जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

भक्तपुर, १२ कार्तिक । प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा भएको ‘समाज परिवर्तनको लागि साहित्य’ भन्ने मूल उद्देश्यका साथ ११५ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा प्रथम हुन सफल महेन्द्र विद्याश्रमका मानसि बोहरा, दोस्रो हुन सफल नेपा ह्युपा खलःका सिल्भिया प्रजापति, तृतीय हुन सफल वागीश्वरी माविका निशा थापा र सान्त्वना स्थान हासिल लिशा इ. स्कूलका श्रीजल त्यातजुलाई नगदसहित पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले साहित्य लेखन समाज परिवर्तन र व्यक्तित्व विकासको लागि अपरिहार्य भएको बताउनुभयो । उहाँले जनताको साहित्य लेख्दा जनताले बुझ्ने सरल भाषामा साहित्य सिर्जन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरू मेहनती, परिश्रम र अध्ययनशील हुनुपर्ने बताउनुभयो ।
सिङ्गो भक्तपुरलाई सक्रिय बनाउन भक्तपुर नपाले विविध गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै उहाँले साहित्य जनता र समाजको पक्षमा लेखिनुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले साहित्यमा देशभक्ति र क्रान्तिकारी भावना हुनुपर्नेमा जोड दिँदै विद्यार्थीको बौद्धिक विकास गर्न प्रतियोगितालाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् प्रगति पुस्तकालयका अध्यक्ष रवीन्द्रप्रसाद कुसीले प्रतियोगितामा ३२ जना विद्यार्थीहरूले भाग लिएको अवगत गराउँदै विद्यार्थीहरूमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रले कविता प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
निर्णायकको तर्फबाट कवि हरिहर तिमिल्सिनाले प्रतियोगिताबारे समग्र मूल्याङ्कन गर्दै विद्यार्थीहरूको साहित्य सिर्जनाबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगर शिक्षा शाखाका साधुराम फुयाँल, कवयित्री रुपकेसरी उलक, प्रगति पुस्तकालयका पूर्वअध्यक्ष काशिलाल प्रजापति, नेमकिपाका स्थानीय प्रतिनिधि मिलन गणेजु र पुस्तकालयका सवीन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले निर्णायकहरू हरिहर तिमिल्सिना, रूपकेशरी उलक र विष्णुगोपाल कुसीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
Leave a Reply