बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, १५ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, विद्यालयका विद्यार्थीहरू र स्थानीय जनताको उत्साहजनक सहभागितामा भनपा १ स्थित भाजुपोखरी र भाजुपोखरीको डिलको सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्याम्पससँगै रहेको भाजुपोखरीको दक्षिणतिरको डिल खोल्ने विषयमा त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूसँग पटकपटक छलफल भइसकेको बताउँदै भक्तपुर क्याम्पस र भाजु पुखुको सौन्दर्यकरणको लागि भनपाले सरसफाइ अभियान सञ्चालन गरेको बताउनुभयो ।
भक्तपुर नगरलाई स्वच्छ, सुन्दर ऐतिहासिक पर्यटकीय नगरको रूपमा विकास गर्न २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरूको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउँदै सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त राख्न सांस्कृतिक सम्पदाहरू जगेर्ना गर्ने कार्य गर्दै आएको तथा नयाँ पुस्तालाई सम्पदा संरक्षण र त्यसको महत्वबारे जनचेतना जगाउन कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यक्रममा पोखरीलगायत विभिन्न सम्पदाहरूको संरक्षणसम्बन्धी विषयवस्तु समावेश गरिएको बताउनुभयो ।
उहाँले नेपाल भ्रमण गर्ने करिब २५ प्रतिशत विदेशीहरूले भक्तपुरको अवलोकन गर्न आइरहेको बताउँदै ८०० वर्ष पुरानो भाजुपोखरीको संरक्षणपश्चात् यसको अवलोकन गर्न स्वदेशी र विदेशी पर्यटकहरूको चाप बढिरहेकोमा पोखरीको चारैतिरको डील खोलीसकेपछि अझ बढी सहज हुने बताउनुभयो ।
भक्तपुर नपा उपप्रमुख रजनी जोशील भनपाले गरिरहेको सरसफाइ अभियान कुनै व्यक्ति विशेष कार्य नभई समाज र समुदायकै हितमा केन्द्रित हुनुपर्ने बताउँदै नगर संरक्षणमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको ऐक्यबद्धताकोे आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाले गरिरहेको सम्पदा संरक्षण देशैभरीका आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि सहज भइरहेको चर्चा गर्दै भाजुपोखरीको डिल खोल्दा कुनै व्यक्ति विशेष र संस्थालाई होइन जनताको हित हुने चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाले गरिरहेको भाजुपोखरी संरक्षणको लागि नियमित सरसफाइ गरिरहेको बताउँदै सम्पदा संरक्षणको महत्वबारे चर्चा गर्नुभयो ।
Leave a Reply