भर्खरै :

पेइचिङमा शान्ति, विकास, सुरक्षा र साझा भविष्यसहितको समृद्ध विश्व निर्माण ग्लोबल साउथ राष्ट्रिय थिङ्क ट्याङ्क मञ्चको आयोजना

पेइचिङमा शान्ति, विकास, सुरक्षा र साझा भविष्यसहितको समृद्ध विश्व निर्माण ग्लोबल साउथ राष्ट्रिय थिङ्क ट्याङ्क मञ्चको आयोजना

पेइचिङ, १ कार्तिक (सीआरआई) । सन् २०२४ को ब्रिक्स नेताहरूको शिखर सम्मेलनको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्पर्क विभाग र चाइना मिडिया ग्रुपद्वारा संयुक्त रूपमा ‘शान्ति, विकास, सुरक्षा, र साझा भविष्यसहितको समृद्ध विश्व निर्माण’ विषयक ग्लोबल साउथ थिङ्क ट्याङ्क फोरम अक्टोबर १६ मा बेइजिङमा आयोजना भयो । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्पर्क विभागका निर्देशक ल्यू च्यान् छो र चिनियाँ प्रसार विभागका उपनिर्देशक तथा चाइना मिडिया ग्रुपका प्रमुख शन हाइ स्यौङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ । अनलाइन र अफलाइन माध्यमबाट विश्वका ७६ देशका नेता, विशिष्ट व्यक्ति, सरकारी प्रतिनिधि, थिङ्क ट्याङ्कका विद्वान तथा अध्येता र मिडियाका प्रतिनिधिहरू सो मञ्चमा सहभागी भएका छन् ।
नेपालको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई सो मञ्चमा सहभागी हुनुभएको छ । उहाँले भिडियो सम्बोधनमा व्यक्त गर्नुभएको छ, “चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत बेल्ट एण्ड रोड प्रस्ताव तथा विकास, सुरक्षा, र सभ्यताको विश्वव्यापी पहल चीनको मानवजातिको साझा भविष्य भएको समुदायको अवधारणाप्रति प्रतिबद्ध छ र विश्व बहुध्रुवीय र अन्तर्राष्ट्रिय सम्बन्ध लोकतन्त्रीकरणलाई अघि बढाउने प्रयास पनि हो ।”
उहाँले भन्नुभएको छ, सन् २०२४ ब्रिक्स देशका नेताहरूको भेटघाटअघि, हामी ग्लोबल साउथ थिङ्क ट्याङ्कमा मानव जातिको साझा भविष्यसहितको समृद्ध समुदाय संयुक्त रूपमा निर्माण गर्न र विकास, समृद्धि, निष्पक्षता र न्यायको खोजीमा अगाडि बढ्न ग्लोबल साउथ इनिसिएटिभलाई समर्थन गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *