भर्खरै :

ख्वप तिलगङ्गा आँखा अस्पतालमा आँखा उपचार तालिम

ख्वप तिलगङ्गा आँखा अस्पतालमा आँखा उपचार तालिम

भक्तपुर, १४ कार्तिक । नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको आयोजना तथा ‘केयर ब्लाइन्डनेस’ परियोजनाको आर्थिक सहयोगमा भक्तपुर जिल्लाका चारैवटा नगरपालिकाअन्तर्गतका स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूका लागि दुईदिने आधारभूत आँखा उपचार तालिम सफलताका साथ सम्पन्न भयो ।
कार्तिक १३ र १४ गते ख्वप तिलगङ्गा अाँखा अस्पतालमा सञ्चालन भएको तालिममा ख्वप तिलगङ्गा आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. सुदीप राजभण्डारी, ‘केयर ब्लाइन्डनेस’का परियोजना अधिकृत हस्त राई, वरिष्ठ नेत्र सहायक कृजन सुवाल, सृजना डीसी र आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले प्रशिक्षकको रूपमा तालिम दिनुभएको थियो ।
आँखाका असामान्य अवस्थाहरू, आँखाका सामान्य रोगहरू, दृष्टि र दृष्टि परीक्षण गर्ने तरिका ,चस्मा लाउने अवस्थालगायत विषयमा तालिम सञ्चालन भएको थियो ।
तालिमको समापन कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *