अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिका ८ नं. वडा कार्यालयको आयोजनामा महेन्द्र आधारभूत विद्यालय, मचोभैरवमा हाडजोर्नी तथा आँखासम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
शिविरको औपचारिक कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरका सबै जनता स्वस्थ रहून् भन्ने उद्देश्यले नगरपालिकाले टोलटोलमा नियमित स्वास्थ्य शिविरको आयोजना गर्दै आएको बताउनुभयो ।
जनताको स्वास्थ्यलाई भक्तपुर नगरपालिकाले विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उहाँले ख्वप अस्पतालमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूले सेवा दिँदै आएको छ भन्नुभयो ।
नेमकिपा ८ वडा एकाइ समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले खानपिन र सरसफाइमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिने धारणा राख्दै दसँैको भोज खादा स्वास्थ्यलाई ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले शरीरका विभिन्न अङ्गहरूमा दुखाइ विभिन्न कारणले हुने हुँदा नियमित स्वास्थ्य परीक्षण पछि औषधि सेवन गर्ने बानी बसाल्न सुझाव दिनुभयो ।
कार्यक्रमका सभापति एवं वडा अध्यक्ष कृष्णप्रसाद कोजुले वडावासीहरूको चाहना र मागअनुसार नै वडा कार्यालयले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजु र स्वास्थ्य स्वयसेविका लक्ष्मीकेशरी सितिखुले पनि बोल्नुभएको थियो ।
वडा नर्स सृष्टी गाइजुका अनुसार शिविरमा २०६ वडावासीहरूले आँखा र १६१ जनाले हाडजोर्नीको परीक्षण गराएका थिए ।
Leave a Reply