भर्खरै :

अराजनीतिक क्रियाकलापको विरोध गर्नैपर्छ

लोकतान्त्रिक  व्यवस्थामा हरेक नागरिक वा पार्टीका नेताहरूलाई देश र जनताको सवालमा आफ्नो स्वतन्त्र विचार राख्ने अधिकार हुन्छ । यसलाई आत्मसात गर्ने, नगर्ने ग्रहणकर्तामा भरपर्दछ । प्रदेश राजधानीको विषयमा पनि आ–आफ्नो विचार राख्ने अधिकार सबै नेपालीको छ । सबैको विचारलाई सम्मान गर्नु र पक्ष–विपक्षको विचारको कदर गर्ने पद्धति नै लोकतन्त्र हो ।  लोकतान्त्रिक  व्यवस्थामा हरेक नागरिक वा पार्टीका नेताहरूलाई देश र जनताको सवालमा आफ्नो स्वतन्त्र विचार राख्ने अधिकार हुन्छ । यसलाई आत्मसात गर्ने, नगर्ने ग्रहणकर्तामा भरपर्दछ । प्रदेश राजधानीको विषयमा पनि आ–आफ्नो विचार राख्ने अधिकार सबै नेपालीको छ । सबैको विचारलाई सम्मान गर्नु र पक्ष–विपक्षको विचारको कदर गर्ने पद्धति नै लोकतन्त्र हो ।
सन्दर्भ माघ ५ गते भक्तपुरको मध्यपुर थिमी बाहाखा बजारमा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य महेश बस्नेतको नेतृत्वमा प्रदेशको राजधानी भक्तपुर नबनाएकोले जुलुस प्रदर्शन गरियो । उक्त प्रदर्शनको कममा प्र.म. शेरबहादुर देउवा, स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री कमल थापासँगै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)को तस्विर जलाएर अराजकता प्रदर्शन गरियो ।
हो, सरकारले देशघाती सन्धि सम्झौता गर्दा र आम जनताको अहितमा विधेयकहरू पारित गर्दा त्यस्ता सरकारको विरोधमा देशभक्त तथा न्यायप्रेमी जनताले पुतला दहन गर्छन् । यस्ता कार्यक्रमहरू सरकारलाई खबरदारी र आमजनतालाई सचेत र सजग बनाउन गरिन्छ । तर पार्टी स्थापनाकालदेखि देश र जनताको पक्षमा सदैव बोल्दै आएको र देश र जनताको अहितमा भएका महाकाली सन्धि, गण्डक सम्झौता, कोशी सम्झौता, बिप्पा सन्धि, नागरिकता विधेयक, एक प्रदेश एक मधेस र भारतले नेपालको सुस्ता लगायत ७१ स्थानमा करीब ६० हजार हेक्टरभन्दा बढी जमिन मिचेको नेपाली भूमि डुवानमा पर्ने गरी बनाएको तटबन्ध, बाँधलगायत भारतले गरेको नाकाबन्दीको एउटै पार्टीले भए पनि सदन र सडकमा नारा, जुलुस र सभा गरी जनतालाई सचेत र सजग गर्ने पार्टीको नेताको तस्विर जलाउनु कति न्यायिक छ ?
देशका नेता, कार्यकर्ताहरू राम्रो भएमा देश सप्रिन्छ र खराब भएमा देश बिग्रिन्छ । अतः यस्ता अराजनीतिक तथा उच्छृङ्खल क्रियाकलापहरूको दशभक्त न्यायप्रेमी तथा विवेकशील नेपाली जनताले विरोध गर्नैपर्छ ।
–तुल्सी ग्वाछा

Leave a Reply

Your email address will not be published. Required fields are marked *