भर्खरै :

भाटभटेनीका मालिक गुरुङको जग्गा सहयोगमा एमालेको मुख्यालय भवन !?

भाटभटेनीका मालिक गुरुङको जग्गा सहयोगमा एमालेको मुख्यालय भवन !?

काठमाडौँ, २६ असोज । चाडपर्वकै बेला असोज २५ गते एमालेले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माणको शिलान्यास काठमाडौँ कीर्तिपुर नगरमा अध्यक्ष ओलीलाई गराइयो । भाटभटेनी भवनमा चल्ने बजार मालिक मिनबहादुर गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले दिएको १० रोपनी १० आना जग्गाको मूल्य १ अर्ब ५० करोड भन्दा बढी रुपैयाँ पुग्ने समाचार छ । ललिता निवासको २९९ रोपनी सरकारी जग्गा खरिद गर्नेहरूको मुद्दामा मिनबहादुर गुरूङको मुद्दा पनि अदालतमा विचाराधीन छ । त्यसबेला केही दिन गुरूङ प्रहरी हिरासतमा थुनिएका थिए ।
गुरूङको देशभरि ७० वटा भाटभटेनी भवनको बजार भएको बताइन्छ । टिप्पणी गर्नेहरूले एमालेलाई जमिन दान होइन गुरुङको लगानी भएको बताए । एमालेका इमानदार कार्यकर्ताहरूले सो जग्गा गुरुङलाई फिर्ता गरी अन्यत्र जग्गा खरिद गरी भवन बनाउनुपर्ने विचार पनि राखेको समाचार छ ।
यसअघि एमालेले नेपालको सबभन्दा धनी भनिएका विनोद चौधरीलाई संविधानसभाको २०७० सालको समानुपातिक सदस्य बनाएको थियो । चौधरीलाई २०७४ साल र २०७९ सालमा नेपाली नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा सदस्य बनायो ।
शिलान्यासको शिलापत्रमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय भवनको शिलान्यास यस शिलान्यास गरिएको जमिनको दाता मिनबहादुर गुरूङ/सावित्री गुरूङ, भाटभटेनी शिलान्यासकर्ता : अध्यक्ष केपी शर्मा ओली’ लेखिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले भनवको लागत तर्जुमा भइरहेको बताएको समाचार छ । गुरुङले उक्त भवन एक वर्ष पछि घटस्थापनाको दिन तयार गरी हस्तान्तरण गर्ने बताएको समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *