सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
बेरुत, लेबनान, १९ असोज (एएफपी) । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने इजरायली अनुरोधका बाबजुद दक्षिणी लेबनान नछोड्ने जनाएको छ ।
गत सेप्टेम्बर–३० मा इजरायली सेना (आईडीएफ) ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे खुलासा गरेपछि उनीहरूले केही स्थानबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा बलले जनाएको छ ।
सुरक्षा बलले इजरायली अनुरोधको बावजुत शान्ति सेनाहरू सबै स्थानमा उपलब्ध रहने उल्लेख गर्दै निरन्तर रूपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झण्डा निरन्तर फहराइरहने बताएको छ ।
यसै क्रममा नियमितरूपमा आफ्नो मुद्रा तथा गतिविधिहरू समायोजन गर्ने जनाउँदै आवश्यक भएमा आकस्मिक योजनाहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।
इजरायलले सेप्टेम्बर–२३ देखि लेबनानी लडाकू समूह हिजबुल्लाहविरुद्धको अभियानलाई तीव्र बनाएको छ । जसमा एक हजार १ सय १० भन्दा बढी मानिसहरू मारिएका छन् भने लाखौँ विस्थापित भएका छन् । इजरायलले यस हप्ताको सुरुमा दक्षिण लेबनानमा आक्रमण गर्न सुरु गर्ने जनाएको थियो । लेबनान र इजरायललाई सुरक्षा परिषद्को प्रस्ताव–१७०१ अनुरूप दिगो शान्तिका पुनप्रतिबद्ध हुन युनिफिलले आग्रह गरेको छ ।
सन् २००६ मा इजरायल र हिजबुल्लाहबिचको युद्धको अन्त्य गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ले लेबनानी सेना र राष्ट्रसङ्घीय शान्ति सेना दक्षिण लेबनानमा तैनाथ गर्ने व्यवस्था गरेको थियो ।
लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी : हिजबुल्लाह
त्यस्तै हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार जनाएको छ ।
“इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट ‘पछि हट्न’ बाध्य पारेको विज्ञप्तीमा जनाइएको छ ।
इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा ‘साल्वो रकेट’ साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् ।
विस्थापितहरूको उचित व्यबस्थापनका लागि इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लाहलाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ भने यसै हप्तामा आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागहरूमा भूमि आक्रमण सुरु गरेको घोषणासमेत गरेको छ ।
Leave a Reply