नेपालीहरू भारतविरोधी होइनन् – ५
- कार्तिक १५, २०८३
ए सरकार !
बीआरआईसँग ऋण नलिने
विश्व बैङ्कसँग किन लिने ?
एडीबीसँग किन लिने ?
आईएमएफसँग किन लिने ?
के छिमेकी देशको विश्वास छैन र ?
साम्राज्यवादको हातखुट्टा किन हुने ?
प्यालेस्टिनमा इजरायली बमबारी
रुसविरुद्ध युक्रेनको युद्ध
कसले किन गरायो नबुभ्mने किन ?
ए सरकार !
पच्चीस खर्ब रूपैयाँ बढी ऋण किन ?
के तिमी ऋणबिना बाच्न नसक्ने भो र ?
के देश बेचेर ऋण तिर्ने हो र ?
ऋण तिर्न ऋण किन लिने ?
आफ्नो खुट्टामा टेक्नुपर्ने
अर्काको लौरोमा किन टेक्ने ?
अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने
एमसीसीलाई सित्तैमा आएको किन भन्ने ?
फोन धम्कीमा युक्रेनको पक्ष किन लिने ?
२०८१ असोज २५ गते
Leave a Reply