जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, ७ माघ । एमालेका कार्यकर्ताहरूले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को तस्विर जलाएर गरिएको अराजनीतिक र अराजक हर्कतको भत्र्सना गर्दै नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिले आइतबार मध्यपुरमा विरोध जुलुस तथा भत्र्सना सभा ग¥यो ।
महेश बस्नेतको नेतृत्वमा रहेको शुक्रबार एमालेका केही उच्छृङ्खल समूहले मध्यपुरको बहाखा बजारमा गरेको अराजनीतिक गतिविधिप्रति आक्रोश पोख्दै युवा–विद्यार्थीले त्यस्ता गलत हर्कत नदोहो¥याउन चेतावनी दिएका छन् । विरोध जुलुसमा प्रदर्शनकारीले गुण्डा नाइके होशियार !, गुण्डाराज चल्दैन !, सीमा अतिक्रमण बन्द गर ! जस्ता नारा लगाएका थिए ।
मध्यपुरको नगरपालिका चोकबाट सुरू भएको विरोध जुलुस बहाखा बजारमा कोणसभा गरेर बालकुमारी हुँदै नयाँ ठिमीको शङ्खधर चोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेपाल क्रान्तिकारी युवा सङ्घका जिल्ला अध्यक्ष मिनबहादुर बाटाले भारतीय विस्तारवादले सिमाना मिच्दा चुप लागेर बस्ने र महकाली नदी भारतलाई बेचेर देशघात गर्ने पार्टी र त्यसका कार्यकर्ताले नेमकिपामाथि हिलोछ्याप्नु लज्जास्पद रहेको बताउनुभयो । उहाँले नक्कली कम्युनिष्टहरूका भरौटे, गुण्डा र तस्करहरूले नेमकिपालाई कमजोर सोचे त्यसको मूल्य चुकाउनुपर्नेछ भन्नुभयो ।
नेक्राविसङ्घ भक्तपुरका अध्यक्ष रमेश प्रजापतिले महेश बस्नेतलगायत एमालेका गुण्डाहरू जग्गा दलालहरूसँग मिलेर राजधानी भक्तपुरमा राख्ने आन्दोलन गरिरहेकोले जनता सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ मध्यपुरका सुरेन्द्र था श्रेष्ठ, नेक्राविसङ्घका अम्बर दलीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply