वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
नैरोबीको मेरो भर्खरको यात्राको अन्तिम दिनमा, म संयुक्त राष्ट्र सङ्घको वातावरण कार्यक्रमको मुख्यालयमा गएँ । त्यहाँ वाङ्गारी माथाईको व्यक्तिचित्रले मेरो ध्यान खिच्यो ।
उहाँको सबैभन्दा प्रसिद्ध पहल १९७७ मा कोशेढुङ्गाको रूपमा ग्रीन बेल्ट आन्दोलनको स्थापना थियो । यो आन्दोलन ग्रामीण केन्यामा महिलाहरूलाई रूख रोप्न सङ्गठित गरेर सुरु भएको थियो । २००४ सम्ममा यसले केन्यामा ३ करोडभन्दा बढी रूखहरू रोपेको थियो र पछि अन्य अफ्रिकी देशहरूमा विस्तार भयो र महत्वपूर्ण वातावरणीय प्रभाव सिर्जना गर्यो ।
२००४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पहिलो अफ्रिकी महिला हुनुहुन्थ्यो भन्ने मलाई थाहा भए तापनि पर्यावरणीय विचारमा उहाँको महत्वपूर्ण योगदानसँग म अपेक्षाकृत अपरिचित थिएँ ।
हाम्रो गाइडले व्याख्या गरेझैँ, उहाँको सबैभन्दा महत्वपूर्ण सैद्धान्तिक योगदानहरूमध्ये एक पारिस्थितिक विनाश र औपनिवेशिकताबिचको गहिरो सम्बन्ध स्थापित गर्नु थियो, जुन फेमवर्क आज पनि उल्लेखनीयरूपमा सान्दर्भिक छ ।
माथाईको पारिस्थितिक औपनिवेशिकताको अवधारणाले कसरी वातावरणीय शोषणले औपनिवेशिक प्रभुत्वको एक औजार र परिणामको रूपमा काम गर्छ भनेर प्रकाश पारेको छ । उहाँ तर्क गर्नुहुन्छ कि औपनिवेशिकता राजनीतिक र आर्थिक नियन्त्रणबाट मात्र नभई स्थानीय समुदाय र उनीहरूका प्राकृतिक स्रोतहरूबिचको परम्परागत सम्बन्धमा बाधा पु¥याउने व्यवस्थित वातावरणीय विनाशबाट पनि चलिरहन्छ ।
यस ढाँचाले औपनिवेशिक शक्तिहरूले कसरी वन सफा गर्ने र जङ्गली जनवार हत्यादेखि लिएर कृषि रूपान्तरणसम्म वातावरणीय नियन्त्रणमार्फत आफ्नो प्रभुत्व कायम राख्छन् भनी व्याख्या गर्न मद्दत गर्छ ।
उहाँको विश्लेषण विशेषगरी वातावरणीय विनाशलाई शक्ति र असमानताको फराकिलो प्रणालीसँग जोड्नको लागि नौलो छ । उहाँले स्थानीय समुदायको परम्परागत वातावरणीय ज्ञान र व्यवस्थापन प्रणालीलाई कमजोर पार्दै कसरी औपनिवेशिक स्रोत निकासी अभ्यासहरूले दिगो पारिस्थितिक क्षति सिर्जना गर्छ भनेर देखाउनुहुन्छ ।
प्राकृतिक स्रोत र स्वदेशी ज्ञान प्रणाली दुवैको यो दोहोरो विनाशले औपचारिक औपनिवेशिकता समाप्त भएको लामो समयसम्म जारी रहने निर्भरताको चक्र सिर्जना गर्छ ।
मसाई मारामा मेरो भ्रमणले यी सैद्धान्तिक अन्तर्दृष्टिहरूलाई स्पष्टरूपमा चित्रण ग¥यो । औपनिवेशिक ठुलो–खेल शिकारको क्षेत्रको इतिहासले व्यवहारमा पारिस्थितिक औपनिवेशिकताको उल्लेखनीय उदाहरण प्रदान गर्दछ । सायद सबैभन्दा कुख्यात मामला पूर्वअमेरिकी राष्ट्रपति थियोडोर रुजवेल्टको १९०९ देखि १९११ सम्मको अफ्रिकी अभियान थियो, जुन स्मिथसोनियन इन्स्टिच्युसनको लागि वैज्ञानिक सङ्ग्रहको आडमा उनको राष्ट्रपतित्व कालमा गरिएको थियो । यस ‘वैज्ञानिक अभियान’ को परिणामस्वरूप हजारौँ ठुला स्तनपायीहरूसहित लगभग ११,४०० जनावरहरू मारिएका थिए । रुजवेल्ट अभियानले औपनिवेशिक शक्तिहरूले कसरी वातावरणीय शोषणको औचित्य साबित गर्न ‘विज्ञान’ प्रयोग गरेको उदाहरण दिए । जहाँ यो अभियानले प्राणीशास्त्रीय ज्ञानमा योगदान पु¥यायो, यसको विनाशको मापन र अफ्रिकी स्रोतहरूमा पश्चिमी अधिकारको बारेमा अन्तर्निहित धारणाहरूले पारिस्थितिक उपनिवेशवादको अवधारणालाई पूर्णरूपमा मूर्त रूप दियो ।
अभियानको दोहोरो प्रकृतिले वातावरणीय शोषणको माध्यमबाट औपनिवेशिक शक्ति प्रदर्शन गर्दा वैज्ञानिक ज्ञानको साथसाथै, आधुनिक ज्ञान उत्पादन र औपनिवेशिक अभ्यासहरूबिचको जटिल सम्बन्धलाई उच्च मूल्याङ्कन गर्दछ ।
पारिस्थितिक औपनिवेशिकता प्रायः एक मानसिक–ढाँचासँग जोडिएको हुन्छ जहाँ केही समूहहरूले आफूलाई ‘उच्च सभ्यता’ को रूपमा हेर्छन्, जसले तिनीहरूलाई अन्य क्षेत्रहरू र जीवित प्राणीहरूलाई नियन्त्रण र शोषण गर्ने अधिकार दिन्छ । यस मनोवृत्तिले प्राकृतिक स्रोतहरूको लुट र पारिस्थितिक वातावरणको विनाश निम्त्याउँछ । संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (UNEP) मा माथाईको तस्विर अगाडि उभिएर, मैले उनको सैद्धान्तिक ढाँचाले आधुनिक वातावरणीय चुनौतीहरूमा कसरी महत्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्दछ भन्ने महसुस गरेँ ।
आजको विश्वव्यापी वातावरणीय सङ्कटले प्रायः शक्ति र शोषणको समान ढाँचालाई प्रतिबिम्बित गर्दछ जुन माथाईले औपनिवेशिक अभ्यासहरूमा पहिचान गरेको छ । विकासशील राष्ट्रहरू, सामान्यतया पूर्व उपनिवेशहरूले, ऐतिहासिक रूपमा समस्यामा सबैभन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनको असमान बोझ वहन गर्छन् । माथाईको अन्तर्दृष्टिले हामीलाई पर्याप्त वातावरणीय संरक्षणले अन्तर्निहित शक्ति संरचनाहरू र असमानताहरूलाई सम्बोधन गर्नुपर्दछ भनेर सम्झाउँछ ।
पश्चिमी उपनिवेशकर्ताहरूको यो ऐतिहासिक प्रभुत्वले ती पुराना औपनिवेशिक देशहरूलाई जलवायु वार्ता, मानक–सेटिङ, स्रोत र वातावरणीय बजार उपकरणहरूको समान वितरणमा फाइदा दिन्छ ।
हालैका वर्षहरूमा, जलवायु मुद्दाहरूमा दक्षिणी र उत्तरी देशहरूबिच धेरै द्वन्द्वहरू पारिस्थितिक उपनिवेशवादबाट प्रभावित भएका छन्, सबै प्रभुत्वको लागि सङ्घर्ष समावेश छन् । इकोलोजिकल औपनिवेशिकताका प्रभावहरू हटाउने भविष्यमा गा¥हो काम हो ।
(लेखक पिपुल्स डेलीका वरिष्ठ सम्पादक हुनुहुन्छ र हाल चीनको रेन्मिन विश्वविद्यालयको चोङयाङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडीजका वरिष्ठ फेलो हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : आरोही
Leave a Reply