शिक्षण सिकाइ प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्नु आवश्यक
- बैशाख २७, २०८३
समाज जसरी विभिन्न जातजाति र भाषाभाषीमा विभाजित छ त्यसरी नै जातजाति र भाषाभाषी पनि विभिन्न वर्गमा विभाजित हुन्छ । सबै जात र भाषाभाषीहरूमा शासक वर्ग आर्थिक रूपले सम्पन्न र समृद्ध परिवारहरू समाजका व्यापक जनताको शोषण नगरी अगाडि बढ्न सक्दैनन् । कुनै एक व्यक्ति विभिन्न कारणले आर्थिकरूपले अगाडि बढ्नुमा भित्री कारणहरू हुन्छन् । त्यस व्यक्तिले शासकवर्ग र आर्थिकरूपले शोषकवर्गकै हितमा काम गरेको हुन्छ ।
सूक्ष्मरूपले कुनै व्यक्ति र परिवारको बारेमा अध्ययन नगरी कुनै परिवार र व्यक्तिबारे मूल्याङ्कन गर्नु खोटो र हतारिएको हुन्छ । सामाजिकरूपले माथिल्ला जातिका तर आर्थिकरूपले गरिब भए पनि २–४ वर्षमा करोडपति र र अर्बपति भयो भने कुनै न कुनै बाहिरी सहयोगबिना सम्भव छैन वा केही गुप्तधन वा बाहिरी पुँजी उसको पछाडि भएकै हुन्छ ।
वर्गीय राजनीतिमा नेपोलियनजस्तो गरिबको छोरोलाई फ्रान्सका सामन्त, पँुजीपतिवर्गले क्रान्तिकारी जनतालाई दबाउन सत्तामा ल्याए र व्यापक दमन चलाएर सामन्त र पुँजीपतिले नै नेपोलियनलाई राजा बनाए । सेना आफै चल्दैन उसलाई समाजका प्रभुत्ववर्ग वा पुँजीपतिवर्गले प्रभाव र पैसाको बलमा चलाउँछ । नेपालमा अहिलेसम्म सत्तामा पुगेका बीपी कोइराला, केआई सिँह, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली सबै प्रत्यक्ष वा अप्रत्यक्षरूपले विदेशी पुँजी, सामन्त र पुँजीपतिवर्ग, खस–आर्यको प्रभावकै कारण सत्तामा पुगेका हुन् । तिनीहरूकै हितमा मात्रै काम भएका छन् र ऐन–कानुन बनेका छन् । निर्वाचन ती नै वर्गहरूको कल्पनै गर्न नसकिने रकमबाट शासक समूहहरूलाई शासनमा ल्याउने एउटा नाटकमात्रै साबित भइरहेकै छ । राजनीतिशास्त्र व्यावहारिक विषय नभई एक सैद्धान्तिक र औपचारिक विषयवस्तु साबित हुँदै छ ।
किन यस्तो देखिँदै छ ? मुसोलिनी र हिटलरसमेत नेता र सिद्धान्तकार थिएनन् । युरोपमा त्यसबेला बढ्दै गएको समाजवादी प्रभावलाई व्यक्तिवादी चरित्रका र अति महत्वाकाङ्क्षी व्यक्तिहरूलाई देशी र विदेशी पुँजीले सङ्गठन र पार्टी निर्माणमा राम्रा र नराम्रा काम गराई चर्चामा ल्याउँछन् । अनि पुँजीपतिवर्गले नै बुद्धिजीवी, लेखक, सिद्धान्तकार र प्रचारकहरू तयार गरी सत्तामा पु¥याउँछ र आफ्नो वर्गको हितमा काम गराउँछ ।
पुँजीपतिवर्ग वा विदेशी पुँजीले लेखक, कवि, कलाकार, अर्थशास्त्री र अनेक विषयका ज्ञाता र चतुर व्यक्तिहरूलाई भाडाका सिपाही बनाएर संसारका पुँजीको राजलाई चालु राख्दै छन् । युक्रेनका जेलेन्स्किी, इजरायलका नेतन्याहु, बाइडेन र अन्य देशका सत्तासीनहरूबारे पनि एक पछि अर्को रहस्य खुल्दै जानेछन् । दक्षिण एसियामा नाउँ चलेका गान्धी र नेहरू, सुभाषचन्द्र बोष र पछिका नेताहरूसमेत साधारण जनताले सुनेको र बुझेको भन्दा धेरै फरक तथ्यहरू खुल्दै गएका छन् । भारतको स्वतन्त्रता आन्दोलनको इतिहास, भारतीय राष्ट्रिय काङ्ग्रेसको बेलायती साम्राज्यवादविरोधी सङ्घर्ष र अन्य दल र व्यक्तित्वहरूको सङ्घर्षलाई साम्राज्यवादविरोधी सङ्घर्षभन्दा हिन्दू–मुसलमानको धर्म युद्ध, जातीवादविरोधी सङ्घर्ष, दलित, मजदुर, किसान र क्षेत्रीय सङ्घर्षहरूबारे बढी समय र शक्ति खर्च भएको मूल्याङ्कन गरिँदै छ ।
यसकारण, साम्राज्यवादीहरूको देश र समाजका जातजाति, भाषाभाषी, वर्गीय र बौद्धिक जगत एवं राजनीतिक दलहरूमा देखिएका व्यक्तिवादी प्रवृत्तिलाई अङ्गीकार गरेका व्यक्ति र समूहबाटै आफ्नो स्वार्थ सिद्ध गरेको अध्ययनले बताउँछ । यसकारण, हरेक दल र संस्थाहरूमा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिई संस्था र दललाई समेत छोड्न सक्ने व्यक्तिहरू नै अहिले संसद् र मन्त्रीमण्डल चर्चामा छन् । त्यसको मुख्य कारण पुँजीपति, व्यापारी, ठेकेदार र भूमाफिया सबै एक भएर देश, जनता र दललाई समेत विश्वासघात गर्न सक्ने ‘बहादुरहरू’ लाई प्रश्रय दिँदै छन् – जहाँ पनि । यसकारण, हरेक संस्थाका सभापति, सचिव, सम्पादक वा इमानदार भनिएका दलका नेताहरूले समूहको बहुमत र साथीहरूको रायलाई छोडी मनपरी गरेमा निश्चय पनि त्यस्तै व्यक्तिहरू पछि विश्वासघाती भएका धेरै उदाहरण छन् ।
Leave a Reply