भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता

पेइचिङ, २३ अक्टोबर (सीआरआई) । स्थानीय समयअनुसार अक्टोबर २२ का दिन दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच कजानमा अवस्थित क्रेमलिन दरबारमा भेटवार्ता भएको छ ।
सो अवसरमा राष्ट्राध्यक्ष सीले भन्नुभयो, “यो वर्ष तपाईँसँग मेरो यो तेस्रो भेट हो । यसै महिनाको सुरुमा मैले चीन र रुसबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाउन राष्ट्रपतिसँग बधाई सन्देश आदानप्रदान गरेको थिएँ । चीन र रुसले आफूले यात्रा गरेको बाटोलाई फर्केर हेर्दा ‘असंलग्न, द्वन्द्वरहित र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने’ छिमेकीसँग घुलमिल हुने सही बाटो रोजेका छौँ । नयाँ युगको सुरुवातदेखि नै हामी दुवै पक्षले विभिन्न क्षेत्रमा व्यापक रणनीतिक सहकार्य तथा व्यावहारिक सहयोगलाई गहन र विस्तार गर्दै, दुई देशको विकास, पुनरुत्थान र आधुनिकीकरणमा बलियो गति प्रदान गरेका छौँ । साथै चिनियाँ र रूसी जनताको हित कल्याण बढाउन र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न महत्वपूर्ण योगदान पु¥याएका छौँ । मलाई विश्वास छ कि चीन र रुसबिच पुस्तौँदेखि रहिरहेको गहिरो मित्रता परिवर्तन हुने छैन र विश्वलाई सहयोग गर्ने र जनताको सेवा गर्ने ठुला देशहरूको जिम्मेवारी पनि परिवर्तन हुने छैन ।
ब्रिक्स सहयोग संयन्त्र वर्तमान विश्वका उदीयमान बजारमूलक देशहरू र विकासोन्मुख देशहरूबिच ऐक्यबद्धता र सहयोगका लागि सबैभन्दा महत्वपूर्ण मञ्च भएको बताउँदै राष्ट्राध्यक्ष सीले समान, सुव्यवस्थित, बहुध्रुवीय, समावेशी आर्थिक विश्वव्यापीकरणको प्राप्तिलाई बढाउनको लागि एक स्तम्भ शक्ति पनि चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, “म ब्रिक्स सहयोग संयन्त्रको भविष्यको विकासको बारेमा राष्ट्रपति ज्यूसमेत अन्य मुलुकका नेताहरूसँग गहन छलफलको अपेक्षा गर्दछु । सबै पक्षहरूबिच सहमति निर्माण गर्न, ऐक्यबद्धता र सहयोगको सकारात्मक सङ्केत पठाउन, ब्रिक्स देशहरूबिच विभिन्न क्षेत्रमा रणनीतिक र व्यावहारिक सहयोगलाई अगाडि बढाउन, ग्लोबल साउथका लागि थप नयाँ अवसरहरू खोज्ने प्रयास गर्नुका साथै मानव जातिको संयुक्त भाग्य समुदाय निर्माण गर्न ठुलो योगदान दिने आशा पनि गरेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *