‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
काठमाडौँ, ३० असोज । ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
हनी ट्रर्यापमा पारेर पैसा असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन् ।
उनी समेतको मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रूपैयाँ लेनदेन भएको खुलेपछि परिसरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको थियो । उनलाई निलम्बन गरी छानबिन गरिएको थियो ।
छानबिन समितिले पनि शाहीको संलग्नता देखिएको भन्दै मुद्दा नै चलाउन राय दिएको थियो ।
त्यसअनुसार नै प्रहरी परिसरले अनुसन्धान अघि बढाएको देखिएको हो ।
अहिलेसम्म यस घटनामा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन् ।
प्रहरीले उनीहरूमाथि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ ।
Leave a Reply