भर्खरै :

जेलेन्स्कीको ‘विजय योजना’ र यसको वास्तविकता

जेलेन्स्कीको ‘विजय योजना’ र यसको वास्तविकता

अमेरिका र युरोपका नेताहरूसँग रात्रिभोजमा मस्त हुँदै जेलेन्स्कीले रुसविरुद्धको ‘विजय योजना’ ९ख्ष्अतयचथ एबिल० को बखान गर्दैगर्दा यता रुसी सेनाले युक्रेनको पूर्वी डोनेस्क क्षेत्रको भुलेडार सहर पूर्ण नियन्त्रणमा लिएको छ । त्यो पक्कै पनि ‘विजय योजना’ मा थिएन । हालसम्म अमेरिका र नाटोद्वारा सञ्चालन गरिएको विजय योजनाको परिणाम यस्तै देखिएको छ ¤ यो नाटोको लागि प्रोक्सी युद्ध थियो । भुलेडारपछि पोक्रोभस्कको पालो छ, अहिले अग्रपङ्क्ति एकपछि अर्को गर्दै भत्किन सुरु भएको छ ।
युक्रेनी जनताको लागि यो अविश्वसनीय छ । युक्रेनी जनता दुई वर्षभन्दा बढी समयदेखि रूस हरेक दिन हार्दै छ भन्ने पश्चिेमेली मिडिया पढिरहेका थिए । तर, अहिले आएर युक्रेनीहरू आफै गुमराहमा परिरहेको गुनासो गर्न थालेका छन् । पश्चिमेली मिडियाका समाचारहरूले सधैँ युक्रेनले युद्ध जितिरहेको छ भने अर्कोतिर रुसी सेनासँग उपकरण र हतियारहरू सकिँदै गएको र रुस पतनको स्थितिमा रहेको धारणा बनाउने गर्छन् । वास्तवमा युक्रेनले पहिले नै युद्ध हारिसकेको छ । तर, कट्टर समर्थकहरू यो मान्न तयार छैनन् । तर, यो परिणाम ढिलो या चाँडो आउने नै थियो । कमेडियनले रुसमाथि आक्रमण गर्ने घमण्ड अझै गरिरहेको छ । अहिले युक्रेनी युवाहरू देश छोडेर भाग्ने क्रम बढ्दा जनशक्तिको कमी भएको छ । पश्चिमले दिएको जति नै हतियार भए पनि त्यसलाई चलाउने सबैभन्दा आवश्यक चीज भनेको जनशक्ति हो, जुन प्रतिस्थापन गर्न सकिँदैन । दुई वर्षको युद्धमा कहिल्यै रुसको हातमा नपरेको भुलेडार सहर अहिले रुसले कब्जा गरकोे छ । तर, पश्चिमेली मूलधारका मिडियाले अझै पनि युक्रेनले जितिरहेको छ भनेर भनिरहेको छ । अहिले रूसले युक्रेन बिनासर्त आत्मसमर्पण र सबै युक्रेनी सेनाको निसश्त्रीकरणको माग गर्छ र सबै नाटो कर्मचारीहरूले युक्रेन छोड्नुपर्ने माग राख्छ । यो युद्ध युद्ध–मैदानमा समाधान हुनेछ, अमेरिकामा होइन ।
अमेरिकाको खल्तीबाट अझै खर्बौँ डलर थुत्ने जेलेन्स्कीको योजना छ । तर, यदि युक्रेन हा¥यो भने अमेरिकाले युक्रेनमा पठाएका सयौँ अर्ब अमेरिकी डलर पूरै खेर जानेछ । हवाईको जङ्गलको डढेलोबाट पीडित अमेरिकी परिवारहरूले केही सहयोग मागिरहँदा बाइडेनले युक्रेन युद्धमा पैसाको खोलो बगाइरहेका थिए । तासको पत्ता बाँडेझैँ अमेरिकी सम्पत्ति युक्रेनी युद्धमा बाँड्दै गर्दा अमेरिकाको उत्तर क्यारोलिना बाढीमा डुबिरहेको छ ।
जेलेन्स्की आफ्नो श्रीमतीसाथ न्युयोर्क सहरमा बाइडेनसँग जमेर भोजभतेर गर्दै गर्दा उसले भुलेडार सहरबाट सैनिकहरूलाई नहटाउन आदेश दिइरहेको छ, किनकि उसलाई बनावटी भए पनि जितेजस्तो देखाउनु छ । ‘पछाडि नहट्ने आदेश’ हिटलरको नीतिलाई जेलेन्स्कीले अमेरिकामा बसेर नक्कल गरिरहेको छ । जेलेन्स्की ‘विजय योजना’ अमेरिकी भ्रष्ट राजनीतिज्ञहरूलाई बेच्दै छ । भुलेडारमा पछिल्लो रुसी आक्रमणको अन्तिम दिनमा मात्र लगभग २००० युक्रेनी सैनिकहरूले जेलेन्स्कीको ‘पछाडि नहट्ने आदेश’ का लागि आफ्नो जीवन गुमाएका छन् । जेलेन्स्कीलाई विदेश यात्रा गर्न मन पर्छ किनकि उनलाई युक्रेनीहरूको विश्वासभन्दा पश्चिमेलीहरूको विश्वास बढी छ ।
कुस्र्क आक्रमण युक्रेनको लागि ‘आत्मघाती’ हुने धेरै युद्ध विज्ञहरूले अनुमान गरेका थिए । उनीहरूका अनुसार रूसले कुस्र्क आक्रमणको बारेमा पहिले नै थाहा पाएको थियो र युक्रेनीहरूलाई आक्रमण गराएर युक्रेनी स्रोतहरू समाप्त गर्न दिएको थियो । युक्रेनले आफ्नो सेना रूसी भूमिमा पठाएर थुप्रै जनशक्ति, उपकरण र गोलीगट्ठा गुमाएको छ । युक्रेनले रुसी भूमिमा पठाएका केही सेना उजाड क्षेत्रमा बसिरहेका छन् भने यता रूसले युक्रेनको भूभाग कब्जा गरिरहेको छ । याद गरौँ, नेपोलियनका सेनालाई रूसको भित्री भागतिर फसाउन प्रलोभन दिइएको थियो, जसले अन्ततः उनीहरूको विनाश निम्त्यायो । हिटलरका सेनाहरू पनि त्यसैगरी फसेका थिए, जसले गर्दा उनीहरूले ठुलो क्षति बेहोर्नुपर्यो । अहिले पनि युक्रेनीहरू त्यही रणनीतिमा फस्दै गएका छन् । जुन आक्रमणको लागि जेलेन्स्कीले प्रशंसा पाएको थियो । त्यो कुस्र्क आक्रमण असफल भएको छ । हालको युक्रेनी युद्ध रणनीतिको अवधारणा हिटलरको दोस्रो विश्वयुद्धको तेस्रो वर्षको ‘किल्ला’ रणनीतिसँग मेल खान्छ । वास्तवमा अहिलेको युद्ध भएको स्थानमै सो युद्ध भएको थियो । त्यसमा ठुलो सङ्ख्यामा जर्मन सेना रुसी सेनाको घेरामा परेर ध्वस्त भएको थियो ।
इतिहासमा कुनै देश छैन जहाँ पश्चिमको हस्तक्षेप भएर पनि नष्ट नभएको । यही इतिहासलाई दोह¥याउँदै पश्चिमले अर्को एउटा राष्ट्रलाई पराजयमा धकेल्यो । युक्रेनले रूससँग युद्ध सुरु हुनुअघि नै शान्ति सम्झौता गरेको भए धेरै फाइदा पाउँथ्यो ।
जेलेन्स्कीले पश्चिमी मिडियाको प्रचारमा विश्वास गरेर रुससँग वार्ता नगर्ने अडान लिइरहेका छन् । उनी अझै रुस युक्रेनबाट फिर्ता जानुपर्ने, पुटिनले रुसी सेनाका अभियुक्तहरूलाई युद्ध अपराधको लागि अदालतमा पठाउनुपर्ने र यस्तै यथार्थबाट बेखबर मागहरू राखिरहेका छन् ।
पुटिन र जेलेन्स्कीले रूसी आक्रमणअघि नै सम्झौतामा सहमति जनाएको विश्व जनमतले सम्झिनुपर्छ । सम्झौताअनुसार युक्रेन सार्वभौम रहने, रूसी जनसङ्ख्या भएको डोनबासजस्ता क्षेत्रहरूमा स्थानीय शासनसहित अधिकारको प्रत्याभूति हुने र क्रिमिया युक्रेनको अभिन्न हिस्सा रहनेछ । युक्रेनले सैन्य तटस्थताको सहमति दिएको थियो, जसको अर्थ युक्रेन नाटोमा सामेल हुन सक्दैन ।
युद्ध सुरु भएको एक महिनापछि टर्कीमा युक्रेन र रूसका कूटनीतिज्ञहरूले विवादित क्षेत्रहरू फिर्ता गर्दै युक्रेनलाई तटस्थ राख्ने र नाटोमा सामेल नहुने शान्ति सम्झौतामा सहमति जनाएका थिए । जेलेन्स्कीले यसमा सहमति जनाएका थिए । त्यस समयमा रूसले सद्भावना देखाउँदै कीभमा आक्रमण गरिरहेका सबै सेना फिर्ता गरेको थियो । दुवै पक्ष सम्झौतामा हस्ताक्षर गर्न नजिक थिए । तर, तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जेलेन्स्कीलाई उचालेर अचानक वार्ता भङ्ग गरिदिए । तत्कालीन अमेरिकाकी परराष्ट्र सचिव भिक्टोरिया नुल्यान्ड र बोरिस जोनसनको लहैलहैमा कठपुतली जेलेन्स्की सम्झौताबाट पछि हटे ।
अब हास्य कलाकारले हठ त्यागी शान्ति सम्झौता गर्ने समय आएको छ ताकि हजारौँ युक्रेनीहरूको जीवन जोगाउन सकियोस् । युद्धविरामको बारेमा कुरा गर्ने समय आइसकेको छ ताकि युक्रेन पतन हुन नपाओस् । युद्ध अन्त्य गर्ने समय आएको छ, ताकि दुवै देशका जनताका जीवन बचाउन सकियोस् । सेतो झन्डा फहराउने समय आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *