नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
यस वर्ष जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव हो । यहीँ ७५ वर्षले चीनको तीव्र आर्थिक विकासको चमत्कार देखाउनुका साथै चीन र विश्वबिच पारस्परिक लाभ र जीतको अवस्था पनि देखाएको छ । सन् १९७९ देखि २०२३ सम्म चिनियाँ अर्थतन्त्रको वार्षिकरूपमा औसत ८.९ प्रतिशतले वृद्धि भएको छ, जुन सोही अवधिमा विश्व अर्थतन्त्रको औसत वृद्धिदर ३.० प्रतिशतभन्दा धेरै बढी हो । विशेषगरी विगत दशकमा विश्वको आर्थिक वृद्धिमा चीनको औसत योगदान दर ३० प्रतिशतभन्दा बढी पुगेको छ । चीनले ऐतिहासिकरूपमा निरपेक्ष गरिबीको समस्या समाधान गरेर चौतर्फीरूपमा सम्पन्न समाजको निर्माण गरेको छ । विश्व बैङ्कको मापदण्डअनुसार सुधार तथा खुलापनदेखि चीनको गरिबी न्यूनीकरणले सोही अवधिमा विश्वको गरिबी न्यूनीकरणमा ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । जसले विश्वव्यापी गरिबी न्यूनीकरण प्रक्रियालाई निकै गति दिएको छ ।
७५ वर्षको ठुलो परिवर्तनमा चीनले किन विश्वसँग पारस्परिक लाभ र जीत गर्नसक्छ ? किनभने चीनले जहिले पनि आफूलाई मानवजातिको विकास प्रवृत्तिमा राखेर विश्वसँग सकारात्मक अन्तरक्रिया र सँगै विकास गर्दै विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण र उचित दिशामा अघि बढाएको छ ।
चीन र विश्वबिच पारस्परिक लाभ र साझा जीत पाउनका लागि सर्वप्रथम आफ्नो मामिला राम्रोसँग समाधान गरेर विश्वसँग घनिष्टरूपमा जोडिएर आफ्नो विकास गरेको छ ।
चीनले सुधार तथा खुलापनबाट आफ्नो विकास हासिल गर्नुका साथै आफ्नै विकासमबाट विश्वको समृद्धि र स्थिरतालाई अघि बढाएको छ । चीन विश्व अर्थतन्त्रको मुख्य ‘स्टेबलाइजर’ र शक्ति स्रोत बनेको छ । तीमध्ये बजार, उत्पादन र आपूर्ति श्रृङ्खला, नवीनता र लगानी ‘चीनको अवसर’ बुझ्नका लागि मुख्य कुञ्जी शब्द हुन् ।
अझ व्यापक परिप्रेक्ष्यबाट हेर्दा चीन र विश्वबिचको पारस्परिक लाभ र जीत विश्वव्यापी शासनमा गहिरो सहभागिताका साथ खुला विश्व अर्थतन्त्रको निर्माणमा पनि प्रतिबिम्बित हुन्छ ।
चीनको विकासलाई विश्वबाट अलग गर्न सकिँदैन र विश्वको विकासलाई चीनबाट अलग गर्न सकिँदैन – यो सरल सत्य ७५ वर्षको इतिहासले प्रमाणित गरिसकेको छ । भविष्यमा पनि प्रमाणित भइरहनेछ ।
Leave a Reply