भर्खरै :

कृपा प्रजापतिलाई दोस्रो किस्ताको बीउ पुँजी हस्तान्तरण

कृपा प्रजापतिलाई दोस्रो किस्ताको बीउ पुँजी हस्तान्तरण

भक्तपुर, १३ असोज । विश्वविद्यालय अनुदान आयोग (UGC) को उद्यमशीलता सहयोग कार्यक्रम (ESP) अन्तर्गत बीउ पुँजी प्राप्त गरेको Kytso Crafted Jewelry का स्टार्टअप सञ्चालक तथा वागीश्वरी कलेजमा एमए समाजशास्त्रमा अध्ययनरत विद्यार्थी कृपा प्रजापतिलाई दोस्रो किस्ताको बीउ पुँजी हस्तान्तरण गरिएको छ ।
प्रमुख अतिथि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले ज्ञानसँगै सीप र सीपसँगै पुँजीको पनि आवश्यकता पर्ने बताउँदै वागीश्वरी कलेजले विद्यार्थीलाई उद्यम सुरु गर्न आवश्यक पुँजीसमेत उपलब्ध गराउँदै आएको बताउनुभयो । स्टार्टअप कृपा प्रजापतिलाई ७ लाख २३ हजार रूपैयाँको चेक हस्तान्तरण गर्दै थप प्रगतिको कामनाका साथ बधाई दिनुभयो ।
कार्यक्रमका सभापति वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेजमा उद्यमशीलता प्रवद्र्धनका थप कार्यक्रमहरू सञ्चालन हुनेबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका मानविकी सङ्कायका विभागीय प्रमुख राजन फेलु, शिक्षिका अबिना श्रेष्ठ, बीउ पुँजी विजेताद्वय Handmade Wonders की संस्थापक निष्ठा कायस्थ र Kytso Crafted Jewelry का स्टार्टअप सञ्चालक कृपा प्रजापतिले पनि बोल्नुभएको थियो ।
यूजीसीको उक्त कार्यक्रमअन्तर्गत व्यावसायिक आइडियाको पिचिङ र त्यसपछि वित्तीय वार्ता (Financial Negotiation) को चरण पार गरेर दुई आइडिया छनोट भएका थिए । लामो प्रक्रियापछि दुवै आइडियाले यूजीसीबाट बीउ पुँजी प्राप्त गर्न सफल भएका हुन् । जसअनुसार कृपा प्रजापतिले कुल २४ लाख १० हजार रूपैयाँ बीउ पुँजी प्राप्त गरेकी छिन् भने निष्ठा कायष्ठले रु. ३१ लाख ५० हजार रूपैयाँ बराबरको ESP सिड फन्ड (Seed Fund) समेत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *