रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
अक्टोबर १५ मा मङ्गलबारको दिन फिलिपिन्समा अत्यन्त ठुलो सैन्य अभ्यास सुरु भयो । अभ्यासको नाम हो कामान्दाङ । यो अभ्यास अक्टोबर २५ सम्म जारी रहनेछ । यसमा संरा अमेरिका, फिलिपिन्स, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र बेलायतका २३ सय सैनिकले भाग लिँदै छन् ।
कामान्दाङसँगै फिलिपिन्सकै उत्तरी भेगमा पर्ने लुजोङ टापुमा अलग्गै जलसैन्य अभ्यास भइरहेको छ । यसमा मार हान्ने अभ्यास, पानीबाट जमिनमा अवतरण, सम्भावित रासायनिक र जैविक युद्धकलाको तालिम गरिनेछ । यी अभ्यास ताइवान जलडमरुतिर फर्केका क्षेत्रहरू बुर्गोस, इलोकोस नोर्ते, बास्को र इत्बायातमा गरिँदै छ ।
संरा अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बढाइरहेको छ । यी गतिविधिमा निम्न कुरा पर्छन् :
१. विमानवाहक, बमवर्षक र पनडुब्बीको तैनाथी बढाउने,
२. मध्यम दूरीको मिसाइल प्रक्षेपक प्रणाली ‘ताइफुन’ तैनाथ गर्ने,
३. नयाँ रक्षा सम्झौताअन्तर्गत फिलिपिन्समा सैन्य अखडाको सङ्ख्या बढाएर पाँचबाट नौ पु¥याउने ।
संरा अमेरिकाले दक्षिण कोरिया र जापानसँग पनि संयुक्त सैन्य अभ्यास गरिरहेको छ ।
त्रिपक्षीय सैन्य गठबन्धन औकस (अस्ट्रेलिया, बेलायत र संरा अमेरिका) ले जापानलाई पनि सैन्य अभ्यासमा ल्याउँदै छ । यसले आफ्नो क्षेत्रीय सैन्य रणनीतिहरूमा नेटो गठबन्धनको संलग्नता पनि बढाइरहेको छ । उत्तर कोरिया र चीनले यस घटनाक्रमलाई नजिकबाट नियाल्दै छन् र संरा अमेरिकाले नेटोको एसियाली संस्करण जन्माउन खोजिरहेको आरोप लगाउँदै छन् ।
जापानका नवनिर्वाचित प्रधानमन्त्री शिगेरु इशिबाले हालै मात्र नेटोको उदाहरण दिँदै ‘सामूहिक आत्मरक्षा प्रणाली’ को निर्माण ‘अपरिहार्य’ बन्न गएको बताए ।
संरा अमेरिकाले चीनसँग सम्भावित युद्धको तयारी तीव्र पार्दै छ ।
एड्मिरल लिसा फ्रेङकेटी अमेरिकी जलसेना प्रमुख हुन् । गत सेप्टेम्बर १८ मा उनले चीनसँगको द्वन्द्वका लागि संरा अमेरिका सन् २०२७ सम्ममा तम्तयार हुने खुलासा गरिन् । यो पहलले पेइचिङसँग युद्ध थाल्ने अमेरिकी सेनाको आक्रामक सोच उजागर गर्छ ।
(एमआर अनलाइनबाट ।)
Leave a Reply