भर्खरै :

दसैँ, दसैँ जस्तो छैन !

दसैँको सङ्घारमै
अविरल वर्षाले
पहेँलपुर धानबालीहरू
छिनभरमै बाढीले पुरी
किसानहरूको आशा
त्यसै त्यसै बिलाए ।
विकासको नाउँमा
बाटोमाथि अर्काे बाटो
अनियन्त्रित वन फडानी
बुल्डोजर आतङ्कले
धनजन घरवास
असङ्ख्य बगाए विनासै गरे ।
आवतजावत गर्ने बाटाहरू
पुल झोलुङ्गे पुलहरू
कमजोर निर्माणले
सखापै पारे छिनभरमै ।
शासकहरूलाई भने यहाँ
अलिकति पनि चिन्ता छैन
तिनीहरूलाई भने
बेलामौकामा यस्तै यस्तै

प्राकृतिक प्रकोप, बितन्डाहरू
आइदिए हुन्थ्यो ।
भोतिक संरचनाको क्षति
धनजनको विनाश
बालीनालीको सखापले
तिनीहरूलाई त केही नाप्दैन
झन् चिट्ठा पर्दाेरहेछ ।
हुनेखानेहरूको लागि
सधैँ दसैँ आइरहन्छ
दिन दुःखीहरूको निम्ति
दसैँ दसैँ जस्तो लागिरहेको छैन
पीडादायक दशा भई
घर आँगनमा भित्रिरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *