भर्खरै :

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने : खामेनी

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने : खामेनी

तेहरान, १८ असोज (एएफपी) । इरानका सर्वोच्च नेता आयातोल्लाह सय्यद खामेनीले शुक्रबार एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभएको छ ।
इरानले इजरायलमाथि दोस्रो पटक आक्रमण गरेपछि र इजरायली सेनाविरुद्ध हिजबुल्लाह समूहले विभिन्न स्थानमा गरेको आक्रमणको बदलामा इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाहलगायत हमासका सहयोगी कमान्डरको मृत्यु भएपछिको यो पहिलो सम्बोधन हो । इरानले दुई दिनअघि इजरायलमाथि सैनिक संरचना लक्षित गरी मिसाइल हमला गरेको थियो ।
फारसी भाषी इरानमा हजारौँको भिडलाई सम्बोधन गर्दै उहाँले अरबी भाषामा भन्नुभयो, “यस क्षेत्रको प्रतिरोध समूहले यी शहादतहरूबाट पछि हट्नेछैन र जित्नेछ ।”
तेहरानले नसरल्लाह र अन्य शीर्ष नेताको हत्याको बदलामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले हिजबुल्लाहविरूद्ध लेबनानमा आक्रमण गरिरहेको बेला उक्त सम्बोधन आएको हो ।
खामेनीले हिजबुल्लाहले सम्पूर्ण क्षेत्र र सम्पूर्ण इस्लामी विश्वका लागि महत्वपूर्ण सेवा प्रदान गरिरहेको भन्दै यसको प्रशंसा गर्नुभयो ।
लेबनानमा जारी हिंसाको तत्काल अन्त्य नहुने हो कि भन्ने डर लेबनानका मानिसहरूमा देखिएको छ ।
बेरुतकी ३५ वर्षीया विस्थापित नर्स फातिमा सालाहले भन्नुभयो, “मानिसहरू हाम्रा बालबालिकाका लागि डराएका छन् र यो युद्ध लामो हुनेछ ।”
इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले इजरायलमाथि आक्रमण गर्नेले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले यदि इजरायलले जवाफी हमला गरेमा इरानले कडा प्रतिक्रिया बढाउने बताउनुभएको छ ।
इरानले प्रहार गरेका २०० क्षेप्यास्त्रमध्ये आधा जसोलाई इजरायलले रोकेको छ, यद्यपि यस आक्रमणले इजरायलमा अझै हिंसा हुने डर पैदा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *