हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
हामी अक्टोबर १ मा जनवादी गणतन्त्र चीन (पीआरसी) को स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने छौँ । यो चौधौं पञ्चवर्षीय योजनाको लक्ष्य र कार्यहरू पूरा गर्न व्यापक सुधारको लागि अर्को महङ्खवपूर्ण वर्ष हो । २०२१–२५ को अवधि राष्ट्रिय जन काङ्ग्रेसको ७० औँ वार्षिकोत्सव र चिनियाँ जनराजनीति परामर्शदात्री सम्मेलनको ७५ औँ वार्षिकोत्सव पनि हो । यस ऐतिहासिक बिन्दुमा उभिएर र फर्केर हेर्दा, हामी देख्न सक्छौँ कि कसरी प्रखर तथ्यहरूसहित आधुनिकीकरणको लागि चिनियाँ मार्गको सम्भाव्यता र श्रेष्ठतासहित जनवादी गणतन्त्र चीनले निरन्तर सङ्घर्ष र कठिनाइहरूको बिचमा बलियो बनेर खडा हुँदै र समृद्ध बन्दै ठूलो फड्को मारेको छ ।
प्रत्येक चिनियाँका लागि, चिनियाँ आधुनिकीकरणले ल्याएको ठूलो भौतिक र आध्यात्मिक प्रचुरताको गौरव धेरै जीवन्त र सुखमय छ र ७५ वर्षको गौरवशाली घटनाक्रम देशको विकासको हरेक विवरणजस्तै भव्य र ठोस छ, जुन जनजीवनका प्रत्येक पक्षमा प्रतिबिम्बित छ । जनता–केन्द्रित चिनियाँ आधुनिकीकरणको पालनाले जनताको लाभ, आनन्द र सुरक्षाको भावनालाई निरन्तर बढाएको छ । चीनको जीडीपी निरन्तर बढिरहेको छ र २०२३ सम्म, ७.९ प्रतिशतको औसत वार्षिक वृद्धिदरको साथ स्थिर मूल्यमा गणना गर्दा १९५२ मा भन्दा २२३ गुणा ठूलो भएको छ । चीनको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जीडीपी) उल्लेखनीय रूपमा बढेको छ र देशको व्यापक राष्ट्रिय शक्ति विश्वको शीर्ष स्थानमा पुगेको छ । चीनले गरिबी विरुद्धको लडाइँमा व्यापक विजय हासिल गरेको छ र विश्वव्यापी गरिबी निवारणमा उल्लेखनीय योगदान पु¥याएको छ । चीनको औसत आयुमा उल्लेखनीय वृद्धि भएको छ र शिक्षा, चिकित्सा सेवा र सामाजिक सुरक्षाजस्ता सार्वजनिक सेवा प्रणालीमा सुधार भएको छ । चिनियाँ आधुनिकीकरणका फलहरू प्रभावकारी रूपमा आम जनताको जीवनको दृश्य र मूर्त गुणस्तरमा परिणत भएका छन् ।
चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउने कार्य पहिले कहिल्यै गरिएको थिएन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले औँल्यानुभएझैँ, “हाम्रो आधुनिकीकरण सबैभन्दा चुनौतीपूर्ण र सबैभन्दा ठूलो दुवै हो ।“ पहिलो औद्योगिक क्रान्तिको सुरुमा बेलायतको जनसङ्ख्या ६० लाखभन्दा कम थियो भने दोस्रो औद्योगिक क्रान्तिको समयमा अमेरिकाको जनसङ्ख्या ८ करोडभन्दा कम थियो । सन् २०१९ सम्ममा विश्वभर आधुनिकीकरणमा पुगेका देश र क्षेत्रहरूको कुल जनसङ्ख्या १ अर्बभन्दा कम थियो ।
चीनमा १ अरब ४० करोडभन्दा बढी मानिसहरूलाई सामूहिक रूपमा आधुनिक समाजमा पु¥याउने कार्य सबै विकसित देशहरूको संयुक्त जनसङ्ख्याभन्दा ठूलो मात्रा हो, र यसले आधुनिकीकरणको विश्व नक्शालाई पूर्णरूपमा नयाँ आकार दिनेछ । यो मानव इतिहासमा दूरगामी प्रभावको साथ महङ्खवपूर्ण घटना हो । केही युवाहरू भन्छन्, “हामी चीनमा जन्मेर धेरै भाग्यमानी छौँ,” जसले चिनियाँ आधुनिकीकरणको प्रक्रियाको हिस्सा भएकोमा उनीहरूको चेतना र गर्वलाई झल्काउँछ ।
चिनियाँ आधुनिकीकरणले चीनलाई मात्र होइन, सारा विश्वलाई नै परिवर्तन गरेको छ । संयुक्त राष्ट्रको प्रतिवेदनले विगत केही दशकहरूमा विश्वव्यापी गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति भएको देखाएको छ र यो मुख्यतया चीनको योगदानको कारण हो । विश्व बैङ्कको चरम गरिबी मापदण्ड प्रतिव्यक्ति १.९० डलर प्रतिदिन मापन गरिएको छ, चीनले विगत ४० वर्षमा आफ्नो झन्डै ८० करोड जनताको गरिबी घटाएको छ, जुन यस अवधिमा विश्वव्यापी गरिबी न्यूनीकरणको लगभग ७५ प्रतिशत हो ।
२०२१ मा, चीनले घोषणा ग¥यो कि हालको मापदण्डअन्तर्गत बाँचिरहेका अन्तिम ९ करोड गरीब ग्रामीण बासिन्दाहरूलाई पूर्ण गरिबीबाट निकालिएका छन् र चीनले निरपेक्ष गरिबीको समस्याको ऐतिहासिक समाधान ल्याएको छ र सबैमा मध्यम समृद्ध समाजको निर्माण पूरा गरेको छ । अठारौँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनदेखि चीनको अर्थतन्त्रले ऐतिहासिक फड्को मारेको छ र यसले विश्वव्यापी आर्थिक वृद्धिमा औसतमा ३० प्रतिशत योगदान दिएको छ । उच्चस्तरको खुला अर्थतन्त्रको नयाँ प्रणाली निर्माण गरेर, चीन विश्व शान्तिका लागि स्थायित्व र रचनात्मक योगदानहरू गर्दै १४० भन्दा बढी देश र क्षेत्रहरूको प्रमुख व्यापार साझेदार बनेको छ ।
मानव सभ्यताको परिप्रेक्ष्यमा ७५ वर्ष छोटो क्षणमात्रै हो, तर यसले विश्वव्यापी विकासको ढाँचा र विश्व इतिहासको पाठ्यक्रममा गहिरो प्रभाव पारेको छ । चीनले “आधुनिकीकरण पश्चिमीकरणको समान हो” भन्ने मिथकलाई तोडेको छ, आधुनिकीकरणको वैकल्पिक दृष्टिकोण देखाउँदै र विकासोन्मुख देशहरूका लागि आधुनिकीकरण हासिल गर्ने मार्गहरू विस्तार गर्दैछ । यसले राम्रो सामाजिक प्रणालीको लागि मानवताको खोजमा चिनियाँ समाधान प्रस्ताव गरेको छ ।
बेइजिङमा आयोजित चीन–अफ्रिका सहयोग मञ्चको २०२४ शिखर सम्मेलनमा बीबीसीले एउटा लेख प्रकाशित ग¥योः चीनले अफ्रिकी देशहरूलाई “प्रचार” नगरी कसरी समर्थन प्राप्त गरेको छ ? तथ्य के हो भने, चीन बाह्य शक्तिहरूमा भर पर्दैन वा विदेशी मोडेलहरू अन्धाधुन्ध रूपमा नक्कल गर्दैन । यसको सट्टा, यसले आधुनिकीकरणको सामान्य नियमहरू पछ्याउँछ जबकि स्वतन्त्र रूपमा चिनियाँ विशेषताहरूसहित आधुनिकीकरणको मार्ग खोज्छ, जसले स्वाभाविकरूपमा “ग्लोबल साउथ” (विकासशील र विकासोन्मुख) का देशहरूलाई एकताबद्ध गर्दछ । मानव सभ्यताको प्रगतिमा महत्वपूर्ण योगदान दिनुले चीनको बृहत् विश्वव्यापी दृष्टिकोणलाई प्रस्ट पार्छ ।
सीले औँल्याउनुभयो, “नयाँ यात्रामा हाम्रो हृदय र दिमागलाई थप एकताबद्ध गर्न हामी केमा भर पर्छौं ? त्यो चिनियाँ आधुनिकीकरण हो ।” जनगणतन्त्रको स्थापनाको ७५औं वार्षिकोत्सव चिनियाँ आधुनिकीकरणको यात्रामा कोसेढुङ्गा र नयाँ ऐतिहासिक उपलब्धि र प्रयासहरूको पूर्वाधार हो । चिनियाँ जनता आफ्नो गौरवमा सन्तुष्ट भई आराम गर्ने वा बाह्य दबाब र स्थिरतामा झुक्नेछैनन् । यो चीनको आधुनिकीकरणलाई अगाडि बढाउन सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीको सङ्कल्प र लक्ष्यका साथै चीनका सबै जातीय समूहका जनताको साझा समझ र कार्य दुवै हो । चिनियाँ आधुनिकीकरण मानव इतिहासमा अभूतपूर्व हो र दृढ अभ्यासकर्ता र कार्यान्वयनकर्ताको रूपमा काम गर्ने ठूलो उपक्रम हो ।
– ग्लोबल टाइम्स
अनुवाद : प्रकाश
Leave a Reply