जापानसँग चीनको युद्ध कसरी दीर्घकालीन भएको थियो ?
- फाल्गुन ५, २०८१
जन गणतन्त्र चीन स्थापनादेखिको ७५ वर्षमा चीनले शान्तिपूर्ण स्वतन्त्र कूटनीतिको पालना गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पछ्याएको छ । चीन सधैँ नै विश्व शान्तिको पक्षधर विश्वव्यापी विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक रहँदै आएको छ ।
हाल ‘कस्तो विश्वको निर्माण गर्ने र यस्तो विश्व कसरी निर्माण गर्ने’ भन्ने प्रश्नको सामु चीनले मानव भाग्य समुदायको साझा निर्माण गर्ने उत्तर दिएको छ ।
जन गणतन्त्र चीनको स्थापनाको ७५ वर्षदेखि चीनले कुनै युद्ध वा द्वन्द्वलाई सक्रियरूपमा सुरु गरेको छैन र अन्य देशको एक इन्च जमिनमाथि आक्रमण पनि गरेको छैन । गत शताब्दीको ५० को दशकमा प्रस्तुत भएको शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त बनेका छन् । यसका साथै चीनले सक्रियरूपमा ठुला अन्तर्राष्ट्रिय हटस्पटको समाधानमा भाग लिनुका साथै सुरक्षा परिषद्का स्थायी सदस्यहरूमध्ये सबैभन्दा बढी शान्ति सेना पठाएको मुलुक हो ।
सन् २०२२ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ‘विश्वव्यापी सुरक्षा पहल’ प्रस्ताव गरेर सुरक्षा घाटा कम पार्न र दिगो शान्ति कायम गर्न आधारभूत आधार प्रदान गर्नुभएको छ ।
शान्ति विकासको पूर्वसर्त र विकास नै शान्तिको आधार हो । साझा विकासलाई बढाएर मात्र द्वन्द्वका मूल कारण हटाउन सकिन्छ ।
त्यसैगरी, चीनले ‘बेल्ट एन्ड रोड’ प्रस्तुत गरेर विश्वको साझा विकासलाई बलियो शक्ति थपेको छ । बितेको एक दशकमा चीनले १५० भन्दा बढी देश र ३२ अन्तर्राष्ट्रिय सङ्गठनसँग २०० भन्दा बढी बेल्ट एन्ड रोडको साझा सहयोग दस्ताबेजमा हस्ताक्षर गरेको छ । जसले ३००० भन्दा बढी सहयोग परियोजनामार्फत करिब दस खर्ब अमेरिकी डलरको लगानी आकर्षित गरेको छ ।
सन् २०२१ मा चीनले विश्वव्यापी विकास पहल प्रस्ताव गरेको छ । हाल १०० भन्दा बढी देश र २० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाले उक्त पहललाई समर्थन दिनुका साथै ८२ देशले ‘विश्वव्यापी विकास पहल मैत्री समूह’ मा भाग लिएका छन् ।
शान्ति कायम राख्न र विकासलाई घच्घच्याउनका लागि निष्पक्ष र उचित अन्तर्राष्ट्रिय व्यवस्था आवश्यक छ । स्थापनादेखि जन गणतन्त्र चीन सधैँ नै अन्तर्राष्ट्रिय व्यवस्थाका रक्षक रहँदै आएको छ ।
सन् २०२३ मा चीनले विश्वव्यापी सभ्यता पहल प्रस्तुत गरेर विभिन्न सभ्यता कसरी सँगै जाने र मानव सभ्यता कहाँ जानेलगायत प्रश्नका लागि जवाफ दिएको छ र विश्व सभ्यताको शासनको सुधार गर्न मार्गदर्शक बनेको छ ।
भविष्यमा चीन शान्तिपूर्ण विकास मार्गमा हिँड्ने, अन्य देशसँग मित्रता र सहकार्य गर्ने र विश्वको साझा विकासलाई घच्घच्याउने अठोटमा कसैगरी परिवर्तन ल्याउने छैन ।
Leave a Reply