भर्खरै :

सांसद सुवालद्वारा लक्ष्मीनरसिंह मन्दिर निर्माण अवलोकन

सांसद सुवालद्वारा लक्ष्मीनरसिंह मन्दिर निर्माण अवलोकन

भक्तपुर, २० असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका उपमेयर रजनी जोशी, वाग्मती प्रदेशका सदस्य सृजना सैंजू, नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, सम्पदा प्रमुख रामगोविन्द श्रेष्ठलगायतको एक टोलीले आइतबार स्थानीय गःहिटी टोलमा पुनर्निर्माणाधीन लक्ष्मी नरसिंह मन्दिर अवलोकन ग¥यो ।
उक्त मन्दिरमा छानो हाल्न शनिबार र आइतबार भनपा ४ वडा तँचाकु थुछेँ दाफा, कुथुछेँ समाज, महिला समूह, बोलाछेँ, मङ्गलाछेँ, दुमलाचा युवा बचत समूह, तालाक्वलगायतका भेगहरूबाट ३५० जना वडावासीहरूले श्रमदान गरे । संस्कृति संरक्षणजस्तो महत्वपूर्ण कार्यप्रति युवादेखि ज्येष्ठ नागरिकसमेतको उत्साहजनक सहभागिता देखिएको थियो । लक्ष्मी नरसिंह मन्दिरको अवलोकन गरी सांसद प्रेम सुवालको टोलीले भ.न.पा.४ मा पुनःनिर्माणमा रहेको एकालाछी मठको पनि अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *