अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १९ असोज । चोछेँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
उक्त सभा संस्थाका अध्यक्ष डा. सत्यनारायण सुवालको सभापतित्वमा भएको थियो ।
साधारणसभामा भनपा वडा नंं. ६ का वडाध्यक्ष हरिराम सुवालले हरेक सदस्य आफू संलग्न संस्थाप्रति चनाखो हुनुपर्ने, संस्थाका सञ्चालकहरू को को हुन्, संस्थाको हरेक गतिविधिबारे जानकारी हुनुपर्ने, ब्याजको लोभमा आफूले नचिनेका व्यक्तिहरूद्वारा सञ्चालित सहकारीसँग कारोबार गर्न नहुने र सकेसम्म आफ्नै टोलमा भएका संस्थामा मात्र कारोबार गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत ऋण सहकारी सङ्घका प्रतिनिधि सन्तोषी खतिवडाले नेपालमा अहिले सहकारीमा भएका समस्याबारे बताउँदै भक्तपुर नगरपालिकाभित्रका स्थानीयले सञ्चालित सहकारीमा कमै मात्र समस्या आएको हुनाले स्थानीयले सञ्चालित सहकारीमा कारोबार गर्नुपर्ने बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष आशाराम सुवालले संस्थाको कारोबारबारे संस्थाको आर्थिक स्थितिबारे प्रकाश पार्नुभयो । संस्थाका अध्यक्ष एवं सभाका सभापति डा. सत्यनारायण सुवालले बोल्दै सदस्यहरूको राय सल्लाह सुझाव र मायाले नै १७ औँ वार्षिक साधारणसभा गर्न सफल भएको बताउनुभयो । दोस्रो बन्द सत्रमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजकले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरिएको थियो ।
सभामा राजाराम सुवाल र कृष्णराम सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply