हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
किन कोही एक क्लबमा सामेल हुन्छ ? प्रतिष्ठित क्लबमा सदस्यताले निर्विवाद लाभहरू प्रदान गर्दछ ः यो एक ठाउँ हो जहाँ तपाईँ उपयोगी परिचयहरू बनाउन सक्नुहुन्छ, साझा चासोका विषयमा विचारहरू आदानप्रदान गर्न सक्नुहुन्छ र साथी क्लब सदस्यहरूसँग रमाइलो गर्न सक्नुहुन्छ ।
ग्लोबल साउथका धेरै राष्ट्रहरू ब्रिक्समा सामेल हुन चाहनुको मुख्य कारण यो सायद एक हो । ब्रिक्सको एउटा महत्वपूर्ण विशेषता भनेको प्रवेश टिकट निःशुल्क छ र त्यहाँ कुनै सदस्यता शुल्क छैन । तपाईँले धेरै पहुँच मापदण्ड वा उच्च संस्थागत मापदण्डहरू पनि पूरा गर्नुपर्दैन† तपाईँले तपाईँको सार्वभौमसत्तामा सम्झौता गर्न वा तपाईँको राष्ट्रिय हितमा प्रश्न गर्नसक्ने भारी प्रतिबद्धताहरू गर्न अपेक्षा गरिएको छैन ।
आजको ठुलो प्रश्न यो हो कि के ब्रिक्स सदस्य राष्ट्रहरूसँग उनीहरूले २००६ मा सुरु गरेको परियोजनाका लागि उच्च महत्वाकाङ्क्षाहरू छन् ? के तिनीहरू पहिले नै राम्रोसँग स्थापित क्लब ढाँचामा खुसी छन् वा तिनीहरू समूहलाई अझ संस्थागत र सम्भावितरूपमा अझ प्रभावशालीमा सङ्गठनमा परिणत गर्ने चाहना राख्छन् ? निस्सन्देह, कसैले तर्क गर्न सक्छ कि ब्रिक्स सदस्यताको सरासर वृद्धिले समूहको विविधता, वैधता र अन्ततः यसको अन्तर्राष्ट्रिय प्रभावलाई पहिले नै वृद्धि गरेको छ । तर, मात्रात्मक वृद्धि लागतबिना आउँदैन । यसले सदस्यहरूको ठुलो समूहभित्र असहमति बढाउन सक्छ, निर्णय लिने प्रक्रियालाई अत्यन्तै जटिल बनाउन सक्छ ।
ब्रिक्सभित्र रुसको २०२४ अध्यक्षताको प्रारम्भिक नतिजाहरूबाट न्याय गर्दै यो निष्कर्षमा पुग्नु उचित हुनेछ कि समूहको महत्वाकाङ्क्षाहरू उनीहरूको क्लबमा नयाँ सदस्यहरू भर्ती गर्न जारी राख्नु मात्र होइन, एउटा सम्भावित उद्देश्य आकर्षक अन्तर्राष्ट्रिय क्लबलाई विश्वव्यापी प्रयोगशालामा परिणत गर्ने हो ।
दुईबिचको मुख्य भिन्नता भनेको क्लब सञ्चारको बारेमा हो, जबकि प्रयोगशाला विशिष्ट आउटपुटहरूको बारेमा हो । ब्रिक्स प्रयोगशालाभित्र तिनीहरूले बहुपक्षीय सहयोगका लागि नयाँ दृष्टिकोण, अवधारणा र दिशानिर्देशहरू र मोडेलहरूमा काम गर्न सक्छन् जुन पछि, अन्य अन्तर्राष्ट्रिय निकायहरूद्वारा थप विस्तृत र अनुकूलित हुन सक्छ । तिनीहरू वाञ्छनीय ‘नयाँ सामान्य’ को भागको रूपमा विश्वव्यापी स्तरमा पनि लागू गर्न सकिन्छ ।
पछिल्ला केही महिनाहरू अन्तर्राष्ट्रिय आतङ्कवादसँग लड्नेदेखि विश्वव्यापी हरित सङ्क्रमणको व्यवस्थापन गर्ने, विश्वको वित्तीय प्रणालीको सुधारदेखि विश्वव्यापी खाद्य सुरक्षा सुनिश्चित गर्ने जस्ता मुद्दाहरूमा मन्त्रीस्तरीय र अन्य उच्चस्तरीय सरकारी बैठकहरूले भरिएको छ । यी सरकारी परामर्शहरू ब्रिक्स संसद्हरू, विश्वविद्यालयहरू र थिङ्क ट्याङ्कहरू, नागरिक समाजका संस्थाहरू र सबै प्रकारका सार्वजनिक आन्दोलनहरूलाई संलग्न गराउने विभिन्न गतिविधिहरूद्वारा पूरक भएका छन् ।
ब्रिक्स शिखर सम्मेलनहरूको लागि आधारभूत चुनौती भनेको बिस्तारै सामान्य राजनीतिक कथनहरूबाट ध्यान केन्द्रित गर्ने विशेष प्रस्तावहरू र समाधानहरूमा सर्नु हो जसले विकासोन्मुख राष्ट्रहरूको आधारभूत हितहरू प्रतिबिम्बित गर्नेछ । जुन विधि लामो समयदेखि विश्वव्यापी र क्षेत्रीय शासनमा प्रस्तुत हुँदै आएको छ । अहिलेसम्म, अन्तर्राष्ट्रिय प्रणालीका लागि खेलका नियमहरू डिजाइन गर्ने विश्वव्यापी प्रयोगशालाहरूको भूमिकामा पश्चिमा नेतृत्वमा रहेका संस्था र फोरमहरूको सानो समूहको एकाधिकार लगभग रहेको छ । यो एकाधिकारले अपरिहार्यरूपमा प्रणालीभित्र गम्भीर विसङ्गतिहरू निम्त्याएको छ, निष्पक्षता र न्यायको बारेमा चिन्ता बढाएको छ, प्रणालीको दक्षतामाथि प्रश्न उठाएको छ ।
यसको अर्थ पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैङ्क वा आइएमएफ, जी–७, वा युरोपेली सङ्घले भविष्यको विश्व व्यवस्थाको नयाँ मापदण्ड, ढाँचा र विशिष्ट तत्वहरूको स्रोत हुन बन्द गर्नुपर्छ भन्ने होइन । तथापि, पश्चिम र पश्चिम–प्रभावित बहुपक्षीय संस्थाहरू सम्पूर्ण विश्वका लागि नयाँ मापदण्डहरूको एक मात्र स्रोत बन्नुहुँदैन । ब्रिक्स, एससीओ, बीआरआई, आसियान र अन्य गैर–पश्चिमी समूहहरू र पहलहरूसँग मिलेर, ग्यालेरीमा बस्नुको सट्टा आफ्नो आँखा अगाडि देखापरेको अन्तर्राष्ट्रिय प्रणालीको रूपान्तरणलाई मात्र अवलोकन गर्दै मञ्च लिनुपर्छ र कलाकारहरूको हिस्सा बन्नुपर्दछ ।
ब्रिक्सलाई ग्लोबल क्लबबाट ग्लोबल ल्याबमा रूपान्तरण गर्न महत्वपूर्ण राजनीतिक प्रतिबद्धता, लगनशीलता र सहनशीलता चाहिन्छ । एउटै शिखर सम्मेलन, जति महत्वपूर्ण छ, पर्याप्त हुँदैन । जे होस्, कजानको बैठक स्पष्टरूपमा प्राप्त गर्न सकिने धेरै महत्वाकाङ्क्षी, लक्ष्यतर्फ महत्वपूर्ण कदम हुनसक्छ ।
(लेखक रुसी अन्तर्राष्ट्रिय मामिला परिषद्का शैक्षिक निर्देशक हुनुहुन्छ ।)
अनुवाद : प्रकाश
Leave a Reply