सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
वासिङ्टन, १९ असोज (एएफपी) । अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ । यमनको चार प्रान्तमा आक्रमण भएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ ।
हुथीहरूको जहाज आक्रमण गर्ने क्षमतालाई रोक्ने उद्देश्यले संरा अमेरिका र बेलायतले बारम्बार आक्रमणहरू गरिरहेका छन् , तर लाल सागर र एडनको खाडी पार गर्ने व्यापारिक जहाजमा विद्रोहीको आक्रमण जारी छ ।
मध्यपूर्वमा अमेरिकी सेनाका लागि जिम्मेवार सैन्य कमान्डले सामाजिक सञ्जालमा भनेको छ, “अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) सेनाले आज यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा हुथी लक्ष्यमा आक्रमण गरेको छ ।”
“यी लक्ष्यमा हुथी आक्रामक सैन्य क्षमताहरू रहेका थिए”, सेन्टकमले बतायो, “नेभिगेसन स्वतन्त्रताको रक्षा गर्न र अन्तर्राष्ट्रिय जललाई अमेरिका, गठबन्धन र व्यापारिक जहाजका लागि सुरक्षित बनाउनका लागि यो आक्रमण गरिएको हो ।”
हुथी समुहले गाजायुद्धको समयमा प्यालेस्टिनीसँग एकताको सङ्केत गर्ने उद्देश्यले नोभेम्बरदेखि नै विश्वव्यापीरूपमा महत्वपूर्ण जलमार्गमा समुद्री यातायातमा बाधा पु¥याउने लक्ष्यले इजरायलसँग जोडिएका जहाजमा आक्रमण गर्दै आएका छन् ।
हुथी आक्रमणको जवाफमा इजरायलले पनि यमनमा आक्रमण गरेको छ । विद्रोहीहरूले इजरायलको बेन गुरियन विमानस्थलमा आक्रमण गरेको बदलामा गत महिना होदेइडामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।
Leave a Reply