भर्खरै :

बद्ला नलिने राजनीतिक पार्टी हुँदैन

-करभिका
भक्तपुरलाई प्रदेश राजधानी बनाउने भन्दै शुक्रबार मध्यपुर थिमिमा एमालेको संरक्षणमा रहेका केही अराजनीतिक मानिसहरुले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)को तस्वीरमा गरेको अशोभनीय र अराजक कार्यले एमालेगणमा दम्भको भूत सवार भएको स्पष्ट छ । आफूलाई एमाले भन्न रुचाउने पूर्वपञ्चहरुका नाजायक सन्तान महेश बस्नेतको नेतृत्वमा भएको प्रदर्शनको क्रममा जे भयो, त्यसले एमालेको दम्भको कारण उसको राजनीतिक भविष्य क्रमशः छोटो बन्दै गएको संकेत गरेको छ ।
प्रदेश राजधानीको विषयमा आ–आफ्नो अभिमत राख्ने सबै नेपाली जनताको अधिकारको कुरा हो । सबैको विचारलाई सम्मान गर्नु र पक्ष–विपक्षका विचारको कदर गर्ने पद्धति नै लोकतन्त्र हो । आफूले भने जस्तै हुनैपर्ने र आफू धेरै भएको भन्दै आफूले भनेजस्तै गर्नुपर्छ भनेर कसैले भन्नु अराजनीतिक सोच हो र कोही पनि राजनीतिक व्यक्तिले त्यस्ता अराजनीतिक काम गर्ने गर्दैन । महेश बस्नेत नेतृत्वको भक्तपुरको एमाले कुनै राजनीतिक शक्ति नभई गुण्डाहरुको भट्टीमण्डली भएका कारणले उसबाट त्यस्ता अराजनीतिक हर्कत भएको छ ।
देशभर गणतन्त्रको नारा लाग्दा सबैभन्दा पहिले विरोधमा राजाको ढाल बनेर बोल्ने नेता थिए–केपी ओली । उनी राजाभन्दा राजावादी बनेर राजसंस्थाको रक्षामा अभिव्यक्ति दिंदै हिंडथे । त्यही क्रममा एभेरष्ट होटलमा एक जना ‘र’ का एजेन्टसँग रङ्गेहात पत्रकारको फेला परेका थिए उनी । (प्रयोगशाला–सुधिर शर्मा)

नारायणमान बिजुक्छें, यो नामभित्र हजारौं हजार युवाहरुको आस्था र सम्मान जोडिएको छ । नारायणमान बिजुक्छें विचारको नाम हो जसमा लाखौं लाख जनताको आस्था र विश्वास लुकेको छ । त्यसकारण पागलपन देखाउने धृष्तता एमालेका लागि आगोको गोला प्रमाणित हुन सक्छ । सिसामा बस्ने मानिसले अरुको घरमा ढुंगा हान्ने मूर्खता गर्नुहुँदैन । आगोमा हात हाले आफनै हात खरानी हुनेछ ।

केपी ओलीले त्यसरी गणतन्त्रको विरोध गर्दा एमालेका युवा–विद्यार्थी नेताहरु उनलाई तुलसी गिरिका अवैध सन्तान भएको भन्थे । आज तिनै ओलीका सेरोगेटेट सन्तान महेश बस्नेत आजको राजनीतिमा नयाँ भरत केशर सिंहको रुपमा देखापरेका छन् । तर महेश बस्नेतले आज तिनी भरत केशर कहाँ छन् भन्ने कुराको हेक्का राख्दा बुद्धिमानी गरेको हुनेछ ।
भ्यागुतोले धेरै फुर्ती गरेर भुँडी फुलाउँदा भुँडी फुटेर मरेको कथा त बस्नेत काजीलाई सुनाउन केपी ओली चाहिंदैन होला । त्यत्ति कथा पढ्न त पीसीएल पनि पास गर्नुपर्दैन । एसएलसी पास भए पुग्छ । चुनाव जितेको दम्भमा एमालेभित्र संरक्षण लिएका केही मानिसहरुले धेरै दम्भ गरे एमालेको नियति भुँडी फुटेको भ्यागुतोको जस्तो हुने पक्का छ ।
प्रदेशसभाको राजधानी कुन ठाउँमा राख्ने कुराको निर्णय सरकार र सरकारमा जान दौरा सुरवाल सिलाएर बसेका दलहरुले गर्ने हुन् । सरकारले प्रदेश राजधानी तोक्ने सन्दर्भमा एमाले, माओवादी केन्द्र, राजपालगायतका दलहरुसँग परामर्श गरेको कुरा सबैलाई थाहा भएको सत्य हो । पत्रपत्रिका नियमित पढ्ने जोकोहीलाई यो थाहा भएको विषय हो । त्यस प्रक्रियामा ती राजनीतिक दलहरु बाहेक अरु राजनीतिक दल र विद्वान–बौद्धिकहरुसँग कुनै परामर्श नभएको कुरा सर्वविदित हो । अनि एक जना नागरिक र राजनीतिक दलको नेताको हिसाबबाट जसरी केपी ओली, झलनाथ खनाल, माधव नेपाल कुनै पनि विषयमा आफ्नो विचार राख्न स्वतन्त्र छन्, नारायणमान बिजुक्छें पनि उत्तिकै स्वतन्त्र छन् । राजधानीको विषयमा आफ्नो विचार राख्न जसरी नेपालका कोही नेता स्वतन्त्र छन्, नारायणमान बिजुक्छें पनि समान रुपमा स्वतन्त्र छन् । आश्चर्य त माधव नेपालले आफ्नो पार्टी अध्यक्षलाई व्याभिचारी, शहिदको श्रीमती ताक्ने, बिहानैदेखि रक्सीमा लठ्ठ परेर बस्ने भनी बोल्दा कसैको पुतला दहन नगर्ने ओली गुण्डा दलका डन महेश बस्नेत अहिले एक जना सिद्धान्तनिष्ठ राजनीतिका पक्षपाती नेतामाथि हिलो छ्याप्न तल्लीन छन् ।
मानसिक सन्तुलन गुमाए पछि मान्छेहरुले आफ्नै मलद्वार मुसारेको औंला नाकमा कोच्दै गरेको देख्ने हामी धेरैले देखेका छौं । तर राजनीतिक अह्मका कारण कसैले त्यसरी नाकमा गन्हाउने औला नाक र मुखमा कोचेको धेरैले नदेखेको पनि हुन सक्छ । शुक्रबार भक्तपुरका एमालेहरु त्यही पागलपना देखाइरहेका थिए । विचरा एमालेगण, अरुको पाखुरा नाँगो भएको देखाउँदै गर्दा आफ्नो कम्मरमूनिको कपडा झरेका ख्याल नै राख्न सकेनन् । महेश बस्नेतले बहाखाबजारमा शुक्रबार जुन ताण्डबनृत्य देखाए, त्यहाँ खासमा उनले राजनीतिक अश्लिलता सबैका सामु देखाएका मात्र हुन् । बस्नेत कति नाँगिन सक्छन्, त्यसको पहिलो श्रृंखला शुक्रबार देखियो । आगामी दिनमा के–के नग्न नाच नाच्ने हुन्, हेर्दै जाऔं ।
बजारमा नाँगिने मान्छे बहुला हो । आफू नाँगो भएको होस् हराउने मान्छे बेसुरा हो । बहुलाले आफू नाँगिंदा वरपरका मानिसहरु हेरिरहेको, ताली बजाइरहेकोमा पनि मज्जा मानेको हुन्छ । आज एमालेगण बहाखा बजारमा नाँगिंदा वरपर बजेको तालीमा मज्जा मान्नु एमालेगणको बहुलाई हो । पागलपन हो । पागलहरुले देश चलाउँदा कस्तो हुन्छ, नेपालले इतिहासमा भोगिसकेको छ । अब एमालेगणको दम्भमा बहुलाएको बस्नेत काजीले शासन गर्दा देश कुन गुण्डाराजमा चल्ने हो, पीरको विषय हो ।
एमालेगणले याद राख्नुपर्ने कुरा के हो भने कसैले पनि हातमा दही जमाएर बसेको छैन । विष नभएको सर्प हुँदैन, ईख नभएको मानिस हुँदैन अनि बदला नलिने राजनीतिक पार्टी हुँदैन ।
एमालेले याद गर्नुपर्ने कुरा, नारायणमान बिजुक्छें कुनै व्यक्तिको नाममात्र होइन । नारायणमान बिजुक्छें, यो नामभित्र हजारौं हजार युवाहरुको आस्था र सम्मान जोडिएको छ । नारायणमान बिजुक्छें विचारको नाम हो जसमा लाखौं लाख जनताको आस्था र विश्वास लुकेको छ । त्यसकारण पागलपन देखाउने धृष्तता एमालेका लागि आगोको गोला प्रमाणित हुन सक्छ । सिसामा बस्ने मानिसले अरुको घरमा ढुंगा हान्ने मूर्खता गर्नुहुँदैन । आगोमा हात हाले आफनै हात खरानी हुनेछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *