भर्खरै :

चाडपर्वका केही दृश्य

काठमाडौँ, २६ असोज । चाडपर्वको अगाडिको पहिरो र डुबानले देशभरि २४ वटा विद्यालय भवन क्षति भएको र यसमध्ये १३ वटा विद्यालय भवन पुुरिएको समाचार छ । पहिरो र डुबानमा १८ जना विद्यार्थीको मृत्यु भएको उक्त समाचारमा उल्लेख छ । क्षति भएका विद्यालय भवन कहिलेसम्म तयारी हुने र विद्यार्थीहरूको अध्ययन कहिलेबाट पुनः सञ्चालन हुने हो सरकारले स्पष्ट गरेको छैन । विद्यालय भवन क्षति भएका विद्यार्थीहरूको पढाइ चालु राख्न सरकारले अविलम्ब वैकल्पिक व्यवस्था गर्नु जरूरी छ ।
मासिक तलब पाउनेहरू चाडपर्वमा रमाएको भए पनि खनजोत गर्ने किसानहरू आफ्नो बालीनाली र पशुपालन सम्हाल्नमा समय बिताउँदै छन् । असोज ११, १२ र १३ गतेको वर्षाले कतिपय किसानको धानखेती र अन्य बालीमा क्षति पु¥याएको थियो ।
चाडपर्वमा चोरीको घटना बढेको प्रहरी प्रतिवेदन पनि छ । घर परिवार छोड्नेले आफूहरू पुगेको ठाउँमा बसेर तस्बिर खिचेर सार्वजनिक सञ्जालमा राख्दा चोरलाई मौका मिल्ने प्रहरी निकायको मत रहेको छ । देशभरिबाट बसाइँसराइ भएको काठमाडौँ उपत्यकामा चोरीका घटना बढिरहेको पनि प्रहरी निकायको दाबी छ ।
चाडपर्वको बेला गत वर्ष १८ लाख नेपाली काठमाडौँ उपत्यका छाडेर आ–आफ्नो जिल्ला फिर्ता भएका थिए । यस वर्ष पहिरो र डुबानको कारण १३ लाख नेपाली काठमाडौँ उपत्यका छाडेर जिल्ला गएको तथ्याङ्क छ ।
चाडपर्वको लागि विदेशबाट नेपाल आउनेहरूलाई राजस्व प्रशासनले अर्काको गहना बोकेर नआउन सचेत गराएको छ । गहनाजस्तो देखिने सुनलाई गहनामा मान्यता नदिने पनि राजस्व प्रशासनको स्पष्टीकरण रहेको छ ।
चाड पर्वको बेला नेपाल–टेलिकमको बझाङ खप्तड छानास्थित टावरमा अज्ञात समूहको आक्रमण हुँदा सञ्चार विच्छेद भएको समाचार छ । नयाँ पुस्ता सामाजिक सञ्जालमा केन्द्रित हुँदा चङ्गा उडाउने र लिङ्गेपिङ खेल्ने पनि हराउँदै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *