भर्खरै :

अमेरिकापरस्त सरकारहरूविरुद्ध अफ्रिकी जनआन्दोलन

अमेरिकापरस्त सरकारहरूविरुद्ध अफ्रिकी जनआन्दोलन

अमेरिकी प्रभाव घट्दा चिन्ता
केन्यामा विलियम रुटोको सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषको आदेशअनुसार वित्तीय विधेयक ल्यायो । सो विधेयकका कारण धनीले भन्दा पनि गरिबले तिर्नुपर्ने कर अकासियो । देशको आर्थिक सङ्कटको भारजति मजदुर र गाउँले गरिबहरूलाई बोकाइयो । विधेयकको विरोधमा गत जूनको अन्त्यतिर जनआन्दोलन चर्कियो ।
रुटो सरकार यसै पनि अलोकप्रिय थियो । खासगरी रोजगारी एवम् सामाजिक सेवामा राज्यको खर्च कटौती गरेको तथा इन्धन र उन्गा (केन्यामा दालभात बराबर मानिने मकैको पिठो) मा सरकारले दिँदै आएको अनुदान हटाएको हुनाले जनताले रुटोलाई रुचाउँदैनथे ।
रुटोकै आदेशमा सेना र प्रहरीले मिलेर जनताको जायज प्रदर्शनलाई हिंसात्मकरूपमा दबाए । सो हिंसामा कम्तीमा ६० सर्वसाधारण मारिए भने ६ सत्न्दा बढी घाइते भए । प्रहरीले प्रदर्शनकारीहरूलाई अपहरण गरेर यातना दिएको आरोप पनि लाग्यो ।
९० प्रतिशत केन्यालीहरूले विरोध गरेपछि रुटोले वित्तीय विधेयक फिर्ता लिए । तर दुई महिनापछि २ अर्ब ७० करोड डलर बराबरको राजस्व घाटा हुनाले त्यसको शोधभर्ना गर्न सोही प्रतिगामी नीति ल्याउने सङ्केत गरे । यसको विरोधमा देशव्यापी हडताल भयो ।
जुलाई महिनामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ‘प्रदर्शनकारीहरूविरुद्ध प्रहरीलाई ठाडै हिंसा प्रयोग नगर्न आदेश दिएको’ हुनाले रुटोको प्रशंसा गरे । ब्लिङ्केनले सरासर ढाँटे । (यसैगरी युरोपेली युनियनले पनि जनआन्दोलनमाथि रुटोको दमनको पक्ष लियो । केन्याभरि परिचालित सेनालाई २ करोड डलरको सैन्य सामग्री र अन्य सहयोग उपलब्ध गरायो ।)
आन्दोलन चर्किनुभन्दा केही हप्ताअघि रुटोको सम्मानमा वासिङ्टनमा औपचारिक राजकीय भोज आयोजना गरिएको थियो । १६ वर्षयता कुनै पनि अफ्रिकी नेतालाई यस्तो भोज खुवाइएको छैन । सो भोजमा बाराक ओबामा, बिल क्लिन्टन र हिलारी क्लिन्टनको उपस्थिति थियो । (जब कि ओबामाकी आधा बहिनी भनिएकी औमा ओबामामाथि पनि दमनका क्रममा केन्याली सेनाले अश्रुग्यास प्रहार गरेको थियो ।)
जून २५ मा ‘द न्युयोर्क टाइम्स’ मा एउटा लेख प्रकाशित भयो । शीर्षक थियो – ‘केन्याका विरोध प्रदर्शनहरू राष्ट्रपति रुटोलाई अँगाल्ने बाइडेनमाथि बज्रमुक्का’ ।
बाइडेनले केन्यालाई प्रमुख गैरनेटो साझेदार भनेका थिए र उसलाई आधुनिक अमेरिकी हतियार उपलब्ध गराएका थिए । अफ्रिकाभरि भरौटे सैनिकको रूपमा तैनाथ गर्ने गरी केन्याली सेनालाई तालिम दिइएको थियो । सन् २०२३ मा अमेरिकाले केन्यालाई झन्डै ७० करोड डलर सहयोग दियो भने सन् २०२२ मा १ अर्ब डलरभन्दा बढी दिएको थियो ।
केन्यालाई चिनियाँ वृत्तबाट बाहिर राख्न ठुलो रकम पेलिँदै छ । म्वाइ किबाकी (सन् २००२–१३) र उहुरु केन्यात्ता (सन् २०१३–२२) को पालामा केन्याले चीनसँगको व्यापार तीस गुणा बढाएको थियो ।
रुटोको सरकारले तीन काम गरेर वासिङ्टनको निगाह पाएको हो । पहिलो, उसले सोमालियामा ३५ सय जवानको एउटा अमेरिकी पल्टन राख्यो र अल–शबाब लडाकु समूहको सिकार गर्न सोमाली सेनासँग मिलेर काम ग¥यो । दुई, केन्यामा अमेरिकी सैन्य सल्लाहकार झिकाउन सैन्य सम्झौतामा हस्ताक्षर ग¥यो । तीन, पूर्वी कङ्गोमा पश्चिमपरस्त अफ्रिकी शान्ति सेना पठायो । केन्याली पल्टनको उद्देश्य कङ्गोको खनिज धनलाई पश्चिमा कर्पोरेसनहरूले लुटिरहँदा स्थिरता कायम गर्नु थियो ।
हाइटीमा गेरी कोनिलको अमेरिकापरस्त सत्तालाई सघाउन पनि केन्याली सेनासँग करार गरिएको थियो ।
बाइडेन सरकार केन्यालाई अमेरिकी कम्पनीको मालसामान उत्पादन गर्ने थलो बनाउन चाहन्छ । चीनमा रहेका कम्पनीलाई त्यहाँ सार्न चाहन्छ र केन्याको बन्दरगाहमाथिको नियन्त्रण लम्ब्याउन चाहन्छ । त्यो नियन्त्रणबाट चीनको व्यापारको घाँटी थिच्ने अमेरिकी योजना छ । (मोम्बासा र अन्य केन्याली बन्दरगाहबाट बर्सेनि ७० खर्ब डलरको व्यापार हुन्छ । केन्याका लागि अमेरिकी राजदूत मेग ह्वाइटमेन हेउलेट प्याकार्ड र इ–बे कम्पनीका पूर्वकार्यकारी प्रमुख हुन् । ह्वाइटमेन खासगरी राष्ट्रपति रुटोनिकट छन् । उनी केन्यालाई अफ्रिकाको सिलिकन भ्यालीमा फेर्ने ताकमा छन् ।)
केल्भिन क्लेन र टमी हिलफिगरलगायत अमेरिकी कम्पनीहरू केन्याको सस्तो श्रमशक्तिको दोहन गरेर नाफा लिन्छन् । केन्याभरि फैलिएका निर्यात प्रशोधन क्षेत्रमा काम गराउँदा सरकारलाई करसमेत तिर्नुपर्दैन । (सन् २०२४ को अन्त्यतिर रुटोको सरकार अमेरिकासँग व्यापार सम्झौता गर्ने मनसायमा छ । यसबाट अमेरिकी लगानीकर्ताहरूलाई सहुलियत दिने सर्तमा केन्यामा थप अमेरिकी लगानी भित्रिनेछ ।)
मान्डा खाडीमा सिम्बा शिविर राख्न दिएकोमा पनि केन्यालाई महङ्खव दिइएको छ । सिम्बा शिविर अमेरिकी ड्रोन र निगरानीतन्त्रको अखडा हो । यहीबाट उसले हिन्द महासागर, हर्न अफ अफ्रिका र लालसागरभरि नियन्त्रण गर्छ । लालसागरमा पर्ने विश्व ऊर्जा सञ्जालको सुरक्षा गर्न बाब एल–मान्डेब जलडमरु उसको लागि महङ्खवपूर्ण नाका हो ।
अगस्त ८ मा ‘द वासिङ्टन पोस्ट’ मा किथ रिचबर्गको लेख छापियो । शीर्षक थियो – ‘अमेरिका कसरी केन्या गुमाउन सक्छ ?’ यो भाषा सन् १९४० को दशकतिर अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीको हातमा ‘चीन गुमाएको’ भाष्यसँग मेल खान्छ ।
सारमा केन्या अमेरिकाको हार र जीतको वस्तु हो र अमेरिकी छत्रछायाँमा केन्या उँभो लाग्नेछ भन्ने सार थियो लेखको । वास्तविकता भने त्यो होइन ।
‘वल्र्ड सोसलिस्ट वेब साइट’ मा किप्चुम्बा ओचिएङको रिपोर्ट प्रकाशित भयो । रिपोर्टअनुसार रुटो सरकारले स्वास्थ्य सेवा तथा शिक्षा बजेट कटौती गरेको छ । रुटोले रक्षा बजेट एकाएक बढाएको छ र १ अर्ब डलर ऋण लिएर इजरायलसँग हाइटेक मिसाइल प्रतिरोधी प्रणाली खरिद गर्ने घोषणा गरेका छन् ।
वासिङ्टनको स्वीकृति लिएरै त्यो प्रणाली जडान गर्ने योजना बनेको हुनुपर्छ । त्यसले बमवर्षक विमान, हेलिकप्टर तथा क्रूज र ब्यालेस्टिक मिसाइलबाट सुरक्षा प्रदान गर्न सक्छ ।
ओचिएङले लेखे, “सोमालियाको अल–शबाब समूहबाट एडन खाडीमा सुरक्षा खतरा बढिरहेको (केन्याको राजधानी) नाइरोबीको दाबी छ । तर, अल–शबाब र यमनका हुथीहरूसँग बमवर्षक छैन । हुथीहरूसँग एउटा मात्र युद्ध विमान छ† त्यो पनि पुरानो एफ–५ मात्र ।”

गुम्दै युगान्डा
‘द वासिङटन पोस्ट’ का माथि उल्लेख लेखकले ‘युगान्डा पनि गुम्दै छ’ भनी लेख्न मिल्छ । युगान्डामा पनि केन्यामा जस्तै यो गर्मी याममा सरकारविरोधी जनलहर उर्लियो ।
आन्दोलन अमेरिकाका पुराना विश्वासपात्र योवेरी मुसेभेनीविरुद्ध लक्षित थियो । सन् १९८६ देखि उनले लगातार युगान्डाको सत्ताको बागडोर सम्हाल्दै आएका थिए ।
गत ३४ वर्षमा अमेरिकाले युगान्डामा अर्बौँ डलर वैदेशिक सहायता गरेको छ ।
यसको बदलामा नवउदारवादी अर्थनीति लागु गरेर मुसेभेनीले अमेरिकी कर्पोसेनहरूका लागि युगान्डाको ढोका खोले । उनले एन्टेब्बेमा अमेरिकालाई सैन्य अखडा राख्न दिए । अफ्रिकाभरि सैन्य र खुफिया गतिविधि गर्नका लागि अमेरिकाले त्यो अखडालाई प्रयोग गर्दै आएको छ ।
सन् १९९१ मा मुसेभेनीले अमेरिका र बेलायतपरस्त रुवान्डेली देशभक्त मोर्चा (आरपीएफ) लाई सघाए । त्यो दलका नेता पाउल कागामे नरसंहारक थिए । मुसेभेनीको हरियो झन्डा देखेरै कागामेले रुवान्डा कब्जा गरेका थिए । फ्रान्सपरस्त सरकारलाई सत्ताच्युत गर्ने षड्यन्त्रमा मुसेभेनीले साथ दिएका थिए ।
६ वर्षपछि रुवान्डा वधशालामा बदलियो । मुसेभेनीले अमेरिका र पश्चिमा कर्पोरेसनहरूको लागि लोकतान्त्रिक गणतन्त्र कङ्गोको ढोका खोल्न मद्दत गरे । यसको लागि उनले रुवान्डाको नयाँ आरपीएफ नेतृत्वको सरकारसँग मिलेर कङ्गोमाथि हमला गरेका थिए । सन् २००१ मा पनि मुसेभेनीले कङ्गोमाथि हमला गरेका थिए ।
मुसेभेनीले तेलमा धनी दक्षिणी सुडान कब्जा गरेर सुडानी जनमुक्ति सेना (एसपीएलए) लाई सघाए । यो पश्चिमाहरूको लागि वरदान भयो । पछि एसपीएलएले चीनपक्षधर उत्तरी सुडानको ओमार अल–बशिर सरकारविरुद्ध वर्षौँ लड्यो । यसरी दक्षिण सुडान स्थापना गर्ने माहोल बनाइयो । मुसेभेनीले सोमालियामा पनि अमेरिकी युद्धलाई सहयोग गरे । उनले अमेरिकापरस्त सोमालियाका लागि अफ्रिकी युनियन मिसन (एमिसोम) सँग मिलेर काम गरे । यो मिसनले सोमालियामा अनेक दुष्कर्म गरिसकेको छ ।
केन्याबाटै प्रेरित भएर हाल युगान्डामा बढ्दो असमानता र गरिबीविरुद्ध जनप्रदर्शन भएका छन् । ठुलो सङ्ख्यामा उद्योगहरू निजीकरण गरिएको हुनाले युगान्डामा असमानता र गरिबी अकासिँदै छ । युगान्डाको सरकारी खजाना विदेशी बैङ्कपतिहरूलाई कौडीको मोलमा बेचेको हुनाले पनि मुसेभेनीको विरोध चर्केको हो ।
किप्चुम्बा ओचिएङको रिपोर्टअनुसार बितेको दशकमा युगान्डाको गरिबी दर बढेको छ र अहिले ४१ प्रतिशत पुगेको छ । मुसेभेनीको सरकारले लाखौँ जनतालाई जालमा हुल्ने र मार्ने काम गरेको छ । जुलाईमा आएका विरोध प्रदर्शनलाई युगान्डाको सेनाले दबायो । एक साक्षीका अनुसार दमनको बेला युगान्डाको राजधानी काम्पाला ‘युद्ध मैदानजस्तै’ बनेको थियो ।
मुसेभेनीले भने प्रदर्शनकारीहरूले ‘विगत ६ सय वर्षदेखि दास व्यापार, उपनिवेशवाद, नवउपनिवेशवाद, जातिसंहार र आर्थिक शोषणका माध्यमबाट अफ्रिकाको आन्तरिक मामिलामा चलखेल गर्दै आएका विदेशी स्रोत’ बाट पैसा लिएको दाबी गरे । उनले भने, “यसमा संलग्न सबैले के बुझ्नुपर्छ भने युगान्डा नवउपनिवेश होइन, यहाँ त्यस्ता कुत्सित नीति लागु गर्न सकिन्न ।” (यही शैलीमा रुटोले फोर्ड फाउन्डेसनविरोध जनप्रदर्शनको निन्दा गरेका थिए । यद्यपि त्यस्तो प्रदर्शन भएको कुनै प्रमाण भेटिएको छैन ।)
मुसेभेनीले सत्य उल्ट्याएर टिप्पणी गरे । समाजवादी नेता मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएका मुसेभेनीले युगान्डालाई नवउपनिवेशमा परिणत गरे । उनले पश्चिमा गोरा शासकहरूलाई आफ्नो देशको अर्थतन्त्र लुट्न दिए र स्वदेशी भूमिमा विदेशी सैन्य अखडाहरू बनाउन दिए ।
आफ्नो राजनीतिक वंश चलाउन ७९ वर्षीय मुसेभेनीले आफ्ना छोरा महुजी काइनेरुगाबालाई तयार गर्दै छन् । लेफ्टिनेन्ट जनरल काइनेरुगाबा अमेरिकी सैन्य कमान्ड र जनरल स्टाफ कलेजका स्नातक हुन् । यो कलेज अमेरिकाको कान्ससस्थित फोर्ट लिभेनवर्थमा छ ।
यो वर्षको आरम्भमा महुजीले अमेरिकी रक्षा अधिकारी लेफ्टिनेन्ट कर्नेल क्रिस्टियन नौम्बासँग युगान्डामा भेटवार्ता गरेका थिए । बैठकमा युगान्डा र अमेरिकी सेनासँगको परम्परागत सम्बन्ध थप सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।
युगान्डामा झाँगिँदो जनअसन्तोषले बहुप्रतिक्षित राजनीतिक परिवर्तनतर्फ लग्न सक्ने अनुमान गरिएको छ । विपक्षीहरू समाजवादी, अखिल अफ्रिकावादी तथा साम्राज्यवादविरोधी शक्तिवरपर गोलबन्द हुन्छन् र सरकारसँग मिल्दैनन् भने युगान्डामा असरदार परिवर्तन सम्भव छ ।
विडम्बना ¤ युगान्डाका प्रमुख प्रतिपक्षी दलका नेता बबी वाइन लखपति ¥याप गायक हुन् । उनी खोक्रो नवउदारवादी नीतिका पक्षधर हुन् । उनको घाँटी विश्वभरि हुने सामाजिक आन्दोलनहरूमा घुसपैठ गर्ने र तिनको तेजोबध गर्ने सीआइएको संस्था नेडसँग जोडिएको छ ।
अफ्रिकामा पातलिँदै वासिङटनको प्रभाव
अफ्रिकाभरि नै अमेरिकी प्रभाव घटिरहेको बेला युगान्डा र केन्यामा अमेरिकाका साझेदारहरूविरुद्ध जनआन्दोलन सुरु भएको छ ।
दक्षिण अफ्रिका अमेरिकाको पुरानो मित्र हो । तर यो वर्ष ऊ पनि रुस र चीनसँग संयुक्त सैन्य अभ्यासमा सहभागी भयो । अर्कोतिर दक्षिण अफ्रिकाले अमेरिकाको साझेदार इजरायलविरुद्ध जातिसंहार गरेको अभियोग लगाउँदै अन्तर्राष्ट्रिय अन्दोलनमा नालिस हाल्यो ।
इथियोपिया हर्न अफ अफ्रिकामा वासिङटनको भरपर्दो सुरक्षा साझेदार हो । तर, नयाँ सरकार आएसँगै ऊ चीननजिक हुँदै छ । दशकौँ स्वेच्छाचारी शासन चलाएको अमेरिकापरस्त टिग्रे जनमुक्ति मोर्चा (टीएपीएलएफ) हटेसँगै इथियोपियामा परिवर्तन आएको छ ।
हालसालै भएको सैन्य विद्रोहीपछि नाइजरले अमेरिकी सेनालाई देशबाट खेदेको छ र आफ्नो भूमिमा राखिएको अमेरिकाको विशाल ड्रोन अखडा रूसलाई सुम्पेको छ । हालै मात्र चाडबाट पनि बलपूर्वक अमेरिकी सेना हटाइएको छ ।
जनआन्दोलनको मुखमै केन्याली राष्ट्रपतिलाई बाइडेन सरकारले किन वासिङटन डाकेको भनी पत्रकारहरूले प्रश्न गरे । जवाफमा एक अमेरिकी कूटनीतिज्ञले लामो सास तान्दै सोधे, “रुटोलाई नडाके कसलाई डाक्ने त ?”
यस्ता टिप्पणीबाट अफ्रिका महादेशमा चलेको परिवर्तनको लहर आइरहँदा अमेरिकाका विकल्पहरू पनि घटिरहेको सङ्केत मिल्छ ।

स्रोत : कोभर्ट एक्सन

अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *