्छ । विश्वका सबै देशहरू मिलेर इजरायललाई क्षतिपूर्ति तिराउनुपर्छ; माफी मगाउनुपर्छ र इजरायली सरकारमा आबद्ध सबै शासकहरूलाई आतङ्ककारी घोषणा गरी फाँसी दिने व्यवस्था मिलाउनुपर्छ ।
इजरायली आक्रमणको जति निन्दा र विरोध गरे पनि पुग्दैन । त्यो क्रूर र अमानवीय कार्य विश्वको राजनीतिक इतिहासमा कालो वर्ष र दिनको रूपमा रहिरहनेछ । इजरायल र साम्राज्यवादी देश एक दिन अवश्य पतन हुनेछ । संसारमा यस्ता आक्रमण र साम्राज्यवादी देश भएसम्म विश्वले शान्ति पाउने छैन; विश्वका जनता सुरक्षित हुनेछैनन् । विश्वका जनता शान्तपूर्वक सुरक्षित जीवन बिताउन साम्राज्यवादी नीति अन्त्य हुनुपर्छ; साम्राज्यवादी देशहरूलाई विश्वबाट एक्ल्याउनुपर्छ । एसिया, ल्याटिन अमेरिका र अफ्रिकी देशहरूमा साम्राज्यवादविरोधी भावना मजबुत हुँदै छ । साम्राज्यवादविरुद्ध लड्ने भावना बलियो हुँदै छ । यो विश्वकै निम्ति राम्रो सङ्केत हो । यस्तो सङ्केत विश्वका विभिन्न मुलुकमा छर्नुपर्छ ।
Leave a Reply