भर्खरै :

कीर्तिपुरमा अध्ययन गोष्ठी

कीर्तिपुरमा अध्ययन गोष्ठी

काठमाडौँ, २४ असोज । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा बुधबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले वर्षाको कारण पहिरो र डुबानमा परेका पीडितहरूलाई उद्धार, राहत र पुनःस्थापना गर्न जरूरी रहेको र यसबारे पार्टीले सरकारको ध्यानाकर्षण गरेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जन, हरिकुमार महर्जन, बिन्द्रा महर्जन, अविरमान महर्जन र कान्छाबाबु महर्जनले पत्रिकामा प्रकाशित समाचार र लेखबाट आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *