भर्खरै :

नाइजेरियामा दस हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सत्न्दा बढीको मृत्यु

नाइजेरियामा दस हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सत्न्दा बढीको मृत्यु

अबुजा, नाइजेरिया, १९ असोज (सिन्ह्वा) । यस वर्षको जनवरीदेखि सेप्टेम्बरको बीचमा दक्षिणपश्चिमी राज्य लागोससहित ३३ वटा नाइजेरियाली राज्यमा हैजाको प्रकोपले कम्तीमा ३५९ जनाको मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले जनाएको छ ।
राजधानी अबुजामा हैजाको प्रकोपको अद्यावधिक गरिएको तथ्याङ्कमा जनस्वास्थ्य विभागले सङ्क्रमितको सङ्ख्या बढेर दस हजार ८३७ पुगेको पुष्टि गरेको छ ।
यस वर्ष अहिलेसम्म नाइजेरियाका ३३ वटा राज्यमा हैजाको घटना सूचित गरिएको छ । गत हप्ता मात्रै पाँच राज्यमा १ सय ९८ वटा नयाँ सङ्क्रमण रिपोर्ट गरिएको थियो जसमा मृत्युको अनुपात ७.६ प्रतिशत रहेको एनसीडीसीले जनाएको छ ।
क्षेत्रीय राष्ट्रिय हैजा प्राविधिक समूहको नेतृत्व गर्दै, एनसीडीसीले अधिकारीहरूलाई हैजा रोकथामको तयारी र प्रतिस्थापन योजना बढाई आपत्कालीन व्यवस्थापनको लागि क्षमता विकास गर्न आग्रह गरेको छ ।
प्रकोपबाट प्रभावित समुदायमा खुलारूपमा दिसा पिसाब गर्ने गलत अभ्यास रहेको एनसीडीसीले उल्लेख गरेको छ । पिउने पानी र सरसफाइमा कमजोर पहुँचलाई प्रकाश पार्दै एनसीडीसीले यस्तो अस्वस्थ्य अभ्यासले हैजा फैलावट रोक्ने देशको प्रयासमा चुनौती खडा गरेको जनाएको छ ।
हैजा एक अत्यधिक विषाक्त रोग हो जुन गम्भीर झाडा–पखालाको अचानक सुरुवातको विशेषता हो । यसले शरीरमा तरल पदार्थको कमी (डिहाइड्रेसन) का कारण मृत्यु निम्त्याउन सक्छ ।
विशेषगरी घना जनसङ्ख्या भएका क्षेत्रहरूमा पिउने पानीको आपूर्तिको अभावका कारण नाइजेरियामा हैजाको प्रकोप बारम्बार बढिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *