बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, १५ कार्तिक । नेपाल संवत् ११४५ को नव वर्षको अवसरमा शुक्रबार नेपालभाषा साहित्य तःमुंज्या, चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजले छुट्टाछुट्टै शुभकामना ¥याली गर्ने भएका छन् । नेपालभाषा साहित्य तःमुंज्याले भक्तपुर नगरको सूर्यमढी र टौमढीबाट छुट्टाछुट्टै जुलुसको कार्यक्रम तय गरेको छ । सूर्यमढीबाट सुरू हुने ¥यालीमा वडा नं. ६ देखि १० सम्म र टौमढीबाट सुरू हुने ¥यालीमा वडा नं. १ देखि ५ सम्मका मजदुर किसान, विद्यार्थी, युवा, महिला, शिक्षक, कर्मचारी, कलाकार, साहित्यकार, व्यापारी, व्यवसायी तथा विभिन्न समुदाय र सङ्घ–संस्थाका वाद्य टोलीहरू सहभागी हुनेछन् । ¥याली बजार परिक्रमा पछि खौमामा पुगी सभामा परिणत हुनेछ । सभा हुनुअघि जहानियाँ राणा शासनविरोधी, शिक्षाप्रेमी एवं समाजसेवी मास्टर जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पण गरिनेछ ।
त्यस्तै चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा हुने एउटा ¥याली छालिङको भाजु भैरवबाट र अर्को ¥याली चानपा २ को कालीघाटबाट सुरू हुनेछ । भाजु भैरवबाट सुरु हुने ¥याली झौखेलको लाकिला र कालीघाट सुरू हुने ¥याली चानपा २ को नंखेलमा पुगी समापन हुनेछ ।
त्यस्तै कार्तिक १७ गतेको न्हुँदको शुभकामना ¥याली मध्यपुर नगदेशको न्यागा टोलबाट सुरू हुनेछ । सोही दिन बोडेको लाय्कुमा २६ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुनेछ ।
सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा हुने ¥याली कार्तिक १७ गते सिकारीटार गणेश मन्दिर परिसरबाट सुरू भई सूनपाको चित्रपुरमा र सिपाडोल बिबिचबाट सुरू हुने ¥याली नंखेल महादेव स्थानमा पुगी समापन हुनेछ ।
प्रगति युवा समाज ताथलीमा हुने शुभकामना ¥याली पनि कार्तिक १७ गते हुनेछ । उक्त ¥याली सौडोल चोकको गचाबाट सुरू भई फैढोकामा पुगी समापन हुनेछ । उक्त ¥यालीमा आ–आफ्नो स्थानबाट सम्बन्धित सबैलाई उपस्थितिको लागि आयोजकले अपिल गरेको छ ।
यी आयोजकहरूले नयाँ वर्षसँगै महँगी, भ्रष्टाचार, पक्षपातको विरोधमा तथा देश र जनताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । देशघाती एमसीसी सम्झौता खारेज गर्न, कालाबजारी, तस्कर र भ्रष्टाचारीहरूलाई कारबाही गर्न, खानेपानीको व्यवस्था गर्न, भूकम्प पीडितलाई दिइने अनुदान र सहुलियत उपलब्ध गराउन, पहिरो र डुबान पीडितलाई क्षतिपूर्ति र पुनर्बासको व्यवस्था गर्न, भारतीय विस्तारवादले अतिक्रमण गरेको नेपाली भूमि अविलम्ब फिर्ता गर्न, सहकारी ठगीलाई कारबाही गरी बचतकर्ताहरूको रकम फिर्ता गर्ने जस्ता देश र जनताका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
Leave a Reply