फर्कनेको होइन, बिदेसिनेको लर्को
- भाद्र १०, २०८३
भक्तपुर, २० असोज । उद्योगी–व्यापारीहरूको कर्तव्य देश र जनताको सेवा गर्नु हो । तर, भक्तपुर, उद्योग वाणिज्य सङ्घले उद्योगी व्यापारीहरूलाई चालक र परिचालक बनाई तालिम सञ्चालन गरेको जनचर्चा छ । सङ्घका केही पदाधिकारीहरू ‘माथि’ बाट बजेट ल्याएर उद्योगी व्यापारीहरूलाई सङ्घको कार्यालयमा बैठक बोलाई चालक र परिचालक तालिम भएको व्यहोरामा हस्ताक्षर गराउन लागे । उद्योगी व्यापारीहरूले आफूहरू चालक र परिचालक भएर कार्यक्रममा भाग नलिएको बताउँदै हस्ताक्षर गर्न नमानेपछि सङ्घका पदाधिकारी भन्नेहरूको पोल खुलेको थियो । यतिले नचेतेका ती पदाधिकारीहरूले कतिपय उद्योगी–व्यापारीको नाम लेखी किर्ते हस्ताक्षर गरी पाँच–पाँच सय रूपैयाँ बुझिलिएको कागज बनाएको पनि चर्चा छ ।
सङ्घको सल्लाहकार भएका एक पूर्वअध्यक्षको घरमा सङ्घको कार्य समितिको बैठक बसालेर किर्ते दस्तखतलाई सदर गर्ने सहमति गरिएको तर कतिपय सदस्यहरू नमानेको पनि चर्चा छ । केही पूर्वअध्यक्षहरू कार्य समितिलाई स्वतन्त्ररूपले काम गर्न नदिने र दबाबमा राख्ने काममा लागेको पनि चर्चा छ । केही पूर्वअध्यक्षहरूले सङ्घको नाममा आएको भक्तपुर औद्योगिक क्षेत्रको जग्गा र भवनसमेत आफ्नो नाममा राखेर कुम्ल्याइरहेको चर्चा छ ।
साधारण सदस्यहरूको हित गर्ने वाचा गरी निर्वाचन जितेका सङ्घका पदाधिकारी ‘माथि’ का लाई ‘चाकडी’ गरी अनैतिक काममा लागेको थाहा पाउनेहरू सबै आश्चर्य प्रकट गरिरहेको पनि चर्चा छ ।
Leave a Reply