भर्खरै :

एक गरिबको आक्रोश

एक गरिबको आक्रोश

ए दसैँ, तिमी न आ हाम्रो आँगनमा
केटाकेटी रुवाउने नाना खोइ नयाँ भनी
गरिब घर उजाडी, गरिबको घर भत्काई
ए दसैँ, तिमी न आ, जा परपर ।

तिमी पापी हौ, तिमी अधर्मी हौ, दसैँ !
भेदभाव गर्ने गरिब र धनी समाजमा
धनीको आँगनमा खसी, बोका काट्ने
गरिबकहाँ सुखा रोटी नपाउने दसैँ ।

न आ, जा धनीलाई धनी बनाउने
गरिबलाई गरिब बनाउने झन् जा
तिमी दुर्गा होस् वा सरस्वती, राम होस्
वा रावण, देवता होस् वा राक्षस दानव ।

हरेक वर्ष आउँछौ तिमी गरिबलाई गिज्याउँदै
कङ्गाल बनाउँदै फर्कन्छौ घर घर रोग फैलाउँदै
जमिनदार, साहुमहाजन, पुँजीपति र शोषक
गरिबको अन्तिम घरखेत पनि लुट्ने ।

जा, नआ दसैँ गरिबलाई रुवाउने
धनीलाई झन्झन् धनी बनाउने
एकसरो नानाको निम्ति रुवाउने केटाकेटी
जा दसैँ, तिमी हाम्रो घर समाजमा नआ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *