भर्खरै :

रूसमा सेना नपठाएको प्रजग कोरियाको स्पष्टोक्ति

रूसमा सेना नपठाएको प्रजग कोरियाको स्पष्टोक्ति

संयुक्त राष्ट्रसङ्घ, ६ कार्तिक (एएफपी) । प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरीयाली प्रतिनिधि किम सङले सियोलको दाबी आधारहीन भएको स्पष्ट गर्नुभएको छ ।
सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रूसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा एक हजार ५०० सेना रूसमा प्रशिक्षण गराइरहेको जनाएको थियो ।
उहाँले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधिमण्डलले प्रतिक्रिया दिन आवश्यक महसुस नगरेको संयुक्त राष्ट्रसङ्घीय महासभा समितिको बैठकमा बताउनुभएको छ ।
सियोलको दाबी प्रजग कोरियाको छवि बिगार्ने तथा सार्वभौम राज्यहरूबिचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्यले गरिएकोसमेत उहाँले बैठकमा उल्लेख गर्नुभएको छ ।
विश्वयुद्धपछि प्रजग कोरियाको स्थापना भएदेखि नै प्योङयाङ र मस्को सहयोगी रहँदै आएको र सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समयदेखि किम जोङ–अनले रूसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन् ।
प्रजग कोरियाले भने उक्त सैन्य तैनाथीबारे कुनै टिप्पणी गरेको छैन भने रूसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन ।
यद्यपी नेटो र अमेरिकाले पनि सेना तैनाथीको पुष्टि गरेका छैनन्, तर दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन् ।
दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सरकारी स्रोतलाई उद्धृत गर्दै सियोलले युक्रेनमा तैनाथ प्रजग (उत्तर) कोरियाली सेनाको निगरानी गर्न कर्मचारीहको टोली पठाउने तयारी गरिरहेको जनाएको छ । योन्हापले रूस समर्थक टेलिग्राममा युक्रेनी भूमिमा रूसी र उत्तर कोरियाली झण्डा देखाउँदै फोटो पोस्ट गरेकोसमेत रिपोर्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *