नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
अस्ट्रेलिया सरकारले भर्खरै घोषणा ग¥यो कि त्यसले अर्को वर्षको लागि अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाहरूको सङ्ख्या सीमित गर्ने छ । २०२५ मा, अस्ट्रेलियामा अध्ययन गर्न अनुमति दिइएको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कुल सङ्ख्या २७०००० मा सीमित हुनेछ, जुन २०२४ स्तरको तुलनामा १६ प्रतिशतले कम हो । यी २७०००० विद्यार्थीहरूमध्ये आधाभन्दा बढीलाई सार्वजनिक विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइनेछ, जबकि बाँकी निजी संस्था वा व्यावसायिक विद्यालयहरूमा भर्ना हुनेछन् । अन्य नयाँ उपायहरूमा विद्यार्थी भिसा शुल्कमा उल्लेख्य वृद्धि र विश्वविद्यालय भर्नाका लागि कडा अङ्ग्रेजी भाषा प्रवीणता आवश्यकताहरू समावेश छन् । अस्ट्रेलिया सरकारका अनुसार, यी नयाँ नीतिहरू लागू गर्नुको लक्ष्य अस्ट्रेलियामा बढ्दो जीवन लागत र आवासको अभावजस्ता वर्तमान चुनौतीहरूको प्रतिक्रियामा आप्रवासन कम गर्नु हो ।
अस्ट्रेलिया आप्रवासनबाट बनेको राष्ट्र हो र १९७० को दशकदेखि बहुसांस्कृतिकता एक प्रमुख राष्ट्रिय नीति बनेको छ । विश्वभरका आप्रवासीहरूले अस्ट्रेलियाको आर्थिक पुनरुत्थान, सामाजिक विकास र सांस्कृतिक समृद्धिमा बलियो जीवन्तता ल्याएका छन् । अस्ट्रेलियाले अपेक्षाकृत पूर्ण र उच्च गुणस्तरको शिक्षा प्रणालीको गर्व गर्दछ । अङ्ग्रेजी बोल्ने देशको रूपमा, यसले अङ्ग्रेजी प्रवीणता भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि प्राकृतिक भाषिक फाइदा प्रदान गर्दछ । विशेषगरी २१ औँ शताब्दीको सुरुवातदेखि नै अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि प्रमुख शैक्षिक गन्तव्य बनेको छ, जसले विश्वभरका युवा विद्यार्थीहरू विशेषगरी एशिया–प्रशान्त क्षेत्रलाई आकर्षित गरेको छ ।
वर्षौंदेखि, अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियाको विकासमा ठूलो गति दिएका छन् । २०२२–२०२३ आर्थिक वर्षमा मात्रै, अन्तर्राष्ट्रिय शिक्षाले अस्ट्रेलियाको अर्थतन्त्रमा ३६.४ अर्ब अस्ट्रेलियन डलर योगदान ग¥यो । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले तिर्ने शैक्षिक शुल्कहरू विभिन्न अस्ट्रेलियाली शैक्षिक संस्थाहरू, विशेषगरी विश्वविद्यालयहरूको लागि आर्थिक आम्दानीको प्रमुख स्रोत बनेको छ, जसले पूर्वाधार विकास, शैक्षिक वृद्धि, अनुसन्धान नवाचार र प्रतिभा भर्नाको लागि आवश्यक सहयोग पुगिरहेको छ । अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जीवन व्ययले आवास, भोजन, यातायात, दूरसञ्चार र पर्यटनजस्ता स्थानीय उद्योगहरूको विकासलाई प्रेरित गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि अस्ट्रेलियाको संस्कृतिलाई समृद्ध र विविधीकरण गर्दै स्थानीय समाजसँग गहिरो रूपमा एकीकृत भएका छन् ।
आफ्नो अध्ययन पूरा गरेपछि, धेरैजसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू आफ्नो देश र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई बढावा दिन महङ्खवपूर्ण पुल बनेर आफ्नो देश फर्कन्छन् । तथापि, स्नातकहरूको एक भागले अस्ट्रेलियामा नै बसोबास गर्ने विकल्प छनौट गर्दछ । अस्ट्रेलियाको कुशल आप्रवासन प्रणालीले अपेक्षाकृत कडा अङ्क–आधारित प्रणालीलाई पछ्याउँछ, त्यसैले यी नयाँ आप्रवासीहरू प्रायः अस्ट्रेलियामा कम आपूर्तिमा वा अत्याधुनिक उद्योगहरूमा उच्च प्रतिभा बन्छन् ।
कोभिड महामारीको अन्त्यदेखि, अस्ट्रेलियाले विशेषगरी खाद्यान्न र अत्यावश्यक वस्तुहरूको बढ्दो मूल्यसहित महङ्खवपूर्ण मुद्रास्फीति समस्याहरूको सामना गरेको छ । त्यसबाहेक पूर्वाधार विकास र घर जग्गा क्षेत्रको लामो बेवास्ताका कारण, अस्ट्रेलियाका धेरै शहरहरूले आवास अभावको अनुभव गरिरहेका छन्, जसले कोठाभाडा मूल्यमा वृद्धि भएको छ । यसले स्थानीय बासिन्दाको जीवनस्तरमा थप प्रभाव पारेको छ ।
अर्को वर्ष, अस्ट्रेलियाले आफ्नो सङ्घीय निर्वाचन गर्दैछ । सार्वजनिक असन्तुष्टि र घट्दो मतदान सङ्ख्याको सामना गर्दै सत्तारूढ दलले आवास, खाना र अन्य अत्यावश्यक वस्तुहरूको माग कम गर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा उल्लेखनीय रूपमा कटौती गर्ने प्रस्ताव गरेको छ । कम अन्तर्राष्ट्रिय विद्यार्थीहरूको साथ, अस्ट्रेलियामा आप्रवासी स्नातकहरूको सङ्ख्या स्वाभाविक रूपमा घट्नेछ, जुन समग्र जनसङ्ख्या घटाउने र आवासको अभावलाई कम गर्ने तरिका हो जस्तो देखिन्छ । सत्तारुढ दलको यो कदमले आगामी निर्वाचनमा आफ्नो सम्भावना बढाउने आशा गरेको छ ।
“गाई मारी ब्वाँसो पोस्ने” को यो दृष्टिकोण स्पष्ट रूपमा अदूरदर्शी छ भनेर देख्न गा¥हो छैन । विश्वविद्यालयहरू अस्ट्रेलियाका अध्यक्ष डेभिड लोयडले भने कि त्यस्ता प्रतिबन्धहरूले अर्थतन्त्र र शैक्षिक परिदृश्य दुवैमा यस क्षेत्रको योगदानलाई कमजोर पार्छ र विश्वविद्यालयहरूलाई “राजनीतिक खेलकुद” मा परिणत गर्दछ ।
वर्तमान आर्थिक र जीविकोपार्जनका चुनौतीहरूको जवाफमा अस्ट्रेलियालाई बाह्य संसारमा आफ्नो ढोका बन्द नगर्ने व्यावहारिक र प्रभावकारी आर्थिक उपायहरू चाहिन्छ । हालैका वर्षहरूमा, अस्ट्रेलियाको विदेश नीतिले सामान्यतया कटौतीको प्रवृत्ति देखाएको छ । राजनीतिक रूपमा, यसले “फात् आइज” गठबन्धनमा आफ्नो निर्भरता बढायो, संयुक्त राज्य अमेरिका र बेलायतसँग सैन्य रूपमा क्वाड गठन ग¥यो, आर्थिक रूपमा चिनियाँ लगानी परियोजनाहरूको छानबिनलाई कडा बनायो, र सांस्कृतिक रूपमा पश्चिमी मूल्यहरूलाई बढी जोड दियो । एक्काइसौं शताब्दीमा अस्ट्रेलियाले आफूलाई एसिया–प्रशान्त राष्ट्रको रूपमा स्थापित ग¥यो, यस क्षेत्रका देशहरूसँगको आदान–प्रदान र सहयोगलाई बलियो बनायो र फलस्वरूप, चीन–अस्ट्रेलिया सम्बन्धमा निरन्तर सुधार हुँदै गयो ।
जे होस्, हालका वर्षहरूमा, क्यानबेराले केही एङ्ग्लो–स्याक्सन (पश्चिम युरोपेली) देशहरूसँग घनिष्ठ सम्बन्ध बनाउनमा बढी ध्यान केन्द्रित गर्दै पहिलेको खुला र विविध मार्गबाट विचलित भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नयाँ शिक्षा नीतिले विश्वव्यापीकरणविरोधी प्रतिक्रिया अस्ट्रेलियाको शिक्षा क्षेत्रमा पुगेको देखाएको छ ।
(लेखक पूर्वी चीन सामान्य विश्वविद्यालयको एसिया प्यासिफिक स्टडीज सेन्टरका प्रोफेसर र कार्यकारी निर्देशक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply