अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको भनाइ
- बैशाख २७, २०८३
विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवम् उत्पादन, उपभोग, आयात—निर्यात, वैदेशिक मुद्रा सञ्चितिलगायतका पक्षमा पहिलो अर्थतन्त्र भएर पनि चीनले आफूलाई अझै विकासोन्मुख मुलुकको पङ्क्तिमै राख्छ । कोही यसलाई चीनको नरम स्वभाव या कूटनीति पनि भन्छन् । वास्तवमा अत्याधुनिक, व्यवस्थित र अति विकसित सहर निर्माणको हकमा चीनले पश्चिम या विकसित देशहरूलाई धेरै अघि नै पछाडि पारेको सत्य हो । यद्यपि, सिङ्गो चीनको समानुपातिक विकासको आकाङ्क्षा पूरा भइसकेको छैन भन्छन् चिनियाँ नेतृत्व । गाउँ नै गाउँले भरिएको देशमा भौगोलिक जटिलता मुख्य चुनौती पक्कै हो । तर, चीनले सम्भावनाको अनन्त आकाशमा उडान भर्न कहिल्यै छोडेन । मरुभूमिमा जङ्गल रोप्ने र हिमालपारिका क्षेत्रहरूमा समृद्धिको सपना रोप्ने कर्म रोकेन । ४०००—५००० मिटरको उचाइमा मानिसको जनजीवन कस्तो होला ? समुद्र सतहभन्दा ४० प्रतिशत कम अक्सिजन भएको उचाइमा, कठ्याङ्ग्रिने जाडोमा विकासको न्यानो घाम कसरी पुग्ला ? चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वले जटिलभन्दा जटिल चुनौतीको सामना गरी हिमालपारि पनि विकासको लहर पु¥यायो । कठ्याङ्ग्रिने र अक्सिजन अभाव हुने गाउँहरूमा विकासको सूर्योदय सम्भव तुल्यायो । एउटा पछिल्लो उदाहरण सिचाङ स्वायत्त क्षेत्र (Xizang Autonomous Region) हो । विकासको निम्ति सिचाङको आकाश बाँधिएको छैन भन्ने सन्देश बोकेको पेइचिङ रिभ्यूको अगस्ट २९ अङ्कको चर्चा जानकारीमूलक नै हुनुपर्छ ।
सिचाङ सन् २०१९ मा निरपेक्ष गरिबीको रेखामुनिबाट सधँैका लागि माथि उठ्यो । ६० वर्ष लामो दासत्वको सिक्रीबाट मुक्त भयो । सिचाङ एक समय चीनकै सबैभन्दा गरिब क्षेत्र थियो । ३० वर्ष अगाडि चीनको केन्द्रीय सरकारले सिचाङ र अन्य पिछडिएका क्षेत्रलाई राष्ट्रिय सहयोगको नीति लिएको थियो । चीनको आठ भागको एक भाग ओगट्ने सिचाङ १२ लाख वर्ग किलोमिटरमा फैलिएको समुद्र सतहबाट ४००० मिटरमा उचाइमा अवस्थित क्षेत्र हो । सिङचियाङ उइगुर स्वायत्त क्षेत्रपछि चीनकै दोस्रो ठुलो प्रान्तीय स्तरको प्रशासनिक क्षेत्र हो, सिचाङ । २०२० को जनगणनाअनुसार करिब ३६ लाख ५० हजारको जनसङ्ख्या छ । सिचाङमा ९० प्रतिशत तिब्बती, ८ प्रतिशत हान र हुई, मोन्बा, ल्होबालगायत अन्य जाति २ प्रतिशत मिलेर बसोबास गर्छन् । सिचाङमा केन्द्रीय सरकारको विशेष सहयोग ‘Pairing up assistance’ कार्यक्रम निकै सहयोगी बन्यो ।
पेइचिङ, चियाङ्सुजस्ता सम्पन्न सहरहरूले ल्हासा र सिचाङको राजधानी सहरमा प्रत्यक्ष सहयोग गरे । त्यस्तै साङ्घाई, चिलिङ, हेलोङचियाङ सहरहरूले सिचाङको दोस्रो ठूलो सहर रिखाचमा (Xigaze) सघायो । यसरी सन् २०१२ देखि १७ प्रान्त र थुप्रै पालिकाहरूमा सहयोग पुग्यो । सुरुआतितिर ८० प्रतिशतभन्दा बढी बजेट त्यहाँका गोठालाहरूको जीवनस्तर उठाउन प्रत्येक वर्ष खर्च भयो ।
सिचाङ औद्योगिक क्षेत्र थिएन । मानिसहरू खेतीपाती, भेडा च्याङ्ग्रा अर्थात् याक पाल्ने र चराउने काम गर्थे । शिक्षा, स्वास्थ्य र बाटोघाटोको बन्दोबस्त थिएन । सिचाङमा प्रारम्भिक विद्यालय शिक्षाको लामो र मार्मिक कथा यस अङ्कभित्र छ । सदैव भेडाच्याङ्ग्रा चराउने गोठालाहरूका सन्तानले शिक्षाको उज्यालो पाओस् भनी स्थानीय युवा चेनले गरेको सङ्घर्षको कथा छ । चिकपाले सिचाङमा पार्टी कार्यकर्ता एवम् जनसेवकहरूलाई पठायो । एउटै पूर्व विद्यालय नभएको ठाउँमा सन् २०२४ सम्म ७१६ वटा निःशुल्क पढाइ हुने ग्रामीण पूर्वविद्यालयहरू खोलिए । स्थानीय सरकारले त्यसको नेतृत्व लियो । सिचाङको सिङ्चामा मात्र २७ शिशुस्याहार केन्द्र स्थापना भए अहिले ती केन्द्र्रमा ७५.२ प्रतिशत भर्ना छ । विद्यालय स्थापनासँगै स्थानीय शिक्षकलाई तालिम गर्ने र गुणस्तरीय शिक्षा दिने प्रयास भयो । अघिल्लो वर्षसम्म १७ प्रान्तका ४०० शिक्षकले २१ वटा इलेमेन्टरी र माध्यमिक तहसम्मको विद्यालयमा अध्यापन गर्थे । जनताबिच भएको अध्ययनअनुसार सिचाङमा भएको विकास र प्रगतिबाट जनता निकै सन्तुष्ट छन् । सन्तुष्टिको मापन यदि १ देखि ५ अङ्कभित्र हुन्थ्यो भने ४.१५६ अङ्क प्राप्त भएको छ ।
शिक्षामात्र होइन चिकित्सा क्षेत्रमा सिचाङले काया फेर्दै छ । नयाँ पुस्ताका धेरै डाक्टरी पढ्दै छन् । मातृशिशु मृत्युदर घटेको छ । सन् १९५० तिर एक लाखमा ५००० आमाको मृत्यु हुन्थ्यो भने ७० वर्षपछि लाखमा ४५ जनामा झरेको छ । चिकपाको नेतृत्व, विचार र कार्यकर्ताको समर्पणविना सिचाङको रूपान्तरण सम्भव थिएन भन्छन् सिचाङबासीहरू । सिचाङको सामाजिक, आर्थिक स्थिति, उचाइ, कम तापक्रम, कम चाप, कम अक्सिजन भए पनि केन्द्रबाट खटाइएका कार्यकर्ताहरूले समर्पित भई काम गरे, सिचाङबासीको मन जिते । सन् १९९४ देखि २०२२ सम्ममा ११ हजार ९ सय अधिकारीहरू र विज्ञहरूले सिचाङमा काम गरे । तीबाहेक वित्तीय सहयोग, प्रविधिक सहयोग, गरिबी निवारण र रोजगारी सिर्जनाका कार्यक्रमहरूमा छुट्टै काम भएको देखिन्छ । सिचाङमा मात्र केन्द्रले सन् २०१२ देखि २०२२ सम्म १७ खर्ब ३० अर्ब युआन विनियोजन गर्यो । त्यो बाहेक दीर्घकालीन विकास एजेन्डाको बजेट पनि छ । जलविद्युत्मा ८० अर्ब युआन लगानी गर्यो । अहिले ९६.५ प्रतिशत सिचाङबासी जलविद्युत् उपभोग गर्छन् । ठुल्ठुला रेल्वे र बाटोघाटो निर्माण भएका छन् । जसमध्ये छिङहाई—सिचाङरेलवे आर्थिक, भौगोलिकरूपमा महङ्खवको मानिन्छ । श्वेत पत्रकानुसार सन् २०१२ मा सिचाङबासीको प्रतिव्यक्ति खर्चयोग्य आम्दानी जम्मा १ हजार २ सय अमेरिकी डलर थियो १० वर्षमा प्रतिव्यक्ति आम्दानी बढेर ३ हजार ७ सय ४० अमेरिकी डलर पुगेको छ । जबकि समग्र चीनको प्रतिव्यक्ति आय ५ हजार ४ सय ८७ मात्र हो । यो सूचाङ्क जीवनस्तरमा परिवर्तनको दृष्टान्त हो । पश्चिमा मिडियाले प्रचार गरेझैँ सिचाङमा कुनै जातीय कलह छैन । त्यहाँ तिब्बती, हान र अन्य जातीय समूह मिलेर बस्छन् । तिनका छोराछोरी एउटै विद्यालय पढ्छन् ।
चीनमा जातीय सहिष्णुता छ, एकता छ भन्ने सन्देश पनि यो अङ्कले दिन्छ । त्यतिमात्र होइन सिङचियाङ, सिचाङजस्ता हिमालपारिका क्षेत्रहरूमा चिनियाँ सरकारले गरिरहेको विकास र रूपान्तरणको शब्ददृश्य अनुभव हुन्छ ।
अन्य देशसँग चीनको सम्बन्धबारे पनि यो अङ्कले लेखेको छ । यतिबेला चीनविरुद्ध पश्चिमी मुलुक एवम् युरोपेली सङ्घले विश्व व्यापार सङ्गठनको नियमविपरीत व्यापार संरक्षणवादी नीति लिएको छ । चिनियाँ उत्पादन इलेक्ट्रिकल गाडीमाथि थप ३७.६ प्रतिशत भन्सार कर थोप्नु युरोपमा चीनको बजार बन्द गर्ने नियत हो भन्न सकिन्छ । इयूको निर्णयलाई यूकेले भने मानेको छैन । चिनियाँ गाडीमा कर लाडेको छैन । गत वर्ष इयूले चीनबाट ११ अर्ब ५० करोड अमेरिकी डलर बराबरको विद्युतीय गाडी आयात गरेको थियो । जून २०२० भन्दा १ अर्ब ७० करोडले बढी हो । वास्तवमा चीनमा निर्मित ती गाडीको केही पार्टपुर्जा पश्चिमी मुलुकबाटै आउँछ । त्यसैले युकेसँगै नर्वे, जर्मनी पनि व्यापार संरक्षणवादको विरोध गर्दै छ । चीन ईयूको व्यापार कलहबाट पनि आत्तिएको छैन बरु उत्पादन बढाएको देखिन्छ । प्रविधिमा अब्बल सवारीसाधन आविष्कारमा दत्तचित्त देखिन्छ । सन् २०२३ मा दक्षिणपूर्वी एसियाले मात्र चिनियाँ विद्युतीय गाडीको कुल निर्यातको १० प्रतिशत आयात गर्यो । यो वर्ष त्यो आँकडा दोब्बर छ । ल्याटिन अमेरिकामा ६.७ प्रतिशत छ । क्षेत्रीय देशहरूमा ७० प्रतिशत निर्यात छ । विशेषतः ग्लोबल साउथ अर्थात् विकासोन्मुख देशमा विद्युतीय गाडीको निर्यात बढी देखिन्छ । चीनको बजार ‘सिप्mट’ हुँदै गरेको दृश्य पनि हो यो । संरा अमेरिका र इयूले व्यापार युद्ध जारी राखे पनि चिनियाँ उत्पादनले आप्mनै बजार निर्माण गर्दै छ । यद्यपि, चीन स्वस्थ प्रतिस्पर्धासहित व्यापार अवरोधहरू पन्छाउन चाहन्छ । पश्चिमले दक्षिण एसिया, ‘ग्लोबल साउथ’ र अफ्रिकी देशहरूको विश्वास गुमाउँदै छ ।
अफ्रिका चीन सम्बन्धको सेतु ‘फोकाक’ साझा भविष्यसहितको एउटा समुदाय सिद्ध हुँदै छ । अफ्रिकी देशसँगको सम्बन्धबारे पनि यस अङ्कमा चर्चा छ । स्पेन, जापान र माडागास्करका दक्षिण अफ्रिकी राजदूत गर्ट ग्रोबरले भनेका छन्, “चीनको ‘जनता प्रथम’ नीति, आविष्कार, सुधार, खुलापन र सहकार्यको नीतिले चीनलाई अफ्रिकामा लोकप्रिय बनायो । चीनको विदेश नीति, ग्लोबल साउथ अवधारणा विकासोन्मुख देशमैत्री छ ।” त्यतिमात्र होइन अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र (AFCFTA) सम्पूर्ण ५४ अफ्रिकी देशका निम्ति ठूलो अवसर सिद्ध हुने उनको भनाइ छ । अफ्रिकी विज्ञहरू भन्दै छन्, “अफ्रिकी भएकै कारण हामीले निकै दुःखद इतिहास भोग्यौँ । अब हामीलाई हाम्रो विकासको सम्भावना र चुनौती दुवै थाहा छ । चीनले हाम्रो आँखा खोलिदियो ।” चीनको विशेषता भनेको मानवीय पुँजी निर्माणमा जोड दिनु हो । अफ्रिकाका धेरै विद्यार्थी चीन पढ्छन् । चिनियाँहरू आप्mनो देशमा विश्वकै उत्कृष्ट विश्वविद्यालय हुँदाहुँदै अफ्रिकामा गई पढ्छन् । जुलु भाषा सिक्दै छन् । कला संस्कृति रहनसहन सिक्दै छन् । साझा समुदायको अर्थ यही त होला नि ।
चीनले विशेषतः अफ्रिकाको स्वास्थ्य, गरिबी निवारण, व्यापार, लगानी डिजिटल आविष्कार, हरित विकास, क्षमता अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र सुरक्षाको क्षेत्रमा सघाएको बताउँछन् । चीनले अफ्रिकाको मागअनुसार सन्तुलित र दीर्घकालीन विकासमा बलियो सहयोगी बनेर भूमिका निर्वाह गर्दै छ भन्ने जानकारी यस अङ्कले दिन्छ ।
यस अङ्कको अर्को रोचक प्रसङ्ग अमेरिकाको राष्ट्रपतीय निर्वाचनसम्बन्धी चर्चा हो । यतिबेला डोनाल्ड ट्रम्प र कमला ह्यारिस् मुख्यतः प्रतिस्पर्धामा छन् । चिनियाँ युवाहरू अमेरिकी निर्वाचनप्रति चासो राख्छन् वा राख्दैनन् ? भन्ने अध्ययनको सार प्रस्तुत छ । बैडु Baidu भन्ने एउटा अनलाइन सूचाङ्कमा जुलाई एक महिनाको अध्ययन या सर्वे हेर्दा धेरैजसो करिब २० देखि ४० वर्ष उमेर समूहका चिनियाँले इन्टरनेट सर्चिङ या खोज गरेको पाइयो । ट्रम्प चीनका लागि नयाँ होइन, युवाहरूले ह्यारिसलाई चिन्न चाहेको देखियो सुरुआतितिर । तर, गोली काण्डपछि ट्रम्पको प्रतिक्रियाले भने इन्टरनेट सर्चिङ ट्रम्पतिर बढेको देखायो । चीनको विषयमा तिनको धारण के छ ? भन्ने जिज्ञासा अधिकांश चिनियाँ युवाहरूको देखियो । यद्यपि, चिनियाँ युवा कसैको पक्षमा देखिन्नन् । चीनको विदेश मामिला लेखले प्रस्ट भनेको छ, “संरा अमेरिकामा जोसुकै राष्ट्रपति बने पनि चीनलाई हेर्ने उसको चस्मा उही हुनेमा चीन स्पष्ट छ । व्यापार कचिङ्गल, असमझदारी, सुरक्षा मामिलाको सवालमा सहमति र वार्ताको विकल्प छैन । हिजो ट्रम्प र बाइडेनलाई हेरिसकेका चिनियाँ जनताले पदमा व्यक्ति परिवर्तनले देशको विदश नीति नबदलिने बुझेका छन् । दुई देशबिच राम्रो सम्बन्धको आवश्यकताबारे पनि लामै छलफल यस अङ्कमा छ ।”
साप्ताहिकरूपमा प्रकाशित हुने यस पठनीय पत्रिकाले सिङ्गो चीन र अन्तर्राष्ट्रिय सम्बन्ध एवम् व्यवस्थाबारे सत्यतथ्य जानकारी दिन्छ । चीनको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विषयमा जानकारी हासिल गर्न यो बुलेटिन निकै सहयोगी छ ।
Leave a Reply