अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिका वडा नं. ६ कार्यालयको आयोजनामा नेपालीहरूको दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले विषाक्त तरकारी, फलफूल आयातले क्यान्सरजस्तो प्राणघातक रोग बढिरहेको उल्लेख गर्दै स्वदेशमै अर्गानिक तरकारी खेतीलाई प्रोत्साहित गर्नुपर्दछ भन्नुभयो । उहाँले विषाक्त खानपिन उपभोग भइरहेको चर्चा गर्दै खानपिनमा ध्यान दिई शरीर स्वस्थ राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । युवाहरूलाई सरकारले विदेश पठाइरहेको चर्चा गर्दै उहाँले स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नुपर्ने र भविष्यमा ज्येष्ठ नागरिकहरूलाई स्याहारसुसार गर्ने नयाँ पुस्ताको अभाव हुनेछ भन्नुभयो ।
चाडबाडमा कुलत, तडकभडकबाट टाढा रही दसैँ मनाउन आग्रह गर्दै सचिव सुवालले नेपालमा नक्कली कम्युनिस्टहरूले कम्युनिस्टको नाउँमा जनतालाई ठगिरहेका छन् भन्नुभयो । उहाँले व्यक्तिहत्याले समाज परिवर्तन गर्न नसक्ने बताउँदै शासक दलहरू विदेशीहरूको आर्थिक प्रलोभनमा फसिरहेका छन् भन्नुभयो ।
सांसद सुवालले सिद्धान्त र अध्ययनबाट पोख्त नभएपछि अरुको लहैलहैमा फस्ने विचार व्यक्त गर्दै पार्टीमा घुसपैठ हुने प्रतिक्रियावादीहरूको षड्यन्त्रबाट सचेत हुनु जरुरी छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् वडा सदस्य गोविन्द दुवालले चाडपर्वमा कुलतमा फस्न नहुने, स्वास्थ्यको ख्याल गर्नुपर्ने चर्चा गर्दै नेमकिपाले निर्वाचनमा कहिले पनि आर्थिक लोभलालच, भोजभतेर र आश्वासन नदिएको बताउनुभयो । उहाँले कम्युनिस्ट भनाउँदाहरूले देशको हितविपरीत कार्य गरिरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले समाजमा गलत कार्यको विरोध गर्नुपर्ने चर्चा गर्दै सामाजिक तथा राजनैतिक परिवर्तनको निम्ति एकजुट भई सङ्गठित हुनु आवश्यक छ भन्नुभयो ।
शिक्षक गणेशराम थुसाले विकृति र विसङ्गति रोकी समाजमा सकारात्मक सन्देश पु¥याउनुपर्छ भन्नुभयो । उहाँले देश तथा विदेशमा हुने घटनाहरूलाई पनि नियालिराख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा गोपीकृष्ण चाँगुभारीले सत्यको जीत असत्यको हार सुनिश्चित छ भन्दै समाजको लागि योगदानको संस्कारलाई निरन्तरता दिइरहनुपर्दछ भन्नुभयो ।
Leave a Reply