भर्खरै :

तिहार बजारको लागि सम्पूर्ण तयारी पूरा

तिहार बजारको लागि सम्पूर्ण तयारी पूरा

भक्तपुर, १२ कार्तिक । भनपा वडा नं ५ ले तिहारको लागि आवश्यक फलफूल, तरकारी तथा अन्य पूजासामानको बेचबिखन र किनमेलको लागि तरकारी बजार परिसरमा विगत दुई वर्षदेखि व्यवस्थित गर्दै आएको हो ।

सो स्थानमा शुपथमूल्य र थोक मूल्यमा तरकारीको बेचबिखनको लागि भक्तपुर नगरपालिकाले तरकारी बजारकै लागि भनेर थप निर्माण कार्यहरु पनि भदौ महिनामै सम्पन्न समेत गरिसकेको अवस्थामा विगतभन्दा यस पालिको तिहार बजार अझ व्यवस्थित हुने आशा जनप्रतिनिधि नारायणप्रसाद त्वानाबासुले ‘मजदुर’ संवादातालाई बताउनुभयो ।
जनप्रतिनिधि त्वानाबासुले तरकारी बजारको स्थाई स्टलहरु ४० वटा र अन्य अस्थाई भूइ पसलका लागि तयार गरिएका स्टल गरेर जम्मा जम्मी १५० वटा स्टलहरुमा मध्य सबै बुकिङ्ग भइसकेको र केहि फलफूलको बेचविखन समेत आज १२ गते बाटै शुरु भैसकेको बताउनु भयो । सो तिहार बजार परिसरमा शौचालय र पार्किङ्गको समेत सहुलियत भएकोले ग्राहक महानुभावहरुलाई किनमेल गर्न सहज हुने समेत जनप्रतिनिधि त्वानाबासुले बताउनुभयो ।
वडा नं ५ ले जुन उद्देश्यले तिहार बजारको ब्यबस्था गरेको थियो सोअनुसार परिणाम आएन–आएको बारे जिज्ञासा राख्दा वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेले भक्तपुर नगरको पुरानो चोक बजारमा तिहार र अन्य पर्वहरुमा अचाक्ली भीडभाड हुने र त्यसमाथि आन्तरिक र वाह्य पर्यटकहरुको पनि त्यतिकै भीडहुने समयमै बाटा र चोकमै असहज र अब्यस्थिथ रुपमा भूइपसलहरु थाप्दा बजार र सम्पदा चोकहरु अत्यन्तै अव्यस्थित र वाटामा हिड्ने बटुवाहरुलाई त्यतिकै सास्ती हुने भएकाले भिन्न तर नजिकको स्थानमै बजारको ब्यबस्था गर्नुपरको बताउनुभयो । साथै वहांले दुइचार पैसा आम्दानी होला भनी पसल थाप्ने ब्यबसायीलाई बिभिन्न टिम र ल्कबका नाउमा पैसा असुली गर्ने अनधिकृत ब्यक्ति र समुहको विगबिगीलाई निरुत्साह गर्न पनि भिन्न तिहार बजारको ब्यबस्था गर्नुपर्ने बताउनु भयो । विगत दुईबर्ष को अनुभवले वडाको उद्देश्य अनुसार प्रतिफल आएको समेत बताउनु भयो । सबै नगरबासीलाई १४ गतेदेखि बजारमा भ्रमण गर्न र किनमेल गर्न आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *