जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
ललितपुर, ४ कार्तिक । नेमकिपा महालक्ष्मी ललितपुरको आयोजनामा ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकामा उल्लेखित प्यालेस्टिनीको समस्याबारे अन्तरक्रियात्मक छलफल भयो ।
नेमकिपा ललितपुरका सदस्य महन्त महर्जनले प्यालेस्टिनको गाजा क्षेत्रलगायतको युद्ध लम्बिनुमा इजरायल र संरा अमेरिका जिम्मेवार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हमासको ७ अक्टोबर २०२३ को अल अक्सा तुफानबाट सुरु भएको विनाशकारी हमास–इजरायलको द्वन्द्व असोज २१ गते एक वर्ष भयो । अन्तर्राष्ट्रवादी र मानवतावादीको लागि २१ असोज शोकको वार्षिकी हो । अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको प्रस्तावको बेवास्ता गर्दै इजरायलले प्यालेस्टिनीहरूको हत्या गर्दै गाजालाई ध्वस्त बनायो ।”
नेमकिपा महालक्ष्मीका सदस्य चन्द्रमान महर्जनले इजरायली आक्रमणको विरोधमा अमेरिकी पत्रकार स्यामुएल मेना जुनियरले शनिबार ह्वाइट हाउस बाहिर आफैलाई आगो लगाएको चर्चा गर्दै संसारभर प्यालेस्टिनी नरसंहारको विरोधमा जुलुस प्रदर्शन भइरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुरका सदस्य रूपना महर्जनले अमेरिकी थिङ्क ट्याङ्क काउन्सिल अन फेन रिलेसनका अनुसार द्वन्द्व सुरु भएदेखि संरा अमेरिकाले इजरायललाई कम्तीमा १२.५ अर्ब अमेरिकी डलर सैन्य सहायता प्रदान गर्ने विधेयक पारित गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी महालक्ष्मीका आशाराम महर्जनको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा बिकी महर्जन, एम. महर्जन र अनिष महर्जनले पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
Leave a Reply