क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
क्षेत्रीय द्वन्द्व र घर्षणमा हालैका वृद्धिहरूले आणविक युद्धको खतराको बारेमा विश्वव्यापी चिन्ताहरू पुनः जगाएको छ । चीनको विदेश मन्त्रालयको हतियार नियन्त्रण विभागका महानिर्देशक सुन सियाओबोले बिहीबार अन्तर्राष्ट्रिय समुदायलाई ‘आणविक हतियारमुक्त संसार’ स्थापना गर्न आग्रह गर्नुभयो ।
सबै देश र क्षेत्रहरूले विद्यमान सुरक्षा संरचनाहरू र आणविक प्रसार र द्वन्द्व रोक्न तिनीहरूको प्रभावकारितामा सामूहिक र गहिरोरूपमा चिन्तन गर्नुपर्छ ।
शीतयुद्धको आणविक प्रतिरोध रणनीतिसहित दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाले आणविक हतियार वरपरका आधारभूत मुद्दाहरूलाई पर्याप्तरूपमा सम्बोधन गरेको छैन । पारस्परिकरूपमा सुनिश्चित विनाशको अवधारणाले आणविक शक्तिहरूबिचको प्रत्यक्ष द्वन्द्वलाई रोक्न सक्छ, यसले विश्वलाई आणविक खतराको निरन्तर छायामा बाँचिरहेको छ ।
विश्वव्यापी भूराजनीतिले नाटकीय परिवर्तनहरू गर्दा, हामी अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ गतिशीलता देखिरहेका छौँ । एसियामा विस्तारित सैन्य गठबन्धन विस्तार गर्ने प्रस्तावहरू देखापरेका छन् । एसियामा नाटोको भूमिका र नयाँ क्षेत्रीय सुरक्षा सम्झौताहरूले आणविक खतराहरूको डरसहित केही राष्ट्रहरूको जटिल सुरक्षा चिन्ताहरू झल्काउँछ ।
यद्यपि, हामीले सावधानीपूर्वक विचार गर्नुपर्छ कि त्यस्ता दृष्टिकोणहरूले साँच्चै विश्वव्यापी सुरक्षालाई बढावा दिन्छ वा तनाव बढाउने जोखिममात्र बढाउँछ ? युद्ध र आणविक प्रसारका मूल कारणहरू जटिल र बहुआयामिक छन् । तिनीहरू हतियारहरूबाट मात्र होइन, तर गहिरो भू–राजनीतिक तनाव र ऐतिहासिक गुनासोहरूबाट उत्पन्न हुन्छन् । यी मुद्दाहरूलाई प्रभावकारीरूपमा सम्बोधन गर्न, हामीलाई विश्वव्यापी सुरक्षा गतिशीलताको सूक्ष्म बुझाइ चाहिन्छ जुन सरलीकृत ‘हामीहरूविरुद्ध तिनीहरू’ बुझाउने कथाहरू भन्दा पर जान्छ ।
किन विद्यमान सुरक्षा संयन्त्रहरू आणविक युद्धको खतरालाई प्रभावकारी रूपमा रोक्न असफल भएका छन् ? यसको जवाफ सम्भवतः अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षाको दृष्टिकोणमा निहित छ । निश्चित राष्ट्रहरू वा खेमाहरूको पूर्ण सुरक्षाको खोजी अक्सर अरूको कथित सुरक्षाको खर्चमा आउँछ, अविश्वास र हतियार निर्माणको चक्र सिर्जना गर्दछ ।
यस चक्रलाई तोड्नको लागि हामीलाई विश्वव्यापी सुरक्षाको दृष्टिकोणमा एक प्रतिमान परिवर्तन चाहिन्छ । यसमा सबै राष्ट्रहरूको वैध सरोकारलाई सम्बोधन गर्ने थप समावेशी र सहयोगात्मक सुरक्षा ढाँचाको विकास गर्ने† अन्तर्राष्ट्रिय तनावको मूल कारणहरूलाई सम्बोधन गर्ने द्वन्द्व रोकथाम र समाधान संयन्त्रहरूमा लगानी गर्ने† आणविक निःशस्त्रीकरण प्रयासहरूलाई बढावा दिँदै आणविक प्रसारलाई दिशानिर्देश गर्ने सुरक्षा चिन्ताहरूलाई एकै साथ सम्बोधन गर्ने† युद्ध, शान्ति र आणविक निःशस्त्रीकरणसम्बन्धी छलफलमा नागरिक समाजको सहभागितालाई प्रोत्साहन गर्ने नीति समावेश हुनुपर्छ ।
आणविक युद्धका विनाशकारी नतिजाहरूबारे मात्र छलफल गरेर मात्र पर्याप्त हुँदैन । इतिहासले हामीलाई सिकाउँछ कि विश्वलाई विरोधी समूहहरूमा विभाजन गर्दा र सैन्य भिडन्त निम्त्याउँदा दिगो शान्ति हुँदैन । यसको सट्टा, हामीले मानक, व्यापक, सहकारी र दिगो सुरक्षा अवधारणाको लागि प्रयास गर्नुपर्छ । यो दृष्टिकोणले एक अन्तरसम्बन्धित संसारमा एक राष्ट्रको सुरक्षा सबैको सुरक्षासँग जोडिएको छ भन्ने मान्यता दिन्छ ।
सबै देश र क्षेत्रहरूले थप स्थिर र सुरक्षित विश्व व्यवस्था सिर्जना गर्न ठोस कदम चाल्नुपर्छ । यसका लागि शीतयुद्धको सोचभन्दा बाहिर आउन र विश्वव्यापी सुरक्षाका लागि थप सूक्ष्म, सहयोगी दृष्टिकोणलाई अङ्गाल्नु आवश्यक छ ।
समझदारीलाई बढावा दिएर, सहयोग प्रवद्र्धन गरेर र द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गरेर, हामी आणविक खतराको छायाँबाट मुक्त संसारतर्फ काम गर्न सक्छौँ । साझा भविष्य भएको मानव समुदायमा शान्तिप्रति सामूहिक प्रतिबद्धतामार्फत मात्र सुरक्षा प्राप्त हुन्छ ।
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : आरोही
Leave a Reply