युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
भक्तपुर, १४ कार्तिक । नेपालीहरूको दोस्रो महान् चाड तिहार र नेपाल संवत् ११४५ तथा छठको अवसरमा वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा शुभकामना तथा नवागन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम बुधबार कमलविनायक र च्याम्हासिंहमा छुट्टाछुट्टै सम्पन्न भयो ।
कमलविनायकमा भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यलाई साकार पार्न भक्तपुर नगरपालिकाले हरेक विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न शैक्षिक एवं अतिरिक्त क्रियाकलापलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता यसको एउटा उदाहरण हो”, उहाँले भन्नुभयो ।
विश्वविद्यालय अनुदान आयोगबाट वागीश्वरी कलेजले छिटोभन्दा छिटो गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले जनताको सेवा गर्ने अवसरलाई अझ बृहत्तर रूपमा अगाडि बढाउन नेपाल सरकारले ख्वप विश्वविद्यालयको विधेयक चाँडो संसद्मा पेस गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको ७७ वटै जिल्लाका विद्यार्थीहरू भक्तपुरमा अध्ययनरत रहेको जानकारी दिँदै उहाँले जनतालाई सस्तो र गुणस्तरीय शिक्षा दिनको निम्ति भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेपालीहरू तिहार मनाइरहँदा विश्वमा अमेरिकी साम्राज्यवादको आडमा इजरायली फासीवादले प्यालेस्टिनी विद्यार्थीहरूमाथि भइरहेको निर्मम नरसंहारविरूद्ध प्यालेस्टिनी जनताको पक्षमा नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाउन आवश्यक छ भन्नुभयो ।
विद्यालय तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जनताको ऋणमोचन गरिदिने शंखधर साख्वको जनस्रुति सम्झँदै देशलाई ऋणमा डुबाउने देशद्रोहीहरूबाट देशलाई बचाउन आज पनि नव शंखधर साख्वाको आवश्यकता छ भन्नुभयो ।
उहाँले विदेशी भूमिको बालुवामा सुन फलाउन नेपाली युवाहरूको पसिना प्रयोग भएकोमा वैदेशिक नीतिप्रति विरोध गर्दै नेपाली उर्वरभूमिमा सुन फलाउन नेपाली युवाको पसिना आवश्यक रहेको बताउनुभयो ।
उहाँले तिहारलाई सभ्य, भव्य र सुसंस्कृतरूपमा मनाउन पटाकामुक्त र जुवातासमुक्त बनाउनु आवश्यक छ भन्नुभयो ।
विद्यार्थी राज कुस्माको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, विद्यार्थीहरू अनुभव आचार्य, मनोज कुटुवा, रेश्मा श्रेष्ठ र अनुषा प्याठ, दिपिका अधिकारी र प्रकाश रोकायाले पनि बोल्नुभएको थियो ।
विद्यार्थी हित समिति वागीश्वरी एकाइ समितिद्वारा च्याह्मासिमा आयोजित अर्को कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा ९ नं वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले विभिन्न चाड र संवत्को उल्लेख गर्दै तिहार प्रकृति र वातावरणसापेक्ष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूले आजैदेखि यसरी कार्यक्रम सञ्चालन गर्दै जानुभयो भने पछि अन्य विद्यार्थीहरूले पनि सिक्नेछन् ।”
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तिहार पाँच दिन मनाएजस्तै हाम्रो शिक्षाको पनि विद्यालयदेखि उच्च शिक्षासम्म पाँचओटै चरण रहेको बताउनुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले पछिल्लो समयमा आफूले पढेका किताबको चर्चा गर्दै तिहारको बिदामा विद्यार्थीहरूले किताब पढ्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले दसैँबिदा अघि नै गर्ने भनिएको शुभकामना आदानप्रदान कार्यक्रम देशव्यापी बाढीपहिरोका कारण रोकिएको कुरा स्मरण गराउँदै कार्यक्रम सफल पार्न सक्रिय विद्यार्थी हित समितिलाई धन्यवाद दिनुभयो ।
विद्यालयका सहायक प्रअ उकेश सुवालले पढाइ आफ्नो समाज र संस्कारी बन्नका लागि हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिलन सुवालले शिक्षा संविधानमा निःशुल्क भनिए पनि त्यो व्यवहारमा लागू नभएकोले आफूहरूले ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
ममता थापा र अभिनव फुयालले पनि बोल्नुभएको सो कार्यक्रममा सहजीकरण शिक्षकद्वय नवीन्द्रलाल कर्माचार्य र अर्चना सुवालले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत रेयुस गाइजु, धन्यवाद ज्ञापन जेनिसा विश्वकर्मा र कार्यक्रमको समापन विद्यार्थी हित समितिका सभापति सुवान सुवालले गर्नुभएको थियो । विद्यार्थीहरूले नृत्य, गायन, नाटक र धुन प्रस्तुत गरेका थिए ।
Leave a Reply