अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २४ असोज । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका पूर्वविद्यार्थीहरूबिच फुटसल प्रतियोगिता (पेसा कप) बिहीबार सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले सहभागी विद्यार्थीहरूलाई धन्यवाद एवं बधाई दिँदै चाड पर्वको लामो बिदा खेलकुद, पुस्तक अध्ययन र साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा लाग्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
“नेपालभन्दा कम जनसङ्ख्या भएको क्युवा र प्रजग कोरियाले ओलम्पिक खेलमा उल्लेखनीय पदक प्राप्त गर्दै आएका छन् । नेपाल सरकारले युवा र विद्यार्थीलाई खेलकुदमा लाग्ने अवसर दिएको छैन”, व्यवस्थापन समितिका अध्यक्ष सुवालले उल्लेख गर्नुभयो ।
चाड पर्वमा स्वस्थ खानेकुरा खानुपर्ने, मादक पदार्थ तथा चिसो पेय पदार्थ एवं तयारी पत्रु खानेकुरा खान नहुने उल्लेख गर्दै उहाँले लामो बिदा जुवा तासमा होइन पुस्तक अध्ययनमा बिताउन सुझाव दिनुभयो ।
विषादी भएको तरकारी र फलफूल, अस्वस्थकर मासुको कारण नेपालीहरू कम उमेरमै मुटु, क्यान्सर, किड्नीलगायत रोगका बिरामी भएको उल्लेख गर्दै उहाँले इजरायलको तरकारी खेतीमा विषादी छर्कने कामबाट फिर्ता भएकाहरू क्यान्सर रोगबाट पीडित हुनुपरेको चर्चा गर्नुभयो ।
इजरायलले प्यालेस्टिनविरूद्ध र युक्रेनले रूसविरूद्ध बमबारी गरेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवालले प्यालेस्टिनी र रूसी जनताकै जीत हुने सुनिश्चित छ भन्नुभयो ।
उहाँले थप्नुभयो, “साम्राज्यवादीहरूले पहिलो र दोस्रो विश्व युद्धमा गरिब देशको कच्चा सामान र बजार कब्जा गरेका थिए । प्यालेस्टिन, लिबिया, इराकमा रहेका तेल खानी कब्जा गर्न नै अमेरिकी साम्राज्यवादले ती देशमा आक्रमण गरेको एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ ।”
प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थीहरू जुनसुकै पेशामा लागे पनि विद्यालयलाई बिर्सन नहुने उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवालले पेसा कपको जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो ।
विद्यालयबाट एसएलसी र एसईई उत्तीर्ण १६ समूहमध्ये छात्र र छात्रा गरी १३ समूहले पेसा कपमा भाग लिएका थिए ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले बुधबार फुटसल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
Leave a Reply