भर्खरै :

समाजसेवी व्यक्ति सदा अनुकरणीय हुने

समाजसेवी व्यक्ति सदा अनुकरणीय हुने

भक्तपुर, २९ असोज । महाकाली क्षेत्र संरक्षण समितिको आयोजनामा यस समितिका सल्लाहकार तथा संस्थापक अध्यक्ष कृष्णप्रसाद दथेपुथेको असामयिक निधन भएकोले उहाँको सम्झनामा मङ्गलबार भोलाछेँ दुबुचोकमा शोक सभा सम्पन्न भयो ।
उक्त शोक सभामा महाकाली क्षेत्र संरक्षण समितिका सल्लाहकार तथा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले समाज सेवाको बाटोमा निरन्तर लागिरहने दथेपुथे दाजु समाज र टोलको एक अगुवा सामाजिक कार्यकर्ता भएको चर्चा गर्नुभयो ।
एउटै क्षेत्रमा जीवनभर लागिराख्नु निकै गा¥हो र प्रेरणात्मक कार्य भएको चर्चा गर्दै उहाँले कृष्णप्रसाद दथेपुथेले जीवनभर गा¥हो कार्यमा लागेर जीवन बिताएको र समाजका लागि नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । नयाँ पुस्ताले पनि आफ्नो देश र टोलको सेवा गर्ने भावना उहाँबाट सिक्नुपर्ने उहाँले बताउनुभयो ।
महाकाली क्षेत्र संरक्षण समितिका अध्यक्ष तथा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले कृष्णप्रसाद दथेपुथेले महाकाली क्षेत्रको विकास र निर्माणमा गरेको योगदानको चर्चा गर्नुभयो ।
उक्त क्षेत्रमा आदर निकेतनको साथै नगरपालिकाले अरनिको सभाभवनको निर्माण तीव्रगतिमा गरिरहेको चर्चा गर्दै उहाँले निकट भविष्यमै महाकाली क्षेत्र र देकोचा क्षेत्र आर्थिक र भौतिक विकासको केन्द्र हुने चर्चा गर्नुभयो ।
महाकाली क्षेत्र संरक्षण समितिका सल्लाहकार गणेशराम थुसाले कृष्णप्रसाद दथेपुथे निकै मिलनसार, मृदुभाषी र सहनशील व्यक्ति भएको चर्चा गर्नुभयो ।
उक्त कार्यक्रममा महाकाली क्षेत्र संरक्षण समितिका उपाध्यक्ष सत्यनारायण बजिकोँ, कोषाध्यक्ष न्हुछेरत्न खाइतु, सदस्य पुरुषोत्तम दथेपुथे, सदस्य जगनाथ सुजखुले पनि शोक मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *