प्रजग कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
- कार्तिक १४, २०८३
पेइचिङ । “साँचो कुलीनता तपाईँको पुरानो आत्माभन्दा उच्च हुनु हो ।” अर्नेस्ट हेमिङ्वेको यो प्रसिद्ध उद्धरणले वाशिङ्टनका राजनीतिज्ञहरूका लागि आज जागरणको आह्वान र बहुमूल्य सल्लाहको रूपमा काम गर्न सक्छ ।
सेप्टेम्बर महिनाको सुरुमा अमेरिकी काङ्ग्रेसमा तथाकथित ‘चीन साता’ को माध्यमद्वारा चीनविरोधी बयानबाजीलाई बढाइचढाइ गरिएको थियो । प्रतिनिधिसभाका सांसदहरूले चिनियाँ बायोटेक्नोलोजी, ड्रोन, विद्युतीय सवारी साधन, ब्याट्री आदिलाई लक्षित गरी २५ वटा विधेयकहरूलाई सामूहिकरूपमा पारित गर्नको लागि छलफल गरे ।
अमेरिकी सांसदहरूले यो स्पष्ट तथ्यलाई याद गरेका छन् कि चीनले निश्चित क्षेत्रमा संरा अमेरिकालाई पछाडि पार्दै छ र परिणामस्वरूप तिनीहरूमा चिन्ताको भावना बढेको छ । दुर्भाग्यवश, ‘अमेरिकी श्रेष्ठता’ कायम राख्ने आफ्नो हतास प्रयासमा, तिनीहरूले संरा अमेरिकालाई ‘असल आत्मा’ मा परिणत गर्न ठोस प्रयास गरेनन्, बरु चीनको प्रगतिलाई सुस्त बनाउन र रोक्नको लागि अथक प्रयासहरू रोजे ।
हालैका वर्षहरूमा अमेरिकी काङ्ग्रेसमा चीनविरोधी विधेयकहरू प्रस्ताव गर्ने र त्यसलाई पारित गर्न दबाब दिने एउटा सजिलो प्रवृत्ति बनेको देखिन्छ । ११६ औँ र ११७ औँ महाधिवेशनले प्रस्तुत गरेका चीनसम्बन्धी विधेयकहरूको सङ्ख्या ११५ औँ महाधिवेशनले पेस गरेको भन्दा दोब्बरले बढी थियो । अर्थतन्त्र, व्यापार र लगानी, राजनीति, प्रविधि र सुरक्षालाई समेट्ने यी विधेयकहरूको व्यापकता पनि अभूतपूर्व छ ।
तर, के यी संसदीय चालहरूले साँच्चै काम गर्न सक्छन् र तिनीहरूका प्रारम्भिक उद्देश्यहरू पूरा गर्न सक्छन् ? तथ्य र वास्तविकताले बारम्बार नकारात्मक जवाफ दिएको छ ।
उदाहरणको रूपमा विद्युतीय सवारीसाधन (ईभी) लाई नै लिऔँ । प्रतिनिधिसभाले पारित गरेको हालैको विधेयकले अमेरिकी ईभी कर क्रेडिटहरूको लागि योग्य हुने सवारी साधनहरूमा चिनियाँ सामग्री सीमित गर्ने नियमहरूलाई कडा बनाउँछ, जसले चीनलाई अमेरिकाको ईभी आपूर्ति श्रृङ्खखलाबाट कटौती गर्ने स्पष्ट नियत देखाउँदछ । यद्यपि, उद्योग विशेषज्ञहरूका अनुसार, ईभी ब्याट्रीहरू र केही अन्य प्रविधिहरूमा चीनको नेतृत्व यति ठुलो छ कि चीन–रहित आपूर्ति श्रृङ्खला निर्माण गर्ने कुनै पनि प्रयासको ‘सीमाभन्दा बाहिर’ लागत बढ्नेछ र अमेरिकाको अटो उद्योगको स्तरवृद्धि र हरित रूपान्तरणमा उल्लेखनीय ढिलाइ हुनेछ ।
वास्तवमा, राजनीतिज्ञहरूको दबाब र धम्की भए पनि फोर्ड मोटर र केही अन्य अमेरिकी कम्पनीहरूले संरा अमेरिकामा ब्याट्री उत्पादनमा चीनको अग्रणी ब्याट्री निर्माता सीएटीएल ९ऋब्त्ी० सँग सहयोग खोजिरहेका छन् । आफ्नै उद्योग र अर्थतन्त्रलाई नोक्सान पु¥याउनुका साथै अमेरिकाले चीनसँगको व्यापार र सहयोगका लागि अविवेकी वा उन्मादपूर्ण तरिकाले अवरोध खडा गर्ने कदमले आत्म–पृथकता पनि निम्त्याउन सक्छ ।
चीन–सम्बन्धित कानुनको पछिल्लो क्लस्टरमध्ये, बायोसेक्योर ऐनले प्रमुख चिनियाँ बायोटेक्नोलोजी कम्पनीहरूसँगको सम्झौतामा प्रतिबन्ध लगाउने लक्ष्य राखेको छ । यद्यपि, अमेरिकी अन्वेषक र कार्यकारीहरूले यो कानुनले उद्योग र वैज्ञानिक अनुसन्धान दुवैलाई हानि पु¥याउन सक्नेछ र संरा अमेरिका यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगबाट पछाडि पर्न र अलग्गै हुने जोखिममा पर्ने चेतावनी दिन्छन् ।
विश्वव्यापी आर्थिक र प्राविधिक परिदृश्यमा तीव्र र कठोर परिवर्तनहरूको बिचमा, केही अमेरिकी उद्योग र क्षेत्रहरू, जस्तै फलाम र इस्पात, अटोमोबाइल र नयाँ ऊर्जा, वास्तवमै कठिन चुनौतीहरूको सामना गर्दै छन् र तिनीहरूलाई बाह्य सहयोग र समर्थनको सख्त आवश्यकता छ । तर, सधैँ चीनमाथि औँला ठड्याएर वा व्यापार संरक्षणवाद र प्राविधिक पृथकतावादको सहारा लिएर, वाशिङ्टनका राजनीतिज्ञहरूले मद्दत गर्दैनन्, बरु स्थितिलाई झन् खराब बनाउँदै छन् ।
यदि त्यस्ता राजनीतिज्ञहरूले चीनलाई साँच्चै गम्भीरतापूर्वक लिइरहेका छन् भने तिनीहरूले सुधार र नवीनतामा आधारित उच्च गुणस्तरको विकासको खोजीमा समर्पित सरकार, एक विशाल र जीवन्त घरेलु बजारसहितको चीनको सफलताको ‘गुप्त सूत्र’ लाई गम्भीररूपमा हेर्नुपर्छ । उद्यमहरूलाई पूर्णरूपमा प्रतिस्पर्धा गर्न र बलियो बन्न अनुमति दिँदै खुला मनोवृत्ति जसले विश्वव्यापी पुँजी र व्यवसायहरूलाई आकर्षित गर्दछ र जीत–जीत सहयोगको सुविधा दिन्छ ।
तर, के यी राजनीतिज्ञहरूले चीनबाट सिक्न र सङ्घर्षरत अमेरिकी उद्योगहरूलाई प्रभावकारीरूपमा सहयोग गर्न सक्छन् ? के तिनीहरूसँग त्यस्तो प्रगति हासिल गर्न आवश्यक प्रेरणा, दृढ सङ्कल्प र बुद्धि छ ? त्यहाँ शङ्काको लागि प्रशस्त ठाउँहरू छन्, विशेषगरी एक अवधिमा जब क्यापिटल हिलमा मात्र दुईदलीय सहमतिले चीनलाई खतराको रूपमा लक्षित गरेको भनिन्छ ।
जे भए पनि, चीनले आफ्नो आविष्कार र आधुनिकीकरण प्रयासहरू संरा अमेरिकालाई हराउने वा प्रतिस्थापन गर्ने उद्देश्यले कहिल्यै नभएको स्पष्ट पारेको छ । चीनले कुनै पनि बाह्य दबाबमा नझुक्ने र विकासको आफ्नो वैधानिक अधिकार त्याग्ने कुरामा जोड दिएको छ । यी सबैको अर्थ यो हो कि ‘चाइना विक’ जस्ता चालबाजीहरू अनिवार्यरूपमा राजनीतिक स्टन्टहरूभन्दा बढी नभएको उदाङ्गिने छ जसले केवल आत्मछल पैदा गर्न र आधारहीन डर फैलाउने काम गर्दछ ।
त्यसो भए यी राजनीतिज्ञहरूले हेमिङ्वेको बुद्धिमत्ताका शब्दहरूमा ध्यान दिने समय आएको छ, जसको अर्थ उनीहरूले अमेरिकी जनतालाई वास्तवमै के गर्न आवश्यक छ, त्यही गर्नुपर्छ । अमेरिकाका आफ्नै समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्न बाहिरी बलिको बोका खोज्नुको सट्टा तिनीहरूको अक्षमता र निष्क्रियता अन्त्य गर्न ध्यान दिनुपर्छ ।
– ग्लोबल टाइम्सबाट
अनुवाद : आरोही
Leave a Reply