अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको भनाइ
- बैशाख २७, २०८३
नयाँ सुरक्षा अवस्थाको सबैभन्दा स्पष्ट अभिव्यक्ति यतिखेर दुई ठूला युद्धहरू लडिरहेको तथ्य होः युक्रेनविरुद्ध रुसी कारबाही, जुन साढे दुई वर्षअघि सुरु भएको थियो र गाजामा इजरायलको आक्रमण, जुन एक वर्ष पहिले सुरु भएको थियो । ती दुवै द्वन्द्वमा दुवै पक्षको ठुलो जनधनको क्षति भएको छ ।
युक्रेनलाई हतियार आपूर्ति गर्न संरा अमेरिका र युरोपेली युनियन–ईयूले महत्वपूर्ण भूमिका खेलेका छन् र ती हतियारले युक्रेनको पहुँच र सैन्य क्षमतालाई व्यापक बनाएको छ । गाजामा इजरायलको युद्ध लामो समयदेखि क्षेत्रीय युद्धमा परिणत हुने धम्की दिइरहेको छ । अन्तमा, कुनै पनि अवस्थामा हामी ती युद्धको अन्त्यको सम्भावना देख्न सक्दैनौँ ।
यी दुई युद्धहरू व्यापक घटनाका सबैभन्दा नाटकीय उदाहरण हुन् । तिनले वर्तमानमा विश्वव्यापी सुरक्षा अवस्था अर्थात् बढ्दो अस्थिरता र अनिश्चिततालाई चित्रण गर्दछन् । यसका कारणहरू के के हुन् ? यसको अन्तर्निहित कारण संरा अमेरिकाको बढ्दो कमजोरी र उसको नेतृत्वमा रहेको विश्वव्यापी व्यवस्थाप्रति असहमति व्यक्त गर्ने इच्छा र क्षमता हो । परिणामस्वरुप केही देशहरू ती तरिकाहरू लार्गु गर्न इच्छुक छन् जुन उनीहरूले पहिले सोचेका थिएनन् ।
संरा अमेरिकाको पतनले वर्तमान विश्वव्यापी व्यवस्थालाई कमजोर पार्ने कुरा हामीले थाहा पाएका छौँ । हामी यो अस्थिरता र अप्रत्याशितताको वातावरण निकट भविष्यमा र सम्भवतः पछाडि जारी रहने आशा गर्न सक्छौँ । संरा अमेरिकाको कमजोरीको सबैभन्दा महत्वपूर्ण अभिव्यक्ति चीनको उदयको डर र यसको प्रतिरोध गर्नको लागि गरिरहेको सङ्घर्ष हो, जुन बाँकी विश्वले स्पष्टरूपमा देखेको र महसुस गरेको छ ।
यस सन्दर्भमा, अन्तिमपटक एक आधिपत्य (साम्राज्य) पतन भएको अन्तरिम अवधिलाई स्मरण गर्न लायक छ । जब बेलायतले आफ्नो आधिपत्य स्थितिलाई टिकाउन सकेन, तब उसले मुद्रा खेमा, सामूहिक बेरोजगारी र विनाशकारी परिणामसहित अन्ततः दोस्रो विश्वयुद्ध, आफ्नो विश्वव्यापी व्यवस्थाको विघटन, व्यापार युद्ध, संरक्षणवाद, गठनको नेतृत्व गरेको थियो ।
सुरक्षाको लागि हालको व्यवस्था कुनै पनि हिसाबले यसको मार्गमा चलेको छैन । वास्तवमा, यो धेरै अवधिसम्म सञ्चालनमा रहन सक्छ भनेर विश्वास गर्न केही राम्रा कारणहरू नभएका होइनन् । संरा अमेरिकामा, राष्ट्रिय सुरक्षा मुद्दाको रूपमा जस्तो देखिने कुनै पनि कुरा वा सबै कुरालाई सोच्ने प्रवृत्ति छ । चिनियाँ उद्योगको वृद्धिलाई, सामान्यतया, अमेरिकाको लागि ‘धम्की’ को रूपमा बढ्दो रूपमा लिइएको छ, त्यसपछि चीनको निर्यातलाई राष्ट्रिय सुरक्षा मुद्दाको रूपमा हेरिएको छ, चिनियाँ उत्पादनमाथि उच्च अतिरिक्त शुल्क लगाइएको छ वा पूर्ण रूपमा अवरुद्ध गरिएको पनि छ । स्वतन्त्र व्यापारको दिन गयो । यो सम्भव छ कि वास्तविक वा काल्पनिक सुरक्षा खतराहरू सामना गर्न आर्थिक उपायहरू अमेरिकी आर्थिक नीतिको प्रमुख विषयवस्तु निर्धारण गरिएको छ । यस प्रक्रियामा यसले भूमण्डलीकरणको लागि संरा अमेरिकाको प्रतिबद्धतालाई अझ कमजोर बनाउँदै छ ।
दोहोरो प्रयोगको विचार आर्थिक नीतिको प्रतिभूतीकरणमा अर्को प्रमुख कारक हो । सेमिकन्डक्टर, क्वान्टम कम्प्युटिङ र सेल्फ–ड्राइभिङजस्ता उच्च–प्रविधि उत्पादनहरू चीनमा निकासीमा रोक लगाउने बहानाको रूपमा राष्ट्रिय सुरक्षालाई संरा अमेरिकाले अहिले नियमित रूपमा प्रयोग गरिरहेको छ ।
आजको विश्वमा प्रविधिको बढ्दो महत्व छ । हामीले यसलाई प्राविधिकीकरण भन्न सक्छौँ । उत्पादनहरूको बढ्दो दायरा, सबैभन्दा परिष्कृतदेखि अपेक्षाकृत सांसारिक घरेलु उत्पादनहरू, सुरक्षाको जालमा फसेको र अन्धाधुन्ध प्रतिबन्धले धेरै विविध वस्तुहरूको आयातलाई निषेध गर्छ । यसले पागलपन, शङ्का र डरको वातावरणलाई प्रोत्साहन दिन्छ ।
हामी शीतयुद्ध र म्याककार्थिज्म (म्याकार्थीवाद) को युगमा पहिले पनि यस्तै थियौँ । त्यसपछिको हाम्रो नियमित अभिव्यक्ति ‘ओछ्यान मुनि रातो’ थियो । कम्तीमा, तपाईँले आफ्नो ओछ्यानमुनि मात्र हेर्नुपर्छ । आधुनिक संसारमा, जहाँ लगभग हरेक घरायसी वस्तुमा चिप हुन्छ वा वास्तवमा धेरै, दुष्ट चिपको खोजी अनन्त र केवल नश्वरहरूको क्षमताभन्दा परको हुनेछ ।
तपाईँलाई लाग्न सक्छ कि म मजाक गर्दै छु, तर धेरै समयअघि बेलायतमा एक तथाकथित चिनियाँ विशेषज्ञले एक गम्भीर प्रतिरक्षा संस्थाको लागि एउटा दस्ताबेज लेखेर ठ्याक्कै यही तर्क गरेका थिए– तपाईँको फ्रिज वा टेलिभिजनमा रहेको चिनियाँ चिप्स तपार्इँको जासुसी र जानकारी सङ्कलनका लािग हुनसक्छ । ती सबैलाई पेइचिङ फिर्ता पठाउनुहोस् ।
यहाँ सुरक्षाको बारेमा डरलाग्दो कुरा लोक संस्कृतिसँग मेल खान्छ र साधारण मानिसहरूको अज्ञानता र तर्कहीन डरलाई शिकार गर्न खोज्छ । सेल्फ ड्राइभिङ टेक्नोलोजीको बारेमा केही भन्न नमिल्ने, अत्याधुनिक प्रविधि र अनगिन्ती चिप्सले भरिएका चिनियाँ विद्युतीय सवारीको सडकमा बढ्दो उपस्थितिका कारण हामी यस किसिमको घातक अनुमानको धारको आशा गर्न सक्छौँ ।
यो क्षणमा सुरक्षाको अन्धो पागलपनले गर्दा सुरक्षाको दिशा उल्टो आयामतिर बढ्दै छ, शङ्काले पारस्परिक सम्मान र मैत्री सम्बन्धको खोजीलाई कमजोर बनाउँछ । सुरक्षालाई आधारभूत मानवता निल्न दिनुहुँदैन । अन्ततः, मानवता भनेको विश्वास र सद्भावनामा निर्भर गर्दछ । तिनीहरू जहाँसुकै बसून् र तिनीहरूको परम्परा र संस्कृतिहरू जुनसुकै भए पनि एकै समयमा मानव सहअस्तित्व र अन्य मानिसहरूको लागि सम्मानको आवश्यकतालाई पहिचान गर्दै खतरा र जोखिमहरूको सन्तुलन र पहिचान जरुरी हो ।
(यो लेख २०२४ को ग्लोबल पब्लिक सेक्युरिटी कोअपरेसन फोरम (लियान्युङगाङ) सम्मेलनमा ज्याक मार्टिनको टिप्पणीको अंश हो । लेखक सिङ्हुआ विश्वविद्यालयको इन्स्टिच्युट अफ मोडर्न इन्टरनेसनल रिलेसन्सका भिजिटिङ प्रोफेसर र चाइना इन्स्टिच्युट, फुदान विश्वविद्यालयका वरिष्ठ फेलो हुनुहुन्छ ।)
पिपुल्स डेली अनलाइनबाट
अनुवाद : आरोही
Leave a Reply