सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
कार्तिक १७ गते भक्तपुर क्याम्पसमा भूपू प्रमको आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । कार्यक्रममा भक्तपुरका बारका अध्यक्षको फेसबुकमा दसैँ, तिहार मनाउने र भक्तपुर क्याम्पसले ओगटेको भाजु पोखरीको डिल खोलेको बारे जोडेर दुर्लभलाई मन्त्री नदिएको गुनासोसहित जनतालाई भ्रम पार्ने गरी थुतुनो चलाएको देख्दा म अचम्म भएँ ।
भक्तपुरमा चाडपर्व मनाउने क्रममा केही अलमल भएमा नवदुर्गा भवानी र तलेजु भवानीले जुनबेला मनाउँछ त्यतिबेला मनाउने चलन छ । त्यही चलनअनुसार भक्तपुरका जनतालाई अलमल नहोस् भनेर भक्तपुर नगरपालिकाले तलेजु र नवदुर्गाका जोशी र आचाजुको निर्णयअनुसार एकरूपता ल्याउने गरी सहजीकरण गरेको थियो । दसैँमा पनि सोहीअनुसार भक्तपुरका जनताले चाडपर्व मनाए । त्यहीँ विषयलाई लिएर क्यालेन्डरको तिथिमितिलाई बङ्ग्याएर नगरपालिकाको निर्णय मान्न बाध्य बनाएको हुँदा भक्तपुरको मन्त्री चाहियो भनेर माग र गुनासो गरे । शासक दलहरूले फुट गर राज गर भनेजस्तै नेपाली जनतालाई गुमराहमा पारेर नेपालमण्डललगायत नेवार समुदायले हर्ष उल्लासका साथ मनाउने तिहारबारे सरकारले जनतालाई अलमल्याउने गरी तिथिमिति निकाल्दा समस्या भएकोले भक्तपुर नगरपालिकाले त्यसलाई सहजीकरण गरेको हो । जनतामाझ भ्रम छरेर नेवारहरूबिच द्वन्द्व सृजना गर्न खोजेको हो अथवा कुनीति हो ? मन्त्री बन्नु भनेको दालभात खानेजस्तो होइन । देशको सन्तुलित र चौतर्फी विकास गर्नु हो । भ्रष्टाचार गर्न मन्त्री बन्ने होइन । दलगत स्वार्थ र व्यक्तिगत स्वार्थको निम्ति राजनीति गर्ने होइन । हामीले सत्यको पक्ष लिनुपर्छ र जनताको सेवा गर्नुपर्छ; राम्रो नराम्रो, न्याय अन्याय, सत्य र असत्य छुट्याउन सक्नुपर्छ । शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन मन्त्री बन्ने हो । बहुदल र गणतन्त्र आएको धेरै वर्ष भयो । तर, देशको दुर्दशा अन्त्य भएको होइन । नेपालको वैदेशिक ऋण २० खर्ब ७ अर्ब पुगिसक्यो । देशलाई आत्मनिर्भर बनाउन र जनतालाई काम मामको सुनिश्चित गर्न मन्त्री बन्ने हो । त्यसमा हेक्का हुनुपर्छ ।
नेपाल मजदुर किसान पार्टी माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा ग्रहण गर्छ; माक्र्सको द्वन्द्वात्मक भौतिवादी सिद्धान्तलाई अङ्गीकार गरी अगाडि बढ्छ । पुरानो वस्तुले नयाँ पुस्तालाई सेवा गर्नुपर्छ भने माओको भनाइलाई शिरोपर गरी भनपाले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भने नारालाई अगाडि सारेर जनताको सेवा गर्दै ख्वप अस्पताल र ख्वप कलेजहरू खोलेर देशभरिका जनताको सेवा गरिरहेको छ ।
भाजु पोखरीको डिल खोलेर भाजु पोखरीको रौनक बढाउने काममा भक्तपुर नगरपालिकाले गरेको कार्यमा सकारात्मक लिनुपर्नेमा भ्रम सिर्जना गर्ने कुरा बोल्यो । भक्तपुरका जनताले चन्दा उठाएर बनाएको भक्तपुर क्याम्पस जनताको सम्पत्ति हो । भाजु पोखरी पनि जनताको सम्पत्ति हो । भक्तपुर क्याम्पसले घाँस र झारपात उमारिराखेको ठाउँलाई भाजु पोखरीको डिल खोलेर क्याम्पसको शोभा बढाउने कार्यमा डाहा किन ? त्यसैले असल राजनीति गर्ने हरेक पार्टीका नेता कार्यकर्तालाई अगाडि भन्न नसके पनि मनमा उक्त वकिलको कुरा मन पराउँदैन होला । विवादास्पद भनाइहरू राखेर क्रान्तिकारीपन देखाउने दिवास्वप्न देख्ने अथवा नेमकिपालाई गाली गरेपछि पार्टीमा आफ्नो उचाइ बढ्ने र माथिल्लो पदमा लाने अभिप्रायले बोलेको हो भने पद र पैसाको लागि गर्ने राजनीतिले देश र जनताको हित पक्कै गर्दैन ।
Leave a Reply