भर्खरै :

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसङ्घ

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, १७ अक्टोबर (सिन्ह्वा) । इजरायली हमलाबाट गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनीको हत्या हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपत्कालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताउनुभएको छ ।
गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताउनुभएको छ ।
अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका घाइते, बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउँदै महिला तथा बालबालिकासहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
यदि यस्तो आतङ्कले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उहाँले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजारभन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताउनुभएको छ ।
उहाँले अक्टोबरको शुरूदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको जनाउनुभएको छ । गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उहाँले बताउनुभएको छ ।
पटकपटकका मिसन अवरुद्ध हुँदा, अभावबिच बाँचिरहेका गाजावासीलाई मानवीय सहायताको अझ बढी खाँचो भएको उहाँले बताउनुभयो ।
गाजाको पीडालाई शब्दमा वर्णन गर्न नसकिने बताउँदै अधिकारीले अन्तर्राष्ट्रिय कानुनलाई सम्मान गरी सबै सदस्य राष्ट्रहरूले सहायतालाई सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
बैठकका लागि अनुरोध गर्ने अल्जेरियाका प्रतिनिधिले गाजाको विनाशकारी मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।
मङ्गलबार गाजामा सहायताका ट्रकहरू आएको भए पनि घेराबन्दीका कारण जबालिया पुग्न असफल भएको उल्लेख गर्दै उहाँले मानवीय सहायताका सामाग्रीको अभाव सिर्जना गर्ने सैन्य घेराबन्दी अस्वीकार्यमात्र नभई युद्ध अपराध भएको बताउनुभएको छ ।
राष्ट्रसङ्घमा प्यालेस्टिनका लागि स्थायी पर्यवेक्षक रियाद मन्सुरले गाजामा भइरहेको आक्रमणको विकल्प मौनता र निस्क्रियता नभएको उल्लेख गर्नुभएको छ ।
प्यालेस्टिनी र लेबनानी जनताले इजरायलको दण्डहीनताको मूल्य चुकाउन बाध्य भएको उल्लेख गर्दै गाजामा घेराबन्दी, भोकमरी र बम विस्फोटमा परेका चार लाख प्यालेस्टिनीलाई अधीनमा राखिनु युद्ध नभई अपराध भएकाले यसलाई रोक्नुपर्ने उहाँले बताउनुभएको छ ।
मन्सुरले सुरक्षा परिषद्लाई चार्टर र कानुनद्वारा प्रदान गरिएका उपकरणद्वारा कानुनविपरीत काम गर्नेहरूसँग लड्न आह्वान गर्दै यो काम गर्ने समय भएकाले अरू केही पनि बहाना आत्मसमर्पण भएको उल्लेख गर्नुभएको छ ।
यसै सन्दर्भमा टिप्पणी गर्दै इजरायलका प्रतिनिधिले आफ्नो देशविरुद्धको आक्रमणको विस्तृत विवरण दिँदै १०१ जना मानिसलाई हमासले यातना दिएको र सुरक्षा परिषद्का सदस्यहरूले बन्धकको बारेमा थोरै मात्र उल्लेख गरेको बताएका छन् ।
इजरायल र मानवीय साझेदारले गाजामा भरपुर मानवीय सहायता ल्याउँदा पनि हमासले सहायता ‘कब्जा’ गरी मानवीय अवस्थालाई दयनीय बनाएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *